"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

संसदबाट चुनिएका बालेनको बेवास्ता : हिजो सहभागी भएनन्, आज पनि गएनन्

Table of Content

संसदबाट चुनिएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बुधबार जस्तै बिहीबार पनि सरकारकै नीति तथा कार्यक्रमको छलफल र जवाफमा सहभागी हुन अस्वीकार गरेका छन् ।

विपक्षीले विरोध गर्दै मुद्दा नै बनाएको विषयलाई प्रधानमन्त्री बालेनले बेवास्ता गरेका हुन् । बुधबार सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री बालेन नै प्रस्तुत गर्ने कार्यसूची थियो । त्यसैले कार्यसूचीमा नाम राखेर बालेन नआएको भन्दै विपक्षीले तीनपटकसम्म संसद अवरोध गरेका थिए ।

दोस्रो प्रयासमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । तर, प्रधानमन्त्री बिहीबार आउनुपर्ने विषयमा सभमुखले रुलिङ गर्नुपर्ने माग विपक्षीले राखे । जसको कारण बुधबार नीति कार्यक्रममाथि छलफल हुन सकेन ।

बिहीबार भने प्रधानमन्त्री बालेन्द्रको तर्फबाट अर्थमन्त्री वाग्लेले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने प्रतिनिधिसभाको कार्यसूची सार्वजनिक गरिएको हो ।

विपक्षीहरूले आफैँले प्रस्तुत गरेको नीति कार्यक्रमको स्वामित्व लिनसमेत प्रधानमन्त्री बैठकमा आउनुपर्ने, छलफलमा सहभागी हुने र जवाफ दिनुपर्ने मत राख्दै आएका छन् । तर, निर्वाचित भएदेखि नै संसदलाई बेवास्ता गरेका प्रधानमन्त्री सरकारकै वार्षिक नीति कार्यक्रमको प्रस्ताव, छलफल र जवाफमा सहभागी नहुने भएका हुन् ।

विपक्षीको विरोधपछि बिहीबार भने दुवै सदनमा वैशाख २८ गते प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले जवाफ दिने कार्यसूची निकालिएको हो । अघिल्लो दिन कार्यसूचीमा नाम राखेर प्रधानमन्त्री नआएकोमा विपक्षीले आपत्ति जनाएका थिए । त्यसैले बिहीबार प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले जवाफ दिने विषय कार्यसूचीमै उल्लेख भएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

धनुषामा श्रीमतीको हत्या, श्रीमान् पनि मृत फेला; चार वर्षीय छोरा घाइते

वीरगञ्ज । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आशङ्का गरिएका श्रीमान् पनि मृत फेला परेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले कात्तिक ७ गते राति मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुरालीमा श्रीमती ३० वर्षीय रिना यादव...

व्यस्त रेल स्टेसनमा बाख्रालाई जागिर!

जापानको राजधानी टोकियोको व्यस्त रेल स्टेसनमा दुईवटा बाख्रालाई झारपात सफा गर्ने काममा लगाइएको छ। टोकियोको योत्सुया रेल स्टेसन परिसरमा अक्टोबर ९ देखि नागी र पोक्के नामका दुई बाख्रालाई काममा लगाइएको हो। यात्रुहरूको आवतजावत भइरहने स्टेसनमा बाख्राले घाँस खाएर झारपात नियन्त्रण गर्नेछन्। जापानी सञ्चारमाध्यम एफएनएनका अनुसार एक वर्षको भाले नागी र दुई वर्षकी पोथी पोक्केलाई डिसेम्बरसम्म वा...

बुधबारसम्म मौसम सामान्यतया सफा, बिहीबार केही ठाउँमा ठूलो वर्षा : मौसम विभाग

काठमाण्डौ – आउँदो बुधबारसम्म मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको पाँच दिनको मौसम पूर्वानुमानअनुसार बिहीबार भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना छ । साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनीका केही...

चितवनका युवा समाजसेवी शेरबहादुर परियारद्वारा बाढी पिढित र अभिभावकविहीन विद्यार्थीलाई गरे सहयोग

रसुवा : चितवनका युवा समाजसेवी तथा पर्यटन व्यवसायी शेरबहादुर परियारले बाढी र भूकम्पबाट प्रभावित तथा अभिभावक गुमाएका विद्यार्थीको सहयोगका लागि खाद्यान्न उपलब्ध गराउनुका साथै अधुरो छात्रावास भवन निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएका छन् । रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगया गाउँपालिका–५ वेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा आश्रित १५७ विद्यार्थीका लागि परियार र जर्मन नागरिक हार्टमुट ड्राम्सटसको...

साउनदेखि असोज मसान्तसम्म चितवनमा २८ जनाले त्यागे नागरिकता, चार जनाको नागरिकता रद्द

चितवन : जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । सोही अवधिमा छ हजार ७६६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ भने २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०