"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

इरान–अमेरिका वार्तामा शक्तिशाली सैन्य कमान्डरको निर्णायक भूमिका

Table of Content

इरान र संयुक्त राज्य अमेरिकाबीचको तनावपूर्ण वार्ता निर्णायक मोडमा पुगिरहेका बेला इरानको कठोर सुरक्षा संरचनाभित्र दशकौँदेखि विवादित छवि बनाएका एक प्रभावशाली सैन्य कमान्डर वार्ता प्रक्रियाको केन्द्रमा उभिएको विश्लेषण गरिएको छ।

विदेश तथा देशभित्रका धेरै विवादास्पद सैन्य कारबाहीसँग जोडिएका ब्रिगेडियर जनरल अहमद वाहिदी अहिले इरानको रणनीतिक निर्णय केन्द्र नजिकैको प्रमुख व्यक्तित्वका रूपमा देखिएको बताइएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्डसँग सम्बन्धित अहमद वाहिदीलाई अमेरिकासँग सम्भावित युद्ध अन्त्यसम्बन्धी वार्तामा इरानको कडा र अडिग रणनीति तयार पार्ने प्रमुख पात्रमध्ये एक मानिएको छ। उहाँलाई सर्वोच्च नेता अयातुल्ला मोहतबा खामेनीसँग प्रत्यक्ष सम्पर्कमा रहने सीमित समूहभित्र रहेको विश्वास गरिएको छ।

रिपोर्टअनुसार फेब्रुअरी २८ मा भएको इजरायली आक्रमणमा अयातुल्ला मोहतबा खामेनी भएका थिए र उनका पिता अयातुल्ला अली खामेनीको मृत्यु भएको पनि दाबी गरिएको छ। इरानभित्र सत्ता संरचनाको शीर्ष तहमा रहेको अनिश्चितता र प्रतिस्पर्धाबीच निर्णय प्रक्रिया अत्यन्तै जटिल बनेको देखिन्छ।

युद्ध सुरु भएयता इरानको उच्च धार्मिक शासन संरचनाभित्र शक्ति सन्तुलन निरन्तर बदलिँदै आएको र प्रभावशाली व्यक्तिहरूको पहुँच पनि परिवर्तन भइरहेको विश्लेषण गरिएको छ। युद्ध सुरु हुनुभन्दा केही हप्ताअघि फेब्रुअरी ८ यता वाहिदी सार्वजनिक रूपमा नदेखिएको उल्लेख छ। लामो समयदेखि सुरक्षा संरचनाभित्र सक्रिय रहेका वाहिदीले इरानको क्षेत्रीय मिलिसिया समूहहरूलाई समर्थन गर्ने नीतिहरू निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका छन्।

उनीमाथि सन् १९९४ मा अर्जेन्टिनाको यहुदी केन्द्रमा भएको बम विस्फोटमा संलग्नताको आरोप समेत लगाइएको छ। साथै सन् २०२२ मा देशभित्र भएको प्रदर्शन दमनमा सुरक्षा निकाय परिचालनको नेतृत्व गरेको आरोप पनि उनीमाथि छ। युद्ध सुरु भएपछि गार्ड नेतृत्वमा पुगेका वाहिदीले इरानको ब्यालिस्टिक मिसाइल प्रणाली र पर्सियन खाडी क्षेत्रमा सक्रिय साना नौसैनिक इकाइहरूको सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेलेको बताइन्छ। उहाँ नेतृत्वमा आएपछि इरानको सैन्य रणनीति अझ आक्रामक बनेको विश्लेषकहरूको टिप्पणी छ।

“वाहिदी र उहाँको नजिकको समूहले इरानको सैन्य प्रतिक्रिया मात्र नभई, वार्ता रणनीतिमा पनि नियन्त्रण बढाएका छन्”, वासिङ्टनस्थित इन्स्टिच्युट फर द स्टडी अफ वारले जनाएको छ। इरानको रणनीतिमा हर्मुज जलघाँटी नियन्त्रण, तेल तथा ग्यास आपूर्ति अवरुद्ध गर्ने क्षमता र खाडी क्षेत्रमा दबाब सिर्जना गर्ने नीति समावेश रहेको बताइन्छ। साथै खाडी अरब राष्ट्रका ऊर्जा संरचना र पूर्वाधारलाई लक्षित आक्रमणहरू पनि बढेको उल्लेख गरिएको छ। वार्ता प्रक्रियामा इरानले अत्यधिक समृद्ध युरेनियम भण्डार आत्मसमर्पण गर्नुपर्ने अमेरिकी मागको प्रतिवाद गर्दै आफ्नो ऊर्जा सुरक्षा र रणनीतिक अधिकारलाई केन्द्रमा राखेको छ।

विश्लेषकहरूका अनुसार यो रणनीति इरानको दीर्घकालीन दबाब–राजनीतिक दृष्टिकोणसँग मेल खाने देखिन्छ। न्युयोर्कस्थित सौफान ग्रुपका वरिष्ठ अनुसन्धानकर्ता केनेथ काट्जम्यानले वाहिदीको सोचलाई ‘अनन्त प्रतिरोध र निरन्तर सङ्घर्षको मानसिकता’ का रूपमा व्याख्या गरेका छन्।

उनका अनुसार वाहिदीले प्रत्येक चरणमा अमेरिका र उसका नीति निर्माणकर्तालाई चुनौती दिने दृष्टिकोण राख्नुहुन्छ। सन् २०२६ को जनवरीमा वाहिदीले इरानको रक्षा क्षमताले कुनै पनि शत्रु सैन्य कारबाहीलाई उच्च जोखिममा पुर्‍याउन सक्षम भएको दाबी गरेका थिए। यसैबीच अप्रिलमा पाकिस्तानमा भएको वार्तामा इरानी प्रतिनिधिमण्डल र अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको अमेरिकी टोलीबीच छलफल भए पनि कुनै सहमति हुन सकेन।

त्यसपछि इरानभित्रै वार्ता टोलीमाथि आलोचना बढेको थियो। त्यसपछि वाहिदी वार्ताका लागि मुख्य सम्पर्क विन्दुका रूपमा उभिएको एक क्षेत्रीय अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा उल्लेख छ। सर्वोच्च नेताको स्वास्थ्य र अवस्थाबारे अनिश्चितताले शक्ति केन्द्रहरूबीच प्रतिस्पर्धा बढाएको पनि बताइएको छ। इरानका राष्ट्रपति मसुद पेजेस्कियानले सर्वोच्च नेतासँग करिब दुई घण्टा भेट गरेको विवरण सार्वजनिक भएपछि आन्तरिक शक्ति सन्तुलनबारे थप चर्चा भएको थियो। विश्लेषक होली डाग्रेसका अनुसार वर्तमान नेतृत्व अझ कठोर र गार्ड–अनुकूल नीतिमा उन्मुख देखिन्छ। राजनीतिक विश्लेषक कामरान बुखारीका अनुसार वाहिदीजस्ता व्यक्तिले केवल युद्ध व्यवस्थापन मात्र नभई राज्य संरचना र उत्तराधिकार प्रक्रियासमेत पुनःनिर्माण गरिरहेका छन्। सन् १९५८ मा शिराजमा जन्मिएका अहमद शाहचेरागी अर्थात् अहमद वाहिदी १९७९ को क्रान्तिपछि रिभोलुसनरी गार्डमा प्रवेश गरेका थिए। उनले इरान–इराक युद्धका क्रममा सैन्य अनुभव विस्तार गरेका थिए।

त्यसपछि उनी गार्डको गुप्तचर संरचनामा प्रवेश गर्दै बाह्य अपरेसनको नेतृत्वसम्म पुगेका  थिए। उनले सन् १९८० को दशकमा इरान–कन्ट्रा प्रकरणसँग सम्बन्ध रहेको आरोपसमेत सामना गरेका थिए। पछि उनले कुद्स फोर्स (जेरुसेलम फोर्स) मा नेतृत्व भूमिका निर्वाह गर्दै मध्यपूर्वभरि इरान समर्थित समूहको नेटवर्क विस्तारमा भूमिका खेलेको बताइन्छ। सन् १९९४ को अर्जेन्टिना बम विस्फोट र सन् १९९६ को खोबर टावर्स आक्रमणसँग पनि उनको नाम जोडिएको छ। यद्यपि इरानले ती आरोप अस्वीकार गर्दै आएको छ। सन् १९९८ मा उनले कुद्स फोर्स छोडेका थिए। पछि रक्षामन्त्री हुँदा सन् २०१० मा अमेरिकाले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित आरोप लगाउँदै उनीमाथि प्रतिबन्ध लगाएको थियो।

हाल गृहमन्त्रीका रूपमा रहँदा सन् २०२२ मा महसा अमिनीको मृत्युपछि भएको देशव्यापी प्रदर्शन दमनमा सुरक्षा निकाय परिचालनको निरीक्षण गरेको आरोप पनि उनीमाथि छ। उनले हिजाब सम्बन्धी नीतिलाई इस्लामिक गणतन्त्रको सुरक्षा र सांस्कृतिक संरचनासँग जोड्दै पश्चिमी प्रभावविरुद्धको विषयका रूपमा व्याख्या गरेका थिए।

विश्लेषकहरूका अनुसार वाहिदीको प्रभावले इरान–अमेरिका वार्ता एकल नेतृत्वभन्दा पनि बहु–शक्ति संरचनाबाट निर्देशित भइरहेको देखिन्छ। ट्रम्प प्रशासनले एक मात्र वार्ताकार चाहेको भए पनि इरानको निर्णय प्रणाली बहुकेन्द्रित बनेको विश्लेषण गरिएको छ। “यो एकल व्यक्तिको शो होइन, वाहिदी केवल एक हिस्सा हुनुहुन्छ”, मध्यपूर्व विश्लेषक हमिद्रेजा अजिजीले टिप्पणी गरे। उनले इरानभित्रको शक्ति संरचना अझ जटिल र अस्पष्ट बन्दै गएको बताए।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक समिति सदस्य नियुक्ति खारेज

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले गरेको नेपाल वायु सेवा निगम सञ्चालक समितिको सदस्य नियुक्तिलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। अदालतले नियुक्ति प्रक्रिया कानुनविपरीत रहेको ठहर गर्दै पुनः योग्यतामा आधारित नियुक्ति गर्न परमादेशसमेत जारी गरेको छ। सरकारले पूर्व सैनिक अधिकारीसहित विभिन्न व्यक्तिलाई निगमको सञ्चालक समितिमा नियुक्त गरेको थियो। तर, नियुक्ति प्रक्रियामा योग्यताक्रमको सट्टा...

पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने

पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने काठमाण्डौ — पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तातो दिन कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यी क्षेत्रहरूमा तापक्रम उच्च रहने भएकाले गर्मीको प्रभाव अझै केही दिन रहन सक्ने देखिन्छ । महाशाखाका अनुसार आज, भोलि र पर्सिसम्म देशका अधिकांश...

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड काठमाण्डौ — सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् । सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरुको तयारी छ । कुनै प्रदेशले अघिल्लो वर्षको भन्दा आकार बढाएर, कुनैले घटाएर त कुनैले त्यही...

कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू : अर्थमन्त्री वाग्ले

कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू : अर्थमन्त्री वाग्ले काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली तथा सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन शुरू गरेको बताउनुभएको छ । काठमाण्डाैमा आज आयोजित ‘युवा उद्यमशीलता सम्मेलन–२०८३’ लाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले दशकौँदेखि चर्चामा सीमित कर सुधारका एजेन्डालाई वर्तमान...

काठमाण्डौ महानगरकाे नीति तथा कार्यक्रम : ‘मानवीयताको शहर’ बनाउने सङ्कल्प

काठमाण्डौ महानगरकाे नीति तथा कार्यक्रम : ‘मानवीयताको शहर’ बनाउने सङ्कल्प काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले महानगरलाई भौतिक संरचनाको चक्रव्युहबाट बाहिर निकालेर एक सहृदयी, समावेशी ‘मानवीयताको शहर’ का रूपमा विकास गर्ने दूरगामी सङ्कल्प अघि सारेको छ । नगरसभाको १९औँ अधिवेशनमा आज आउँदो आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डङ्गोलले यो सङ्कल्प...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०