"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

कर्मचारीको तलब बढ्ने निश्चित, श्रेणीको पुनर्संरचना अझै अन्योलमा

Table of Content

तीन वर्षपछि सरकारी कर्मचारीको तलब बढ्ने निश्चित भएको छ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तलब वृद्धिको घोषणा गर्ने भएका हुन्।

लामो समयदेखि कर्मचारीको तलब नबढेको तथा निजी क्षेत्रसँगको तुलनामा सरकारी सेवाप्रतिको आकर्षण घट्न थालेको भन्दै तलब तथा सुविधा बढाउन आवश्यक रहेको निष्कर्षमा बजेट टिम पुगेको हो।

तलब बढाउनै पर्ने विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पूर्ण रूपमा सहमत छन्। अहिलेसम्म कुन आधारमा वा कति तलब वृद्धि गर्ने भन्नेमा अर्थ मन्त्रालयको टोली निष्कर्षमा पुगेको छैन। तर २०७९/८० मा गरिएको वृद्धिदरभन्दा कम नहुने स्रोतले जनाएको छ।

त्यतिबेला १५ प्रतिशतका दरले तलब बढाइएको थियो।

अर्थमन्त्री वाग्लेले महँगी अत्यधिक बढेको र इमान्दार कर्मचारीलाई दैनिक खर्च चलाउन समेत कठिन भएको महसुस आफूले गरेको बताउने गरेका छन्। यसअघि सरकारले पाक्षिक रूपमा तलब दिने व्यवस्था लागू गरिसकेको छ।

कानुनतः तीन वर्षमा एकपटक अर्थात् दुई वर्षको अन्तरालमा तलब वृद्धि गर्नुपर्ने व्यवस्था भए पनि अहिले तीन वर्षपछि मात्रै सरकारले तलब बढाउन लागेको हो।

सरकारी कर्मचारीको तलब न्यून भएको निष्कर्षबीच प्रशासनिक खर्चको बोझका कारण सरकारले तलब बढाउन सकेको थिएन। कोभिडपछिका वर्षहरूमा विभिन्न नाममा दिइँदै आएका भत्तासमेत कटौती गरिँदै आएको थियो।

पछिल्लो पटक आर्थिक वर्ष २०७९/८० मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १५ प्रतिशत तलब वृद्धि गरेका थिए।

Ncell

ऐनअनुसार गत वर्ष तलब बढाउनुपर्ने भए पनि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत व्यवस्थापनको समस्या देखाउँदै अन्तिम समयमा तलब नबढाउने निर्णय गरेका थिए। उनले गत वर्ष महँगी भत्ता मात्रै एक हजार रुपैयाँले बढाएका थिए।

माथिल्लो तहका कर्मचारीहरूले लामो समयदेखि श्रेणीका आधारमा तलब पुनर्संरचना गर्न माग गर्दै आएका छन्। स्रोत अभाव देखाउँदै सरकारले लगातार रकमगत आधारमा मात्रै तलब वृद्धि गर्दै आएको थियो।

अहिले तलब तथा भत्ता पुनरावलोकन समितिले श्रेणीका आधारमा तलब पुनर्संरचना गर्न सरकारलाई सुझाव दिएको छ। मुख्यसचिव सुमनराज अर्यालको संयोजकत्वमा रहेको समितिमा सचिवहरू घनश्याम उपाध्याय र चन्द्रकला पौडेल सदस्य छन्। समितिले सांकेतिक रूपमा भए पनि अहिले श्रेणी पुनर्संरचना गर्न सुझाव दिएको हो।

हाल कार्यालय सहयोगी र मुख्यसचिवबीचको तलब अनुपात २.९२ रहेको छ। अर्थात् कार्यालय सहयोगीको तुलनामा मुख्यसचिवले २.९२ गुणा बढी तलब पाउँछन्।

हाल मुख्यसचिवले ७७ हजार २१२ रुपैयाँ तलब पाउँछन् भने कार्यालय सहयोगीले २६ हजार ८२ रुपैयाँ तलब पाउँछन्।

२०५७ सालमा तत्कालीन अर्थमन्त्री महेश आचार्यले ५ को अनुपातमा तलब संरचना कायम गरेका थिए। त्यतिबेला उनले एकैपटक ठूलो मात्रामा तलब बढाउँदै कार्यालय सहयोगीको तलब ३ हजार र मुख्यसचिवको तलब १५ हजार रुपैयाँ पुर्‍याएका थिए। त्यसअघि कार्यालय सहयोगीको तलब २ हजार र मुख्यसचिवको ८ हजार रुपैयाँ थियो।

कर्मचारीको श्रेणीअनुसारको तलब दक्षिण एसियाली राष्ट्रहरूको अनुपातमा राख्ने उद्देश्यले महेश आचार्यले यस्तो पुनर्संरचना गरेको जानकारहरू बताउँछन्। त्यसपछि केही वर्षसम्म यही अनुपात कायम रहे पनि २०६२/६३ पछि भने अनुपात घट्दो क्रममा गएको थियो।

अहिले कम्तीमा ३.५ को अनुपात कायम गर्न सुझाव दिइएको छ। स्रोतका अनुसार अहिले ग्रेड लागू गर्नुअघि कार्यालय सहयोगीको तलब २५ प्रतिशतले बढाएर ३२ हजार ६ सय रुपैयाँ पुर्‍याउन प्रस्ताव गरिएको छ। त्यस्तै अनुपात कायम गर्दै मुख्यसचिव तहको तलब ५५ प्रतिशतले बढाएर १ लाख २० हजार रुपैयाँ पुर्‍याउन सुझाव दिइएको छ।

त्यस्तै सरकारका सबै क्षेत्रमा श्रेणीअनुसार तलब समान बनाउन पनि सुझाव दिइएको छ। विशेषगरी एउटै श्रेणीमा काम गर्ने सुरक्षा निकाय र निजामती कर्मचारीबीच तलब असमानता रहेको भन्दै असन्तुष्टि रहँदै आएको छ।

यसअघि २०८१ सालमा मर्यादा क्रमअनुसार तलब निर्धारण गर्न सर्वोच्च अदालतले सरकारका नाममा परमादेश दिएको थियो। तर त्यसको कार्यान्वयन भने हुन सकेको छैन।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

भारतमा सीजेपीको आह्वानमा प्रदर्शन : नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा, २५० भन्दा धेरै रेल सेवाहरू रद्द

भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज बृहत् प्रदर्शन शुरु भएको छ । यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित ६०० भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी...

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असोज २४- वि.सं.२०८३ साल असोज २४ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः मेषः आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ । वृषः दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष...

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, असोज २४- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको...

त्रिभुवन राजपथमा गाडी चलाउन आलोपालोसहित समय तालिका

काठमाण्डौ – मुग्लिन– काठमाण्डौ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाण्डौ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडाबाट काठमाण्डौतर्फ छुट्ने...

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०