"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रत्ननगरमा आजबाट राष्ट्रिय स्तरको फुटबल खेल सरु हुँदै

Table of Content

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा भोली शनिबारबाट चार लाख पुरस्कार राशीको राष्ट्रिय स्तरको रत्ननगर कप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

वडा नं ८ स्थित बाघमारा खेलमैदानमा युवा तथा खेलकुद विकास समिति रत्ननगर ७ ले आयोजना गरेको उक्त प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गर्नेछन् । प्रतियोगिताको पहिलो खेल आयोजन टिम र समाज कल्याण खेलकुद संघ काठमाडौं बीच हुने छ ।

खेलकुदका माध्यमबाट पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने, रत्ननगरको खेलकुदको विकास गर्ने र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष सरोज चौधरीले जानकारी दिए ।

प्रतियोगितामा आयोजक टिम सहित कटारी टाइगर फुटबल क्लव उदयपुर, एपीएफ काठमाडौं, भरतपुर फुटबल क्लव, देवदह क्वाईज रुपन्देही, मकवानपुर जिल्ला फुटबल संघ, समाज कल्याण खेलकुद संघ काठमाडौं, अभिषेक चर्ज रजहरले उपाधिका लागि प्रतिस्पर्धा गर्ने खेलसंयोजक संजय लामाले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले चार लाख र उपविजेता टिमले २ लाख रुपैया तथा शिल्ड, मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ । म्यानअफ दी म्याच घोषित हुने खेलाडीलाई रु पाँच हजार उत्कृष्ट गोल किपर, सर्वाधिक गोलकर्ता, सर्वोकृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड र उत्कृष्ट कोचलाई जनही १०/१० हजार नगद पुरस्कार प्रदान गरिने खेल उपसंयोजक सुरेश चौधरीले जानकारी दिए ।

संरक्षक रत्ननगर नगरपालिका संरक्षक र प्रदेश खेलकुद विकास परिषद् प्रर्बधक रहेको प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको आर्थिक समितिका संयोजक एसके चौधरीले जानकारी दिए ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789966111

पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिगको उपाधि एडिनबर्गलाई

काठमाण्डाै – पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) को उपाधि एडिनबर्ग क्यासल रकर्सले जितेको...
1-1789954922 (1)

परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घ महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाण्डाै – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...
buffalo-farming-1789960254

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेर मासिक एक लाख आम्दानी

काठमाण्डाै – वैदेशिक रोजगारीबाट फर्किएर गाईभैँसीपालन गर्दा के–कति आम्दानी होला ? भन्ने जिज्ञासा मनमा थियो...
Giorgia-Meloni-1789971972

इटालीले विद्यालयमा बुर्का प्रतिबन्ध लगाउने, विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने

इटालीले विद्यालयमा अनुहार छोप्ने कपडा (बुर्का) मा प्रतिबन्ध लगाउने र कक्षामा विदेशी विद्यार्थीको सङ्ख्या सीमित...
opmcm_FNGMsZz6C8

प्रधानमन्त्री राहत कोषमा झन्डै १५ अर्ब रुपैयाँ मौज्दात

काठमाण्डाै – प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम झन्डै १५ अर्ब रुपैयाँ पुगेको छ । प्रधानमन्त्री तथा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०