"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आज संसदबाट पास भएको वैकल्पिक वित्त कोषप्रति धेरै आशावादी देखिएका अर्थमन्त्री

Table of Content

अर्थमन्त्री स्वर्णिम वाग्ले वैशाख २९ गते अर्थ समितिमा उपस्थित सांसदहरूलाई भन्दै थिए, ‘प्रतिनिधिसभाबाट वैकल्पिक वित्त कोष विधेयक पारित गराउनुपर्छ, त्यसैले माननीयज्यूहरूलाई अनुरोध गर्छु, कृपया यसमा संशोधन नहाल्दिनुहोला।’

सरकारलाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट विनियोजनका लागि स्रोत व्यवस्थापन गर्न चुनौती भइरहेकाले अर्थमन्त्रीले बजेटअघि नै वैकल्पिक विकास वित्त परिचालन ऐन २०८२ पारित गर्नुपर्नेमा जोड दिएका हुन्।

उनका अनुसार सरकारको नियमित दायित्व मात्रै करिब १३ खर्ब ३० अर्ब रूपैयाँ पुगेको छ। स्रोत व्यवस्थापनमा करिब ७ खर्ब रूपैयाँ अपुग देखिएको छ।

यही अपुग स्रोतको गर्जो टार्ने विकल्प वैकल्पिक वित्त कोष रहेको भन्दै अर्थमन्त्रीले यो विधेयक पारित गराउन सबैलाई आग्रह गरिरहेका थिए।

सरकारले आगामी आर्थिक वर्षका लागि करिब १९०० अर्ब रूपैयाँको बजेट ल्याउने तयारी गरिरहेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले १८९० अर्ब रूपैयाँको बजेट सिलिङ तोकेको छ। अर्थले विभिन्न मन्त्रालयलाई यही सिलिङभित्र रहेर योजना पठाउन पत्राचार गरेको थियो।

प्रतिपक्षीहरूको नाराबाजीबीच प्रतिनिधिसभाको बिहीबारको बैठकले पारित गरेको यो ऐन अनुसार अब वैकल्पिक वित्त कोषमार्फत विभिन्न आयोजनाका लागि स्रोत जुटाउन सकिनेछ।

अर्थमन्त्री वाग्लेले बिहीबार संसद बैठकमा यसबारे जबाफ दिने क्रममा भनेका थिए, ‘हामी देश बनाउने क्रममा छौं। देश बनाउन असाध्यै महत्त्वपूर्ण वकल्पिक विकास वित्त परिचालन विधेयकमा माननीय सांसदज्यूहरूले राख्नुभएका महत्त्वपूर्ण सुझावहरू स्वीकार गर्न पाएकोमा मलाई गर्व छ।’

यो कोषको अधिकृत पुँजी एक खर्ब रूपैयाँ र चुक्ता पुँजी २५ अर्ब रूपैयाँ हुने व्यवस्था गरिएको छ। कोष सञ्चालनका लागि एक स्वायत्त संस्था सथापना हुनेछ, जसमा सरकारले सुरूमा ५१ प्रतिशत लगानी गर्ने र क्रमिक रूपमा सरकारी स्वामित्व घटाउँदै लैजाने भनिएको छ।

कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषबाट कुल २५ प्रतिशत र जीवन बीमा, निर्जीवन र पुनर्बिमा कम्पनीहरूबाट २४ प्रतिशत सेयर लगानी हुने व्यवस्था गरिएको छ।

Ncell

कोषबाट लिन चाहेको रकम सरकार र अन्य संस्थाले दुई आर्थिक वर्षभित्र बढीमा दुई किस्तामा भुक्तानी गरिसक्नुपर्ने व्यवस्था छ।

यो ऐनले कुनै आयोजना विशेषका लागि ऋणपत्र, स्वपुँजी वा अन्य मिश्रित वित्तीय उपकरणमार्फत सर्वसाधारण वा लगानीकर्ताबाट ऋण उठाउन सकिने व्यवस्था गरेको छ।

सरकार वा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको जमानतमा वा यही कोषको स्वजमानतमा समेत कुनै आयोजनाका लागि स्रोत जुटाउन सकिने व्यवस्था गरिएको छ। यही जमानतका आधारमा वित्तीय संस्थाहरूबाट ऋण लिएर, स्वदेशी तथा विदेशी लगानीकर्ताबाट पुँजी संकलन गरेर, गैरआवासीय नेपालीको लगानीमा रेमिट फन्ड बनाएर पनि लगानी जुटाउन सकिने व्यवस्था छ।

ऊर्जा, सडक, रेलमार्ग, विमानस्थन, सूचना प्रविधि पार्क, केबुलकार, सिँचाइ लगायतका विभिन्न १६ क्षेत्रमा यसरी लगानी जुटाउन सकिने व्यवस्था गरिएको छ।

बजेटमा यो कोषबाटै सञ्चालन हुने केही आयोजना पनि घोषणा हुने सम्भावना छ।

एक अर्ब रूपैयाँभन्दा कम लागत भएका, वित्तीय प्रतिफल कम हुने अनुमान गरिएका, कोषले दिने ऋण वा जमानतको धितो राख्न नसक्ने लगायतका योजनाले वैकल्पिक विकास वित्त कोषबाट लगानी नपाउने व्यवस्था छ।

यो विधेयक २०८२ वैशाख १२ गते नै तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा दर्ता गराएका थिए। तर बदलिँदो राजनीतिक घटनाक्रमसँगै प्रक्रिया अघि बढेन।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

१० प्रतिशत निःशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने

१० प्रतिशत निःशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने काठमाण्डाै – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न, असहाय र बेवारिसे नागरिकलाई निःशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ । ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल कार्यविधि २०८३’ अनुसार सरकारी, निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शय्याको कम्तीमा १० प्रतिशत विपन्न...

विश्वकप २०२६ : ४ मध्ये १ खेल अत्यधिक गर्मीमा हुन सक्ने चेतावनी

विश्वकप २०२६ : ४ मध्ये १ खेल अत्यधिक गर्मीमा हुन सक्ने चेतावनी आज मध्यरातिदेखि शुरू हुने फिफा विश्वकप फुटबल २०२६ लाई जलवायु परिवर्तनले गम्भीर असर पार्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घले यस वर्षको प्रतियोगितामा अत्यधिक गर्मी एक प्रमुख र निर्णायक कारक हुने चेतावनी दिएको छ । जर्मनीको बोनमा शुरू भएको १० दिने जलवायु सम्मेलनका क्रममा...

विपद् व्यवस्थापन गर्न २०० केजी बोक्ने ड्रोन छ, तर खरिद प्रक्रिया झन्झटिलो : मन्त्री गुरुङ

काठमाडौँ , जेठ २८- गृहमन्त्री सुदन गुरुङले विपद् व्यवस्थापन, राहत वितरणमा प्रयोग भइरहेका आधुनिक प्रविधि, सार्वजनिक खरिद प्रक्रिया झन्झटिलो रहेको बताएका छन् । बिहीबार बिहान बसेको समिति बैठकमा बोल्दै उनले नेपालमा पहिलो पटक हेभी लिफ्टिङ ड्रोनमार्फत सिन्धुपाल्चोक र काभ्रेमा राहत वितरण गरिएको स्मरण गराए । उनले अहिले २०० केजीसम्म बोक्न सक्ने क्षमताको हेभी लिफ्टिङ ड्रोन...

अर्थमन्त्रीलाई अमरेशको प्रश्नः नयाँ बजेटले कति प्रतिशत जनता खुःसी भए ?

काठमाडौं, जेठ २८- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले आगामी आर्थिक बर्षको बजेटले नेपालको कति प्रतिशत जनता खुसी भए भनेर प्रश्न गरेका छन् । बजेटमाथि प्रतिनिधिसभामा बोल्दै उनले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई यस्तो प्रश्न गरेका हुन् । ‘मित्रलाई केही कुरा आग्रह गर्न चाहन्छु’ उनले भने, ‘यो बजेटबाट नेपालको कति प्रतिशत जनता खुसी भए ?’बैंकर खुसी...

१५ वटा  विश्वविद्यालय निमित्त उपकुलपतिको भरमा, नीतिगत निर्णयमा अप्ठ्यारो

काठमाडौँ । देशभरका विश्वविद्यालयहरू निमित्त उपकुलपति र रजिष्ट्रारको भरमा चलेका छन् । गत वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ जारी गरेसँगै विश्वविद्यालयहरू पदाधिकारीविहीन भएका थिए ।   रिक्त पद अहिलेसम्म पूर्ति नहुँदा विश्वविद्यालयहरू निमित्तको भरमा चल्दै आएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार १५...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०