"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा

Table of Content

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा

काठमाण्डौ – कङ्गोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट ज्यान गुमाउनेको सङ्ख्या ८० जना पुगेको छ । कङ्गोको स्वास्थ्य मन्त्रालयले ८० जनाको ज्यान गएको जनाएको हो । 

स्वास्थ्यमन्त्री स्यामुएल रोजर कम्बाले विशेष प्रयोगशाला परीक्षणबाट इबोला भाइरसको आठ वटा प्रारम्भिक घटना पुष्टि गरेको बताउनुभयो । कम्तिमा २४६ वटा शङ्कास्पद नमुनामा निगरानी भइरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी समाचार संस्था क्युएनएले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले इबोलालाई विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ, तर डब्लूएचओले महामारी भने भनेको छैन । 

कङ्गोसँग जोडिएको युगान्डामा इबोलाको एउटा केस फेला परेको र केन्याले सबै प्रवेश बिन्दुमा निगरानी कडा पारेको छ । इबोला भाइरसबाट सङ्क्रमित बिरामीमध्ये २५ प्रतिशतदेखि ९० प्रतिशतसम्मको ज्यान जाने गरेको छ । 

यो भाइरस पहिलो पटक सन् १९७६ मा अफ्रिकामा फेला परेको थियो । सङ्क्रमित व्यक्तिको रगत वा शरीरका अन्य तरल पदार्थको सम्पर्कबाट रोग सर्ने गर्छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चितवनमा तीन महिनामा ३ हजार ६२ जनाले लिए वंशजका आधारमा नागरिकता, २८ जनाले त्यागे

चितवन । चितवनमा चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । यस अवधिमा ६ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । यस्तै २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट उक्त अवधिमा वंशजका आधारमा नागरिकता जारी गरिएको...

मन्त्री प्रतिभा रावल कात्तिक ९ गते चितवन आउँदै,भूमिहीन,सुकुम्बासी र सहकारीपीडितसंग छलफल गर्ने

चितवन,कात्तिक ७- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कात्तिक ९ गते बिहान चितवन भ्रमणमा आउनुहुने भएको छ। भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समिति तथा सहकारीपीडितसँग छलफल गर्नुहुनेछ। साथै, भरतपुर र कालिका नगरपालिकाका नागरिकसँग अन्तरक्रिया गर्नुहुने कार्यक्रम रहेको छ। नागरिकसँगको अन्तरक्रियामा मन्त्री रावलले कात्तिक तथा सुकुम्बासीका समस्या, सहकारीपीडितका गुनासा...

एनपीएलका लागि पाकिस्तानका कप्तान फर्हान नेपालमा

काठमाण्डौ – पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा फर्हान नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् ।कर्णाली याक्समा अनुबन्ध भएका उनी आज नेपाल आएका हुन् । क्लबले हिजो ३० वर्षीय शीर्षक्रमका फर्हानलाई अनुबन्ध गरेको घोषणा गरेको थियो । क्लबले अनुबन्ध गरेको घोषणा गरेको २४ घण्टाभित्रै नेपाल आइपुगेका हुन् । उनी कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो...

लक्ष्मी थपलियाको ‘फूलै फुल्यो गुराँस’ गीत सार्वजनिक

काठमाडौं । गायिका लक्ष्मी थपलियाको स्वरमा रहेको नयाँ प्रेमिल गीत ‘फूलै फुल्यो गुराँस’ सार्वजनिक भएको छ । गीत लक्ष्मी थपलियाको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो । गीतमा विपिन आचार्यको शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङको जिम्मेवारी पनि आचार्यले नै सम्हालेका छन् । गीत एमबी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको...

पानी पर्ने पूर्वानुमानपछि किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

काठमाण्डौ – मुख्य चाड दशैँको बेला अहिले किसानलाई पाकेको धान भित्र्याउन भ्याइनभ्याइ छ । धेरैजसो ठाउँमा दशैँको टीका कोजाग्रत पूर्णिमा अर्थात् पर्सि सोमबारसम्म लगाउने गरिन्छ । तर मौसम पूर्वानुमान महाशाखाले बुधबार ११ गतेदेखि पानी पर्ने प्रक्षेपण गरेसँगै दशैँको टीकाकैबीच किसानलाई पाकेको धानबाली काट्न र भित्र्याउन हतारो भएको छ । अहिले अन्नको भण्डार तराई/मधेशदेखि पहाडी क्षेत्रमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०