"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नवयुवा रोजगारी माग्न आउँछन्, आश्वासनबाहेक केही दिन सकेनौँ : मन्त्री यादव

Table of Content

नवयुवा रोजगारी माग्न आउँछन्, आश्वासनबाहेक केही दिन सकेनौँ : मन्त्री यादव

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले नवयुवालाई सरकारले रोजगारी दिन नसकेको बताउनुभएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजकाे बैठकमा उहाँले नवयुवा आन्दोलनमा घाइते भएका युवाहरू रोजगारीको माग लिएर मन्त्रालयमा लगातार आउने गरेको भए पनि आश्वासन दिएर मात्रै पठाउने काम भएको बताउनुभएको हो ।

मन्त्री यादवका अनुसार मन्त्रालयमा दैनिक हजारभन्दा धेरै युवा रोजगारी माग्न आउने गरेका छन् । उहाँले आउँदाे आर्थिक वर्षको बजेटमा घाइतेहरूलाई सीपमूलक तालिम दिने योजना राखिएको भए पनि रोजगारीको ग्यारेन्टी गर्न नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘मन्त्रालयमा रोजगार नाम जोडिएकोले नवयुवा रोजगारी माग्न आउनुहुन्छ । २–३ दिनमा ३ हजार हाराहारीमा हामीलाई रोजगार चाहियो भन्दै आउनुभएकाे छ । अब हामीले रोजगार कसरी दिने ? हामीले सीप दिएर रोजगारीका लागि जाेडिदिने हाे । आश्वासनबाहेक हामीले केही पनि गर्न सकेनौँ । आन्तरिक रोजगारमा समस्या छ ।’

यादवका अनुसार राष्ट्रिय रोजगार कार्यक्रमको बजेटमा भारी कटौती भएको छ । पहिले १३ अर्ब रुपैयाँकाे बजेट अहिले घटेर १ अर्ब २० करोडमा सीमित भएको उहाँको गुनासो छ । देशभर अधिकतम १७ हजार जनालाई मात्रै १०० दिनको रोजगारी दिन सकिने उहाँकाे भनाइ छ ।

मन्त्री यादवले सीपमूलक तालिम आयोजना गरेर निजी क्षेत्रसँग रोजगारीका लागी समन्वय गर्ने गरी काम अगाडि बढाएको उल्लेख गर्नुभयाे ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

donald-trump-1783393778

हर्मुज जलमार्गलाई अमेरिकी भूभाग घोषणा गर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्णरूपमा पराजित गरेपछि स्ट्रेट अफ हर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने...
bagmati-pradesh-mukhyamantri-office_final_one_VEa022mdcV

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

काठमाण्डौ — बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ । प्रदेश...
PM-Modi-1786771336

भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदै : लालकिल्लाबाट प्रधानमन्त्री मोदीको सम्बोधन

भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदैछ । दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०