"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बालेनको गतिबाट आत्तिएपछि परम्परा र संविधानको दुहाइ

Table of Content

नेपालको राजनीतिमा अहिले एउटा अनौठो बहस चलिरहेको छ । ठूलो क्रान्तिपछि आएको सरकारका प्रमुख वालेन्द्र शाहलाई जनभावनाअनुसार आफ्नै गतिमा काम गर्न दिनुको साटो परम्पराका नाममा पुरानै असफल, परिणामहीन र बदनाम राजनीतिक नेतृत्वको अनुसरण नगरेको भन्दै आलोचनाको तारो बनाइँदै छ । भलै वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको डेढ महिने अवधिमै एउटा स्पष्ट सन्देश दिएको छ- अब परम्पराको नाममा प्रणालीलाई बन्धक बनाएर राख्ने दिन सकिए ।

संसदमा विपक्षी र सञ्चार माध्यममा परम्परागत दलहरुसँग हंस जोडिएका बौद्धिकहरु आलोचनाको कुनै विषय नपाएर हास्यास्पद तर्क गर्दै छन्- प्रधानमन्त्री संसद्मा नआउने, घन्टौँ संसदमा बसेर सांसदका कुरा नसुन्ने हो र जवाफका नाममा कर्मकाण्डको पालना नगर्ने हो भने लोकतन्त्र कमजोर हुन्छ । 

अब प्रश्न उठ्छ कि विगतमा परम्पराका नाममा जेजस्ता कर्मकाण्ड गरिए, त्यसले हाम्रो लोकतन्त्रलाई बलियो बनायो त ? संस्थाहरुलाई कहाँ पुर्‍यायो त्यसले ? नेपाली जनताको जीवनस्तरमा के फरक ल्यायो ? के वालेन्द्रले पनि केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले जस्तै कर्मकाण्डी शैलीमै सरकार चलाउनुपर्थ्यो ?  

आलोचना गर्नेहरुले बुझेका छैनन् वा बुझेर पनि बुझ पचाएका छन्- नेपाली जनताले वालेनलाई रोजेकै नतिजाहीन कर्मकाण्डी परम्परा भत्काउनकै लागि हो । किनभने उनी धेरै बोल्दैनन्, धेरै काम गर्छन् । २६ मिनेटको चुनावी भाषणले जनमानस तरंगित बनाउने क्षमता उनले चुनावमा देखाइसकेका छन् । उनको यो कार्यशैलीलाई नीति तथा कार्यक्रमको गुणस्तरसँग जोडेर हेर्नु युक्तिसंगत हुँदैन । बरु स्वर्णिम वाग्लेजस्ता दिग्गज अर्थमन्त्रीले जवाफ दिएर प्रक्रिया, प्रणाली र विषयवस्तु सबैलाई न्याय भएको छ । गफ होइन, काममा ध्यान दिनुपर्छ र बोक्रा होइन, गुदीमा बहस गर्नुपर्छ भनेर बालेन सरकारले स्पष्ट सन्देश दिएको छ ।

सरकारले तत्काल परिवर्तनको आभास दिन र सरकारको मेसिनरीमा तत्काल हस्तक्षेप गर्न ८ वटा अध्यादेश ल्यायो । ती अध्यादेश संसदमा टेबुल भइसकेका छन् । संसदको एउटै अधिवेशनमा ४५ वटा विधेयक तयार पार्ने गरी कामको गति अघि बढाएको छ । पुराना सरकारहरूले पूरा अधिवेशनभर एउटा विधेयक पारित गर्न नसक्ने परम्परा बनाएका थिए । त्यही परम्पराको ह्याङओभरमा रहेकाहरु बालेनको तीव्र गति देखेर होसहवास भएका छन् र बालेनमा ‘दोस्रो ओली’ को रुप खोजिरहेका छन् । 

कानुन निर्माणको प्रक्रियाको गति र सरकारको कार्यगतिमा तादात्म्य मिलाउन अध्यादेश नै उत्तम विकल्प हो । यो सरकारलाई प्राप्त विशेष संवैधानिक र राजनीतिक शक्ति पनि हो । घण्टीमा भोट हालेका जनतामा यसले उत्साह र भरोसा जगाएको छ । त्यसैले सबैले बुझ्नुपर्छ कि बालेन परम्पराको निर्वाह गर्न आएका होइनन् । नतिजाहीन परम्परा भत्काउनु नै बालेनको असली परिचय हो । उनले त्यही गरिरहेका छन् । 

अब रह्यो, प्रधानन्यायाधीश नियुक्तिको कुरा । यसमा बालेनले अर्को छलाङ मारे । नेकपा एमाले र नेपाली कांग्रेसले २०९२ सम्म न्यायालयमा आफ्नो अनुकूलको ‘सेटिङ’ बनाएका थिए । उनीहरुले अदालतमा न्यायाधीश मात्र नियुक्ति गरिरहेका थिएनन्, भावी प्रधानन्यायाधीशको रोल मिलाएर दसकौँसम्मका लागि आफ्नो प्रभावक्षेत्र बनाएका थिए । त्यो सेटिङ भत्काउनैपर्ने थियो । त्यो नभत्काएसम्म मुलुकमा थिति बसाउन सम्भव थिएन । त्यसैले उनले कानुन र संविधानभित्रै रहेर सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई रोकेर १० वर्षसम्मको सेटिङ भत्काइदिए । प्रधानन्यायाधीशको रोलक्रममै नराखिएका मनोजकुमार शर्मालाई ल्याइदिए । यो पनि एउटा ‘परम्परा’ तोड्ने काम हो । जुन तोड्नैपर्ने थियो । बालेनको यस साहसिक र निर्भीक कदमले पुराना दलसँग जीविका जोडिएकाहरु अत्तालिएका छन् ।  
बरु अब आवश्यकता के हो भने राष्ट्रिय सभा र राष्ट्रपति जस्ता संरचनाहरू समयसापेक्ष पुनरवलोकन गर्ने । ती संरचनाहरू ताजा जनादेशको अवरोधक बन्ने स्पष्ट संकेत देखिइसकेको छ । तसर्थ अब यिनको खारेजी र बर्खातगीको विकल्प खुला राखेर अगाडि बढ्नु बुद्धिमानी हुनेछ ।  खासमा यो हुनुपर्नेचाहिँ गत भदौमै थियो ।

बालेन सरकारको तीव्र रफ्तारलाई जनताको अपार समर्थन छ । अब परम्पराका नाममा भुत्ते बनाइएको प्रणालीलाई चलायमान बनाउने जिम्मा पनि बालेनकै काँधमा छ ।  जवाफदेहिताको नारा जप्नेहरूले बुझून्- बालेनले नीति तथा कार्यक्रम संसद्बाहिरबाट ल्याएका छैनन्, अध्यादेश संसद्मै छन्, बजेट पनि संसद्मै आउनेछ । फरक यत्ति हो- उनले कार्यगतिबाटै परम्परालाई चुनौती दिइरहेका छन् । भुत्ते संरचनाहरुलाई नतिजाउन्मुख बनाइरहेका छन् । बालेनको गतिबाट आत्तिएकाहरु परम्परा र संविधानको दुहाइ दिँदै छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक समिति सदस्य नियुक्ति खारेज

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले गरेको नेपाल वायु सेवा निगम सञ्चालक समितिको सदस्य नियुक्तिलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। अदालतले नियुक्ति प्रक्रिया कानुनविपरीत रहेको ठहर गर्दै पुनः योग्यतामा आधारित नियुक्ति गर्न परमादेशसमेत जारी गरेको छ। सरकारले पूर्व सैनिक अधिकारीसहित विभिन्न व्यक्तिलाई निगमको सञ्चालक समितिमा नियुक्त गरेको थियो। तर, नियुक्ति प्रक्रियामा योग्यताक्रमको सट्टा...

पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने

पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने काठमाण्डौ — पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तातो दिन कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यी क्षेत्रहरूमा तापक्रम उच्च रहने भएकाले गर्मीको प्रभाव अझै केही दिन रहन सक्ने देखिन्छ । महाशाखाका अनुसार आज, भोलि र पर्सिसम्म देशका अधिकांश...

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड काठमाण्डौ — सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् । सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरुको तयारी छ । कुनै प्रदेशले अघिल्लो वर्षको भन्दा आकार बढाएर, कुनैले घटाएर त कुनैले त्यही...

कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू : अर्थमन्त्री वाग्ले

कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू : अर्थमन्त्री वाग्ले काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली तथा सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन शुरू गरेको बताउनुभएको छ । काठमाण्डाैमा आज आयोजित ‘युवा उद्यमशीलता सम्मेलन–२०८३’ लाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले दशकौँदेखि चर्चामा सीमित कर सुधारका एजेन्डालाई वर्तमान...

काठमाण्डौ महानगरकाे नीति तथा कार्यक्रम : ‘मानवीयताको शहर’ बनाउने सङ्कल्प

काठमाण्डौ महानगरकाे नीति तथा कार्यक्रम : ‘मानवीयताको शहर’ बनाउने सङ्कल्प काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले महानगरलाई भौतिक संरचनाको चक्रव्युहबाट बाहिर निकालेर एक सहृदयी, समावेशी ‘मानवीयताको शहर’ का रूपमा विकास गर्ने दूरगामी सङ्कल्प अघि सारेको छ । नगरसभाको १९औँ अधिवेशनमा आज आउँदो आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डङ्गोलले यो सङ्कल्प...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०