"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सम्पत्ति विवरण बुझाउन पूर्व प्रधानमन्त्रीदेखि उच्च कर्मचारीसम्मलाई आयोगको ३० दिने म्याद

Table of Content

काठमाडौं । सम्पत्ति छानबिन आयोग, २०८३ ले विगत २० वर्षको अवधिमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूलाई आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण बुझाउन ३० दिने सार्वजनिक सूचना जारी गरेको छ ।

आयोगले आर्थिक वर्ष २०६२/६३ देखि २०८२/८३ चैत मसान्तसम्मको अवधिमा बहाल रहेका वा हाल अवकाश पाइसकेका राजनीतिक पदाधिकारी, कर्मचारी र उनीहरूका परिवारको सदस्यको नाममा स्वदेश तथा विदेशमा रहेको चल-अचल सम्पत्ति विवरण माग गरेको हो ।

काठमाडौँको ठमेलस्थित केशर पुस्तकालय भवनमा कार्यालय स्थापना गरी कार्य प्रारम्भ गरेको आयोगले तोकिएको समयभित्र विवरण नबुझाउनेलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

विवरण बुझाउनुपर्नेहरूको सूचीमा तत्कालीन राजपरिवारका सदस्यदेखि वर्तमान र पूर्व उच्चपदस्थ पदाधिकारीहरू समेटिएका छन् ।

यसमा पूर्व तथा वर्तमान प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सांसद, संविधान सभा सदस्य, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, न्यायाधीशहरू, र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरू (राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथि) रहेका छन् ।

त्यसैगरी प्रदेश प्रमुख, मुख्यमन्त्री, स्थानीय तहका प्रमुख र उपप्रमुख, नेपाल राष्ट्र बैंकका गभर्नर, सरकारी बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, र विभिन्न सरकारी संस्थान एवं विश्वविद्यालयका उच्च अधिकारीहरूले पनि अनिवार्य रूपमा आफ्नो सम्पत्तिको स्रोत खुलाउनुपर्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार सम्बन्धित व्यक्तिहरूले आफ्नो र परिवारका नाममा रहेको पैतृक तथा आर्जित सम्पत्ति, तलब, भत्ता, वैदेशिक भ्रमण, घरजग्गा, शेयर कारोबार, ऋण, कृषि र व्यवसाय लगायतका आयका स्रोतहरू खुल्ने प्रमाण सहितको विवरण पेश गर्नुपर्नेछ ।

यो विवरण सूचना प्रकाशित भएको ३० दिनभित्र आयोगको कार्यालयमा आफैँ उपस्थित भई, प्रतिनिधिमार्फत, हुलाक वा इमेल मार्फत बुझाइसक्नुपर्नेछ ।

आयोगले २०६२ सालयता सार्वजनिक पदमा रहेका जोसुकैले पनि एकपटक अनिवार्य रूपमा सम्पत्ति विवरण पेश गर्नुपर्ने स्पष्ट पार्दै विवरण फाराम आयोगको वेबसाइटबाट डाउनलोड गर्न सकिने जानकारी दिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

व्यस्त रेल स्टेसनमा बाख्रालाई जागिर!

जापानको राजधानी टोकियोको व्यस्त रेल स्टेसनमा दुईवटा बाख्रालाई झारपात सफा गर्ने काममा लगाइएको छ। टोकियोको योत्सुया रेल स्टेसन परिसरमा अक्टोबर ९ देखि नागी र पोक्के नामका दुई बाख्रालाई काममा लगाइएको हो। यात्रुहरूको आवतजावत भइरहने स्टेसनमा बाख्राले घाँस खाएर झारपात नियन्त्रण गर्नेछन्। जापानी सञ्चारमाध्यम एफएनएनका अनुसार एक वर्षको भाले नागी र दुई वर्षकी पोथी पोक्केलाई डिसेम्बरसम्म वा...

बुधबारसम्म मौसम सामान्यतया सफा, बिहीबार केही ठाउँमा ठूलो वर्षा : मौसम विभाग

काठमाण्डौ – आउँदो बुधबारसम्म मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको पाँच दिनको मौसम पूर्वानुमानअनुसार बिहीबार भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना छ । साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनीका केही...

चितवनका युवा समाजसेवी शेरबहादुर परियारद्वारा बाढी पिढित र अभिभावकविहीन विद्यार्थीलाई गरे सहयोग

रसुवा : चितवनका युवा समाजसेवी तथा पर्यटन व्यवसायी शेरबहादुर परियारले बाढी र भूकम्पबाट प्रभावित तथा अभिभावक गुमाएका विद्यार्थीको सहयोगका लागि खाद्यान्न उपलब्ध गराउनुका साथै अधुरो छात्रावास भवन निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएका छन् । रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगया गाउँपालिका–५ वेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा आश्रित १५७ विद्यार्थीका लागि परियार र जर्मन नागरिक हार्टमुट ड्राम्सटसको...

साउनदेखि असोज मसान्तसम्म चितवनमा २८ जनाले त्यागे नागरिकता, चार जनाको नागरिकता रद्द

चितवन : जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । सोही अवधिमा छ हजार ७६६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ भने २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी...

दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

नारायणगढ (चितवन),कात्तिक ८- चितवनमा सवारी दुर्घटना तथा दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको सङ्ख्यामा उल्लेख्य कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्ष सवारी दुर्घटना करिब ७३ प्रतिशतले कमी आएको हो । कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२र८३ को दसैँ अवधिमा जिल्लामा ३३ वटा सवारी दुर्घटना हुँदा चार...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०