"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नेपालमा नवजात शिशुको मृत्युदर उल्लेख्य रूपमा घटेको छ : डा.सुमित अधिकारी

Table of Content

नेपालमा नवजात शिशुको मृत्युदर उल्लेख्य रूपमा घटेको छ : डा.सुमित अधिकारी

काठमाडौं । पछिल्लो समय जलवायु परिवर्तन, बढ्दो वातावरणीय प्रदूषण र कोभिड–१९ महामारीपछिको बदलिँदो स्वास्थ्य परिस्थितिका कारण बालबालिकाहरूमा भाइरल इन्फेक्सनको जोखिम तीव्र रूपमा बढेको पाइएको छ ।

जाडो मौसम सकिएर गर्मी र वर्षायाम सुरु हुने यो संक्रमणकालीन समयमा बालबालिकाहरू अत्यधिक बिरामी पर्ने गरेका छन्। अरिन अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ डा.सुमित अधिकारीका अनुसार यो सिजनमा विशेषगरी बालबालिकामा इन्फ्लुएन्जा, प्याराइन्फ्लुएन्जा, एडिनो भाइरस र राइनो भाइरस जस्ता भाइरल ज्वरो र संक्रमणहरू बालबालिकामा द्रुत गतिमा फैलिरहेका छन् ।

उनका अनुसार अहिलेको समय बालबालिकाको बिरामी हुने ‘पिक सिजन’ हो । एक बच्चामा संक्रमण भएपछि वरिपरिका अन्य बच्चामा पनि छिट्टै सर्ने भएकाले अभिभावक विशेष सचेत हुनुपर्ने उनले बताए। उनले भने,‘अहिले भनेको जाडो मौसमबाट गर्मी मौसम सुरु हुने समय हो । यो बेलामा एकदम धेरै नै बच्चाहरु बिरामी हुने पिकको सिजन पनि हो । यस्तो बेला धेरैजसो भाइरल फिभर हुन्छ । भाइरल इन्फेक्सन हुन्छ ।’

त्यस्तै, नवजात शिशुमा पनि विभिन्न स्वास्थ्य समस्या बढिरहेको डा.अधिकारीको भनाइ छ । समयभन्दा अगाडि जन्मिने अर्थात् सात वा आठ महिनामै जन्मिने शिशुहरूमा श्वासप्रश्वासको समस्या बढी देखिने उनले बताए। यस्ता शिशुलाई लामो समयसम्म आइसियूमा राखेर उपचार गर्नुपर्ने अवस्था आउने गरेको उनको भनाइ छ ।

‘नवजात शिशुहरूमा देखिने समस्या डेलिभरीदेखि नै सुरु भएको हुन सक्छ । बच्चा कति महिनामा जन्मिएको हो—सात, आठ वा नौ महिनामा—त्यसले पनि विभिन्न रोग र समस्यामा असर पार्छ । समयभन्दा दुई–तीन महिना अगाडि अर्थात् सात महिनामै जन्मिएका बच्चाहरूमा विशेषगरी श्वासप्रश्वाससम्बन्धी समस्या धेरै देखिन्छ। यस्तो अवस्थामा उनीहरूलाई लामो समयसम्म एनआइसियू (नियोनेटल आइसियू) मा राखेर उपचार गर्नुपर्ने हुन्छ,’ उनले भने ।

उनका अनुसार केही नवजात शिशु जन्मिएपछि ढिलो रुने समस्या पनि देखिन्छ, जसलाई चिकित्सकीय भाषामा ‘बर्थ एस्फिक्सिया’ भनिन्छ । साथै नवजात शिशुमा जन्डिसको पनि समस्या भएको उनले बताए । जन्डिसको समस्या सामान्य भएपनि विशेष ध्यान पुर्याउनु पर्ने डा.अधिकारीले बताए ।

‘धेरैजसो जन्डिस सामान्य प्रकृतिको हुन्छ, तर केहीमा गम्भीर अवस्था पनि देखिन सक्छ,’ उनले भने ।

डा. अधिकारीले गर्भावस्थामा आमाको स्वास्थ्य स्याहारमा कमी, संक्रमण तथा पोषण अभावका कारण नवजात शिशुमा ‘नियोनेटल सेप्सिस’ जस्ता संक्रमणसमेत देखिने गरेको बताए। उनले गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, सरसफाइ तथा नवजात शिशुको विशेष हेरचाहमा ध्यान दिन आग्रह गरेका छन्।

डा.अधिकारीले पछिल्ला वर्षहरूमा नेपालमा नवजात शिशुको मृत्युदर उल्लेख्य रूपमा घटेको बताएका छन्। उनले समयमै उपचार, गर्भावस्थादेखिको नियमित स्वास्थ्य परीक्षण, आधुनिक नवजात सघन उपचार सेवा (एनआईसीयू) तथा जनचेतनाको वृद्धि यसका मुख्य कारण रहेको बताए।

उनका अनुसार अहिले गर्भवती महिलाहरूले गर्भधारण गरेदेखि नै नियमित स्वास्थ्य परीक्षण, आवश्यक भ्याक्सिन, औषधि तथा चिकित्सकीय परामर्श पाइरहेका छन् ।

‘पहिलाको तुलनामा अहिले आमाहरू धेरै सचेत हुनुहुन्छ । कुन समयमा अस्पताल जानुपर्छ, के–कस्ता समस्या आउन सक्छन् भन्नेबारे पहिले नै जानकारी हुने भएकाले समयमै उपचार सम्भव भएको छ,’ उनले भने।
डा.अधिकारीका अनुसार विगतमा यातायातको अभाव, सीमित अस्पताल तथा स्वास्थ्य सेवाको पहुँच कम भएका कारण धेरै गर्भवती महिलाहरू समयमै अस्पताल पुग्न सक्दैनथे। तर अहिले स्वास्थ्य संस्था र यातायात सेवाको पहुँच बढेकाले प्रसूति तथा नवजात शिशु उपचार सहज बनेको छ।

पहिलाको तुलनामा नेपालमा नवजात शिशु मृत्युदर निकै घटेको डा.अधिकारी बताउँछन्। यसको मुख्य कारण गर्भावस्थादेखि नै आमालाई नियमित स्वास्थ्य परीक्षण, खोप, उपचार र परामर्श उपलब्ध हुनु हो।
उनले नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू)को सेवामा आएको प्रगतिले पनि मृत्युदर घटाउन ठूलो भूमिका खेलेको बताए।

उनले भने, ‘अहिले हामीले अत्यन्तै कम तौल भएका, करिब ७५० ग्राम तौलका सात महिनामै जन्मिएका शिशुलाई समेत बचाउन सफल भइरहेका छौं ।’

विशेषगरी कान्ति बाल अस्पतालमा विगत १५–२० वर्षको तुलनामा अत्याधुनिक नवजात उपचार सेवा विस्तार भएको उल्लेख गर्दै उनले बच्चालाई न्यानो राख्ने प्रविधि, श्वासप्रश्वास व्यवस्थापन, मुटु तथा अन्य जटिल समस्याको उपचारमा उल्लेखनीय सुधार आएको बताए।

उनका अनुसार अहिले बाल शल्यचिकित्सक (पेडियाट्रिक सर्जन) सहितको विशेषज्ञ टोली उपलब्ध भएकाले जटिल अवस्थाका नवजात शिशुको उपचार पनि सहज बन्दै गएको छ ।

‘समयमै उपचार, आधुनिक उपकरण, प्रशिक्षित जनशक्ति र आमाहरूमा बढ्दो स्वास्थ्य सचेतनाका कारण नेपालमा नवजात शिशु मृत्युदर पहिलेको तुलनामा धेरै घटेको छ,’ डा.अधिकारीले भने ।

डा.अधिकारीले जन्मपछिको पहिलो ६ महिना बच्चालाई आमाको दूध मात्र खुवाउनुपर्नेमा जोड दिए ।
‘हामीले ‘एक्सक्लुसिभ ब्रेस्टफिडिङ फर सिक्स मन्थ्स’ भनेर किन जोड दिन्छौं भने, बच्चा जन्मेपछि पहिलो ६ महिना अत्यन्तै संवेदनशील र महत्वपूर्ण समय हुन्छ,’ डा. अधिकारीले भने ।

उनका अनुसार यो अवधिमा आमाको दूधमै बच्चालाई आवश्यक पर्ने अधिकांश पोषक तत्त्व, भिटामिन तथा न्युट्रिएन्ट्स पर्याप्त मात्रामा पाइन्छन्। ‘भिटामिन डि बाहेकका लगभग सबै आवश्यक तत्त्व आमाको दूधबाट प्राप्त हुन्छन्। भिटामिन डि भने हामीले सप्लिमेन्टका रूपमा बच्चालाई एक वर्षसम्म दिइरहेका हुन्छौं,’ उनले बताए।

डा. अधिकारीका अनुसार आमाको दूध केवल पोषणको स्रोत मात्र होइन, बच्चाको रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने महत्वपूर्ण माध्यम पनि हो ।

‘आमाको दूधमा इम्युनोग्लोबुलिन, विशेषगरी आइजीए हुन्छ, जसले बच्चाको शरीरमा डिफेन्स मेकानिजम विकास गर्न मद्दत गर्छ । बच्चा बढ्दै जाँदा यही प्रक्रियाले इम्युनिटी बुस्ट हुँदै जान्छ,’ उनले स्पष्ट पारे।

उनले स्तनपानले आमा र बच्चाबीचको भावनात्मक सम्बन्धलाई पनि अझ बलियो बनाउने बताए । उनले भने, ‘ब्रेस्टफिडिङले आमा र बच्चाबीचको माया, आत्मीयता र सम्बन्धलाई गहिरो बनाउँछ ।’

उनका अनुसार नियमित स्तनपानले भविष्यमा बच्चाको रोगसँग लड्ने क्षमता बढाउने भएकाले यसलाई विशेष महत्व दिइएको हो। ‘त्यही भएर हामीले एक्सक्लुसिभ ब्रेस्टफिडिङलाई यति धेरै प्राथमिकता दिएका हौं। यदि आमाको दूध पर्याप्त आउँछ भने सकेसम्म बच्चालाई पहिलो ६ महिना केवल आमाको दूध मात्र खुवाउनुपर्छ,’ उनले सुझाव दिए।

डा. अधिकारीले ‘कंगारु केयर’ पनि बच्चाको स्वास्थ्यका लागि उत्तिकै महत्वपूर्ण भएको उल्लेख गरे। ‘एक्सक्लुसिभ ब्रेस्टफिडिङसँगै कंगारु केयर पनि बच्चाको शारीरिक र मानसिक विकासका लागि निकै महत्वपूर्ण पक्ष हो,’ उनले भने ।
अहिलेको डिजिटल युगमा अभिभावक व्यस्त हुने र बालबालिकालाई मोबाइलमा अल्झाउने प्रवृत्ति बढेको भन्दै डा. अधिकारीले चिन्ता व्यक्त गरे।

उनका अनुसार अत्यधिक मोबाइल प्रयोगले बालबालिकामा बोलाइ ढिलो हुने, सामाजिक अन्तरक्रिया कम हुने, आँखासम्बन्धी समस्या बढ्ने, खानपान बिग्रने र कब्जियतजस्ता समस्या देखिने गरेका छन्।
त्यसैले अभिभावकले दिनमा कम्तीमा केही समय बालबालिकासँग प्रत्यक्ष संवाद गर्न, सँगै खाना खान र मोबाइलबाट टाढा राखेर समय बिताउनुपर्ने उनको सुझाव छ।

बालरोग विशेषज्ञ डा.अधिकारीले सरकारी अस्पतालहरूमा बाल स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आएको बताएका छन्। विशेषगरी मध्यमवर्गीय तथा आर्थिक रूपमा कमजोर परिवारलाई लक्षित गर्दै सरकारी अस्पतालहरूले सहज, सुलभ र प्रभावकारी सेवा प्रदान गरिरहेको उनले बताए । त्यसका अलावा निजी क्षेत्रका अस्पतालहरु पनि सबै नागरिकहरुका लागि सहज बन्दै गएको उल्लेख गर्दै अरिन अस्पतालको सेवा नेपालका लागि नमूना सावित हुने पनि बताए ।

उनले आफू साँझ ५ देखि ६ बजेसम्म अरिन अस्पतालमा सेवा दिइरहेको जानकारी दिँदै आवश्यक परे अन्य विभागका विशेषज्ञसँग पनि तत्काल समन्वय गरेर उपचार उपलब्ध गराइने बताए ।


admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक समिति सदस्य नियुक्ति खारेज

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले गरेको नेपाल वायु सेवा निगम सञ्चालक समितिको सदस्य नियुक्तिलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। अदालतले नियुक्ति प्रक्रिया कानुनविपरीत रहेको ठहर गर्दै पुनः योग्यतामा आधारित नियुक्ति गर्न परमादेशसमेत जारी गरेको छ। सरकारले पूर्व सैनिक अधिकारीसहित विभिन्न व्यक्तिलाई निगमको सञ्चालक समितिमा नियुक्त गरेको थियो। तर, नियुक्ति प्रक्रियामा योग्यताक्रमको सट्टा...

पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने

पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने काठमाण्डौ — पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तातो दिन कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यी क्षेत्रहरूमा तापक्रम उच्च रहने भएकाले गर्मीको प्रभाव अझै केही दिन रहन सक्ने देखिन्छ । महाशाखाका अनुसार आज, भोलि र पर्सिसम्म देशका अधिकांश...

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड काठमाण्डौ — सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् । सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरुको तयारी छ । कुनै प्रदेशले अघिल्लो वर्षको भन्दा आकार बढाएर, कुनैले घटाएर त कुनैले त्यही...

कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू : अर्थमन्त्री वाग्ले

कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू : अर्थमन्त्री वाग्ले काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली तथा सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन शुरू गरेको बताउनुभएको छ । काठमाण्डाैमा आज आयोजित ‘युवा उद्यमशीलता सम्मेलन–२०८३’ लाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले दशकौँदेखि चर्चामा सीमित कर सुधारका एजेन्डालाई वर्तमान...

काठमाण्डौ महानगरकाे नीति तथा कार्यक्रम : ‘मानवीयताको शहर’ बनाउने सङ्कल्प

काठमाण्डौ महानगरकाे नीति तथा कार्यक्रम : ‘मानवीयताको शहर’ बनाउने सङ्कल्प काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले महानगरलाई भौतिक संरचनाको चक्रव्युहबाट बाहिर निकालेर एक सहृदयी, समावेशी ‘मानवीयताको शहर’ का रूपमा विकास गर्ने दूरगामी सङ्कल्प अघि सारेको छ । नगरसभाको १९औँ अधिवेशनमा आज आउँदो आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डङ्गोलले यो सङ्कल्प...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०