"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

जेठ २१ भित्र सदस्यता अद्यावधिक गर्न कांग्रेसको निर्देशन, अनलाइनबाटै फारम भर्न सकिने

Table of Content

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण र अद्यावधिक कार्य आगामी जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिएको छ ।

पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बिहीबार ललितपुरस्थित केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठक पार्टीका महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

बैठकले सदस्यता अभिलेखीकरणलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्दै नेपाली कांग्रेसलाई सबैभन्दा बलियो सदस्य नेटवर्क भएको पार्टी बनाउने उद्देश्यसहित विभिन्न डिजिटल माध्यम प्रयोगमा ल्याइएको जनाएको छ ।

अब प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट अनलाइनमार्फत फारम भरेर सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ । यसका लागि पार्टीको सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फारम’ उपलब्ध गराइएको समितिले जनाएको छ ।

अनलाइन अद्यावधिकका क्रममा समस्या आएमा ९७०१२५५५५५ नम्बरमा सम्पर्क गरी एआई सहायतामार्फत सहयोग लिन सकिने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ । त्यस्तै, केन्द्रीय कार्यालयको डिजिटल सहायता केन्द्रमा सम्पर्क गरेर पनि समस्या समाधान गर्न सकिने जनाइएको छ । सोही नम्बरमा फोन गर्दा सोधिने प्रश्नावलीको उत्तर दिएर फोनबाटै अद्यावधिक फारम भर्ने सुविधा समेत उपलब्ध गराइएको समितिले जनाएको छ ।

विदेशस्थित नेपाली कांग्रेससँग आवद्ध ‘नेपाली जनसम्पर्क समिति’हरूका लागि पनि ‘स्वयं सदस्यता आवेदन फारम’ उपलब्ध गराइएको छ ।

समितिले सदस्यता अद्यावधिक नगर्ने तथा कांग्रेस परिचयपत्र (एनसी आईडी) प्राप्त नगर्ने व्यक्तिले पार्टीको १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने विधानमा व्यवस्था रहेको उल्लेख गर्दै तोकिएको समयभित्रै अद्यावधिक प्रक्रिया पूरा गर्न मातहत तहलाई निर्देशन दिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक समिति सदस्य नियुक्ति खारेज

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले गरेको नेपाल वायु सेवा निगम सञ्चालक समितिको सदस्य नियुक्तिलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। अदालतले नियुक्ति प्रक्रिया कानुनविपरीत रहेको ठहर गर्दै पुनः योग्यतामा आधारित नियुक्ति गर्न परमादेशसमेत जारी गरेको छ। सरकारले पूर्व सैनिक अधिकारीसहित विभिन्न व्यक्तिलाई निगमको सञ्चालक समितिमा नियुक्त गरेको थियो। तर, नियुक्ति प्रक्रियामा योग्यताक्रमको सट्टा...

पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने

पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने काठमाण्डौ — पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तातो दिन कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यी क्षेत्रहरूमा तापक्रम उच्च रहने भएकाले गर्मीको प्रभाव अझै केही दिन रहन सक्ने देखिन्छ । महाशाखाका अनुसार आज, भोलि र पर्सिसम्म देशका अधिकांश...

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड काठमाण्डौ — सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् । सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरुको तयारी छ । कुनै प्रदेशले अघिल्लो वर्षको भन्दा आकार बढाएर, कुनैले घटाएर त कुनैले त्यही...

कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू : अर्थमन्त्री वाग्ले

कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू : अर्थमन्त्री वाग्ले काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली तथा सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन शुरू गरेको बताउनुभएको छ । काठमाण्डाैमा आज आयोजित ‘युवा उद्यमशीलता सम्मेलन–२०८३’ लाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले दशकौँदेखि चर्चामा सीमित कर सुधारका एजेन्डालाई वर्तमान...

काठमाण्डौ महानगरकाे नीति तथा कार्यक्रम : ‘मानवीयताको शहर’ बनाउने सङ्कल्प

काठमाण्डौ महानगरकाे नीति तथा कार्यक्रम : ‘मानवीयताको शहर’ बनाउने सङ्कल्प काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले महानगरलाई भौतिक संरचनाको चक्रव्युहबाट बाहिर निकालेर एक सहृदयी, समावेशी ‘मानवीयताको शहर’ का रूपमा विकास गर्ने दूरगामी सङ्कल्प अघि सारेको छ । नगरसभाको १९औँ अधिवेशनमा आज आउँदो आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डङ्गोलले यो सङ्कल्प...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०