"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

जापानमा नेपालीबाटै ठगिए नेपाली विद्यार्थी : दर्जनौँ विद्यार्थीको लाखौँ ठगेर भट्ट फरार

Table of Content

काठमाडौँ । जापानमा रहेका नेपाली विद्यार्थीहरूलाई काम लगाइदिन्छु भन्दै एक नेपालीले दर्जनौँ विद्यार्थीलाई ठगेको पाइएको छ । नुवाकोट घर भएर अहिले जापानको टोकियो बस्दै आएका प्रदिप भट्ट कलेज पास भएका विद्यार्थीहरूलाई फर्जी डकुमेन्ट देखाएर पैसा उठाएपछि फरार भएका छन् । भट्टलाई पैसा बुझाएका विद्यार्थीहरू भने विचल्लीमा परेका छन् ।

दर्जनौँ विद्यार्थीहरूलाई भिसाको समय थपिदिने, काम लगाइदिने भनेर भट्टले पैसा उठाएका थिए । रातोपाटीको सम्पर्कमा आएका ८ जना नेपाली विद्यार्थीका अनुसार टोकियोको विभिन्न क्याम्पस (गाको)हरूबाट ग्राजुयसन भएका विद्यार्थीहरूलाई उनले मे २० तारिखसम्ममा वर्किङ भिसा र काम लगाइदिने भन्दै प्रतिविद्यार्थी ३ लाख जापानी येन उठाएका थिए ।

‘जापानी वकिलमार्फत कम्पनी खोजेर वर्किङ भिसामा कन्र्भट गरिदिन्छु भनेको थियो । नेपाली नै हो भनेर सहयोग माग्यौँ, पैसा र डकुमन्ेट दियौँ । उल्टै ठगिदियो । हाम्रो पैसा खानेमात्रै होइन, भविष्य नै बिगारिदिएको छ,’ टोकियोमा रहेका एक नेपाली विद्यार्थीले भने ।

bhatta-pradip

‘हामीले वर्किङ भिसाका लागि चाहिने डकुमेन्ट र पैसा दिएपछि काम नहुने भए अन्य हाकेन (एजेन्ट)बाट गर्छु भन्दा पनि यहीँबाट काम गर्नुपर्छ भन्दै डकुमेन्ट पनि दिएन, अन्त अप्लाई गर्न पनि दिएन । २० तारिखमा भिसा सकिनेमा १९ तारिखसम्म काम नगरिदिएपछि हामीले अन्य जापानी वकिललाई नेपालबाट पैसा मगाएर तिरेर भिसा प्रक्रियाको काम गरेका छौँ,’ उनले भने ।

ती विद्यार्थीका अनुसार कलेजबाट ग्राजुएसन भएपछि वर्किङ भिसा नलाग्दासम्म खाली हात हुँदा धेरै नेपाली विद्यार्थी बेखर्ची बनेका छन । ‘यहाँ ग्राजुएसन भएपछि वर्किङ भिसा नहुँदा काम पनि पाइएको छैन । भिसा पनि थप्न सकेको छैन । यही बेला नेपालीले नै नेपालीलाई ठगेका छन् । प्रदिप भट्टले ठगेको मात्रै हेर्ने हो भने २० जनाभन्दा बढी त टोकियो मै भेटिन्छन्,’ उनले भने । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

मन्त्री प्रतिभा रावल कात्तिक ९ गते चितवन आउँदै,भूमिहीन,सुकुम्बासी र सहकारीपीडितसंग छलफल गर्ने

चितवन,कात्तिक ७- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कात्तिक ९ गते बिहान चितवन भ्रमणमा आउनुहुने भएको छ। भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समिति तथा सहकारीपीडितसँग छलफल गर्नुहुनेछ। साथै, भरतपुर र कालिका नगरपालिकाका नागरिकसँग अन्तरक्रिया गर्नुहुने कार्यक्रम रहेको छ। नागरिकसँगको अन्तरक्रियामा मन्त्री रावलले कात्तिक तथा सुकुम्बासीका समस्या, सहकारीपीडितका गुनासा...

एनपीएलका लागि पाकिस्तानका कप्तान फर्हान नेपालमा

काठमाण्डौ – पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा फर्हान नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् ।कर्णाली याक्समा अनुबन्ध भएका उनी आज नेपाल आएका हुन् । क्लबले हिजो ३० वर्षीय शीर्षक्रमका फर्हानलाई अनुबन्ध गरेको घोषणा गरेको थियो । क्लबले अनुबन्ध गरेको घोषणा गरेको २४ घण्टाभित्रै नेपाल आइपुगेका हुन् । उनी कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो...

लक्ष्मी थपलियाको ‘फूलै फुल्यो गुराँस’ गीत सार्वजनिक

काठमाडौं । गायिका लक्ष्मी थपलियाको स्वरमा रहेको नयाँ प्रेमिल गीत ‘फूलै फुल्यो गुराँस’ सार्वजनिक भएको छ । गीत लक्ष्मी थपलियाको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो । गीतमा विपिन आचार्यको शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङको जिम्मेवारी पनि आचार्यले नै सम्हालेका छन् । गीत एमबी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको...

पानी पर्ने पूर्वानुमानपछि किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

काठमाण्डौ – मुख्य चाड दशैँको बेला अहिले किसानलाई पाकेको धान भित्र्याउन भ्याइनभ्याइ छ । धेरैजसो ठाउँमा दशैँको टीका कोजाग्रत पूर्णिमा अर्थात् पर्सि सोमबारसम्म लगाउने गरिन्छ । तर मौसम पूर्वानुमान महाशाखाले बुधबार ११ गतेदेखि पानी पर्ने प्रक्षेपण गरेसँगै दशैँको टीकाकैबीच किसानलाई पाकेको धानबाली काट्न र भित्र्याउन हतारो भएको छ । अहिले अन्नको भण्डार तराई/मधेशदेखि पहाडी क्षेत्रमा...

एनपीएलको भव्य तयारी

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण नजिकिएसँगै त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान भव्य रुपमा सिंगारिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा पर्सि कात्तिक ९ गतेदेखि शुरु हुने प्रतियोगिता यस पटक थप भव्य र व्यवस्थित हुने अपेक्षा गरिएको छ । त्यसैअनुसार क्यानले तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।  एनपीएलको तेस्रो संस्करणका लागि मुख्य पिचको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०