"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

धमाधम काटिँदै छन् सडकका जोखिमयुक्त सालका रुख

Table of Content

भरतपुर । २०७९ जेठ ६ गते शुक्रबार साँझ चितवनमा भीषण हावाहुरी आयो । हावाहुरीले सडकका धेरै रुखहरु ढले । ढलेका रुखले च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गयो । भरतपुर–११ को भोजाडमा अटोमा सवार दुई जना र बसेनीमा म्याजिकमा सवार एक जनाको हावाहुरीले ढालेको रुखले च्यापिएर मृत्यु भयो । त्यतिबेलाको हावाले चितवनमा १५ जना घाइते भएका थिए ।

२०७७ सालमा आएको हावाहुरी भरतपुर महानगरपालिका वडा नम्बर–१, देवघाट सडकखण्डमा रुख ढलेर एक जनाको मृत्यु भएको थियो । चार जना घाइते भएका थिए ।

यही साल पाँच दिनअघि मात्र आएको हावाहुरीले रुख ढाल्दा पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको थियो । टिकौलीमा रुख ढल्दा केही बेर सडक नै अवरूद्ध भयो । देवघाट जाने सडकमा पनि रुख ढले । काठमाडौँ जाने सडकमा पनि हावाले रुख ढलाएको थियो । प्रहरी प्रशासनले सवारी रोकेकै कारण मानवीय क्षति हुन पाएन ।

चितवनका विभिन्न सडकछेउमा जोखिमयुक्त साललगायतका विभिन्न प्रजातिका रुखहरु रहेका कारण हावाहुरीमा मानवीय क्षति हुने गरेको छ । ‘पाँच दिनअघि आएको हुरीमा सवारीसाधन नरोकेको भए त्यो दिन पनि मानवीय क्षति हुनेथियो’, चितवन जिल्ला प्रहरी प्रमुख गोविन्द पुरीले भने । उनका अनुसार त्यो दिन रुख ढलेर मानवीय तथा भौतिक क्षति हुन सक्ने आकलन गरेर सवारीसाधनलाई जहाँको त्यहीँ रोकेर राखिएको थियो ।

सडकमा साललगायतका रुखका कारणले जोखिम बढेका कारण रुख काट्न थालिएको छ । डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यले जोखिमयुक्त सडकका रुखहरु काट्न सुरू गरिएको बताए ।

उनले भने, ‘आँपटारीदेखि देवघाटसम्मको सडकमा पर्ने २५ वटा रुख काटेर सकिएको छ, सडक डिभिजन कार्यालय भरतपुर, जिल्ला प्रशासन कार्यालय चितवन र देवघाट विकास समितिको समन्वयमा रुख कटान भएको हो ।’ उनले देवघाट सडकमा मात्र होइन, अन्य विभिन्न ठाउँमा रहेका जोखिमयुक्त सडकका रुखहरु धमाधम काटिने बताए ।

‘कानुनमा टेकेर सडकबीचमा रहेका वा अवरोध पु¥याएका छेउका साल प्रजातिका रुख पनि काटिएको छ’, उनले भने, ‘सडकछेउका अवरोध पु¥याउने सालको रुख काट्न चितवनबाटै सुरू भएको छ ।’ वन नियमावली, २०७९ तेस्रो संशोधन ३६ (छ) अनुसार सडक, विद्युत्, टेलिकमलगायतका विकास निर्माणका क्रममा जोखिम पर्ने रुखहरु काट्न पाइने नियम छ । यही नियमलाई टेकेर रुख काट्न थालिएको प्रमुख आचार्यले बताए ।

देवघाट क्षेत्र विकास समितिले ६२ वटा रुख काट्न माग गरेको थियो । यद्यपि, प्राविधिकको मूल्याङ्कनअनुसार पहिलो चरणमा २५ वटा मात्र रुख काट्न सुरू भएको उनको भनाइ छ ।

रुख कटानको पहिलो दिन शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल नै फिल्डमा खटिएका थिए । देवघाट जाने सडकको बीचमै सालको रुख थियो । क्षमा पूजा गरी कटान थालियो । साँघुरो सडकमा रुख भएका कारण यस सडकमा सानातिना दुर्घटना भइरहेका थिए । रुखमा ठोक्किएर सवारी दुर्घटनासमेत हुने गरेको थियो । यही जोखिमलाई ध्यान दिएर डिभिजन वनले जिल्ला प्रशासनको समन्वयमा रुख कटान गर्न थालेको हो । प्रजिअ अर्यालका अनुसार रुख कटान गर्ने निर्णयपछि धमाधम काम अघि बढेको छ ।

वन डिभिजन कार्यालय चितवनले देवघाटका सडकमा मात्र होइन, अन्य ठाउँमा रहेका जोखिमयुक्त सालका रुख काट्दै जाने जनाएको छ । ‘टिकौलीमा पनि केही रुख काट्नुपर्ने देखिन्छ, पदमपुर जाने सडकमा पनि काटिन्छ, जखडीमाई हुँदै इच्छाकामना जाने सडकछेउमा रहेका सालका रुख पनि काट्छौँ’, डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यले भने, ‘वैशाख महिनाभित्र २०० बढी जोखिमयुक्त सडक छेउका रुख कटान गरिन्छ ।’ रामपुरको खगेरी खोलमा रहेका केही जोखिमयुक्त रुखको पनि व्यवस्थापन हुने उनले बताए ।

यसैबीच डिभिजन वन कार्यालय चितवनले तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति दिएको डिभिजन वन प्रमुख आचार्यले बताए । उनका अनुसार प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान तथा सुरक्षित घाटगद्दी व्यवस्थापनका लागि आयोजनालाई सम्झौता गरी वन प्रवेश इजाजतपत्र प्रदान गरियो ।

भरतपुर महानगरपालिका–१ स्थित व्यवस्थित वन (सतनचुली संरक्षित क्षेत्र) तथा सतनचुली सामुदायिक वन, साथै भरतपुर महानगरपालिका–२९ अन्तर्गत अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका एक हजार बढी रुख कटान गरिनेछ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

१० प्रतिशत निःशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने

१० प्रतिशत निःशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने काठमाण्डाै – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न, असहाय र बेवारिसे नागरिकलाई निःशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ । ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल कार्यविधि २०८३’ अनुसार सरकारी, निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शय्याको कम्तीमा १० प्रतिशत विपन्न...

विश्वकप २०२६ : ४ मध्ये १ खेल अत्यधिक गर्मीमा हुन सक्ने चेतावनी

विश्वकप २०२६ : ४ मध्ये १ खेल अत्यधिक गर्मीमा हुन सक्ने चेतावनी आज मध्यरातिदेखि शुरू हुने फिफा विश्वकप फुटबल २०२६ लाई जलवायु परिवर्तनले गम्भीर असर पार्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घले यस वर्षको प्रतियोगितामा अत्यधिक गर्मी एक प्रमुख र निर्णायक कारक हुने चेतावनी दिएको छ । जर्मनीको बोनमा शुरू भएको १० दिने जलवायु सम्मेलनका क्रममा...

विपद् व्यवस्थापन गर्न २०० केजी बोक्ने ड्रोन छ, तर खरिद प्रक्रिया झन्झटिलो : मन्त्री गुरुङ

काठमाडौँ , जेठ २८- गृहमन्त्री सुदन गुरुङले विपद् व्यवस्थापन, राहत वितरणमा प्रयोग भइरहेका आधुनिक प्रविधि, सार्वजनिक खरिद प्रक्रिया झन्झटिलो रहेको बताएका छन् । बिहीबार बिहान बसेको समिति बैठकमा बोल्दै उनले नेपालमा पहिलो पटक हेभी लिफ्टिङ ड्रोनमार्फत सिन्धुपाल्चोक र काभ्रेमा राहत वितरण गरिएको स्मरण गराए । उनले अहिले २०० केजीसम्म बोक्न सक्ने क्षमताको हेभी लिफ्टिङ ड्रोन...

अर्थमन्त्रीलाई अमरेशको प्रश्नः नयाँ बजेटले कति प्रतिशत जनता खुःसी भए ?

काठमाडौं, जेठ २८- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले आगामी आर्थिक बर्षको बजेटले नेपालको कति प्रतिशत जनता खुसी भए भनेर प्रश्न गरेका छन् । बजेटमाथि प्रतिनिधिसभामा बोल्दै उनले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई यस्तो प्रश्न गरेका हुन् । ‘मित्रलाई केही कुरा आग्रह गर्न चाहन्छु’ उनले भने, ‘यो बजेटबाट नेपालको कति प्रतिशत जनता खुसी भए ?’बैंकर खुसी...

१५ वटा  विश्वविद्यालय निमित्त उपकुलपतिको भरमा, नीतिगत निर्णयमा अप्ठ्यारो

काठमाडौँ । देशभरका विश्वविद्यालयहरू निमित्त उपकुलपति र रजिष्ट्रारको भरमा चलेका छन् । गत वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ जारी गरेसँगै विश्वविद्यालयहरू पदाधिकारीविहीन भएका थिए ।   रिक्त पद अहिलेसम्म पूर्ति नहुँदा विश्वविद्यालयहरू निमित्तको भरमा चल्दै आएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार १५...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०