"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नेपालमा टियर फोर हाइपरस्केल डेटा सेन्टर निर्माण गर्ने बिचुटेनको घोषणा

Table of Content

नेपालमा टियर फोर हाइपरस्केल डेटा सेन्टर निर्माण गर्ने बिचुटेनको घोषणा

काठमाण्डाै – बिचुटेन डेटा भोल्टले नेपालमा टियर–फोर हाइपरस्केल डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ । डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्‍याउने र डेटा सुरक्षालाई सुदृढ बनाउने उद्देश्यका साथ यो परियोजना अघि सारिएको हो ।

नेपाललाई दक्षिण एशियाकै एक विश्वसनीय डिजिटल हबका रूपमा स्थापित गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

बिचुटेन डेटा भोल्ट स्वदेशी उद्यमीहरू नवीन अग्रवाल, मीन अग्रवाल, अनुज कियाल, विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा रहेको छ । यस परियोजनाका लागि भीभीडीएन, गुगल क्लाउड, एएमडी र माइक्रोनसँग रणनीतिक साझेदारी गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

परियोजना काठमाण्डाै र वीरगञ्जमा निर्माण हुनेछ । २४० किलोवाट क्षमताबाट शुरू भई सन् २०३० सम्म ५ मेगावाटसम्म विस्तार गर्ने योजना रहेको छ ।

सर्टिफाइड टियर–फोर मापदण्डको यो डेटा सेन्टरले ९९ दशमलव ९९५ प्रतिशत ’अपटाइम’ सुनिश्चित गर्नेछ, अर्थात् वर्षभरिमा २६ मिनेटभन्दा कम मात्र प्राविधिक अवरोध हुनेछ । याे बैंकिङ र दूरसञ्चारजस्ता संवेदनशील क्षेत्रका लागि अत्यन्त महत्त्वपूर्ण छ ।

नेपालको डेटा नेपालभित्रै सुरक्षित राख्ने यस लक्ष्यले विदेशी सर्भरमाथिको निर्भरता घटाउनुका साथै राष्ट्रिय सुरक्षा र साइबर प्रतिरोध क्षमता पनि बलियो बन्ने अपेक्षा छ । पूर्णतया नेपालको जलविद्युतमा आधारित यो डेटा सेन्टर वातावरणमैत्री र ऊर्जा–दक्ष हुने बताइएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepal_gas_gd5oM9Y79a

तराईका ग्यास उद्योगबाट सिलिन्डर भरेर काठमाण्डौ भित्र्याउन थालियो

काठमाण्डौ  – काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने ग्यासको अभाव कायमै छ । गएको...
UN-united-nation_final_one_1aurKzC0Mx

संयुक्त राष्ट्रसङ्घले नेपाललाई ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि...
images_pxStGBGlyg_vgpbs0fnhfshm9o09tieuab9fn0efmm3kx0bsghdd8uaxh4e8rsqwbt3w2ra_U4hqmS0Gea_yyivkjt7uce7ohkrhzoot4cnxayipezjgwxsithgisinwabqxvm9qicr9rka

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा, को कहाँ?

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक सीडीओको जिम्मेवारी जिम्मेवारी हेरफेर गरेको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०