"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सम्पत्ति विवरण बुझाउन पूर्व प्रधानमन्त्रीदेखि उच्च कर्मचारीसम्मलाई आयोगको ३० दिने म्याद

Table of Content

काठमाडौं । सम्पत्ति छानबिन आयोग, २०८३ ले विगत २० वर्षको अवधिमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूलाई आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण बुझाउन ३० दिने सार्वजनिक सूचना जारी गरेको छ ।

आयोगले आर्थिक वर्ष २०६२/६३ देखि २०८२/८३ चैत मसान्तसम्मको अवधिमा बहाल रहेका वा हाल अवकाश पाइसकेका राजनीतिक पदाधिकारी, कर्मचारी र उनीहरूका परिवारको सदस्यको नाममा स्वदेश तथा विदेशमा रहेको चल-अचल सम्पत्ति विवरण माग गरेको हो ।

काठमाडौँको ठमेलस्थित केशर पुस्तकालय भवनमा कार्यालय स्थापना गरी कार्य प्रारम्भ गरेको आयोगले तोकिएको समयभित्र विवरण नबुझाउनेलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

विवरण बुझाउनुपर्नेहरूको सूचीमा तत्कालीन राजपरिवारका सदस्यदेखि वर्तमान र पूर्व उच्चपदस्थ पदाधिकारीहरू समेटिएका छन् ।

यसमा पूर्व तथा वर्तमान प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सांसद, संविधान सभा सदस्य, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, न्यायाधीशहरू, र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरू (राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथि) रहेका छन् ।

त्यसैगरी प्रदेश प्रमुख, मुख्यमन्त्री, स्थानीय तहका प्रमुख र उपप्रमुख, नेपाल राष्ट्र बैंकका गभर्नर, सरकारी बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, र विभिन्न सरकारी संस्थान एवं विश्वविद्यालयका उच्च अधिकारीहरूले पनि अनिवार्य रूपमा आफ्नो सम्पत्तिको स्रोत खुलाउनुपर्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार सम्बन्धित व्यक्तिहरूले आफ्नो र परिवारका नाममा रहेको पैतृक तथा आर्जित सम्पत्ति, तलब, भत्ता, वैदेशिक भ्रमण, घरजग्गा, शेयर कारोबार, ऋण, कृषि र व्यवसाय लगायतका आयका स्रोतहरू खुल्ने प्रमाण सहितको विवरण पेश गर्नुपर्नेछ ।

यो विवरण सूचना प्रकाशित भएको ३० दिनभित्र आयोगको कार्यालयमा आफैँ उपस्थित भई, प्रतिनिधिमार्फत, हुलाक वा इमेल मार्फत बुझाइसक्नुपर्नेछ ।

आयोगले २०६२ सालयता सार्वजनिक पदमा रहेका जोसुकैले पनि एकपटक अनिवार्य रूपमा सम्पत्ति विवरण पेश गर्नुपर्ने स्पष्ट पार्दै विवरण फाराम आयोगको वेबसाइटबाट डाउनलोड गर्न सकिने जानकारी दिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

१० प्रतिशत निःशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने

१० प्रतिशत निःशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने काठमाण्डाै – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न, असहाय र बेवारिसे नागरिकलाई निःशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ । ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल कार्यविधि २०८३’ अनुसार सरकारी, निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शय्याको कम्तीमा १० प्रतिशत विपन्न...

विश्वकप २०२६ : ४ मध्ये १ खेल अत्यधिक गर्मीमा हुन सक्ने चेतावनी

विश्वकप २०२६ : ४ मध्ये १ खेल अत्यधिक गर्मीमा हुन सक्ने चेतावनी आज मध्यरातिदेखि शुरू हुने फिफा विश्वकप फुटबल २०२६ लाई जलवायु परिवर्तनले गम्भीर असर पार्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घले यस वर्षको प्रतियोगितामा अत्यधिक गर्मी एक प्रमुख र निर्णायक कारक हुने चेतावनी दिएको छ । जर्मनीको बोनमा शुरू भएको १० दिने जलवायु सम्मेलनका क्रममा...

विपद् व्यवस्थापन गर्न २०० केजी बोक्ने ड्रोन छ, तर खरिद प्रक्रिया झन्झटिलो : मन्त्री गुरुङ

काठमाडौँ , जेठ २८- गृहमन्त्री सुदन गुरुङले विपद् व्यवस्थापन, राहत वितरणमा प्रयोग भइरहेका आधुनिक प्रविधि, सार्वजनिक खरिद प्रक्रिया झन्झटिलो रहेको बताएका छन् । बिहीबार बिहान बसेको समिति बैठकमा बोल्दै उनले नेपालमा पहिलो पटक हेभी लिफ्टिङ ड्रोनमार्फत सिन्धुपाल्चोक र काभ्रेमा राहत वितरण गरिएको स्मरण गराए । उनले अहिले २०० केजीसम्म बोक्न सक्ने क्षमताको हेभी लिफ्टिङ ड्रोन...

अर्थमन्त्रीलाई अमरेशको प्रश्नः नयाँ बजेटले कति प्रतिशत जनता खुःसी भए ?

काठमाडौं, जेठ २८- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले आगामी आर्थिक बर्षको बजेटले नेपालको कति प्रतिशत जनता खुसी भए भनेर प्रश्न गरेका छन् । बजेटमाथि प्रतिनिधिसभामा बोल्दै उनले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई यस्तो प्रश्न गरेका हुन् । ‘मित्रलाई केही कुरा आग्रह गर्न चाहन्छु’ उनले भने, ‘यो बजेटबाट नेपालको कति प्रतिशत जनता खुसी भए ?’बैंकर खुसी...

१५ वटा  विश्वविद्यालय निमित्त उपकुलपतिको भरमा, नीतिगत निर्णयमा अप्ठ्यारो

काठमाडौँ । देशभरका विश्वविद्यालयहरू निमित्त उपकुलपति र रजिष्ट्रारको भरमा चलेका छन् । गत वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ जारी गरेसँगै विश्वविद्यालयहरू पदाधिकारीविहीन भएका थिए ।   रिक्त पद अहिलेसम्म पूर्ति नहुँदा विश्वविद्यालयहरू निमित्तको भरमा चल्दै आएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार १५...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०