"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सरकारले राष्ट्रपतिलाई भन्यो – अध्यादेशमा संवैधानिक परिषदमा मत बराबर हुँदा प्रधानमन्त्रीपक्षको बहुमत भएको मानिने व्यवस्था गरेका हौँ

Table of Content

सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न सिफारिस गरेको छ।

राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले कुल संख्याको बहुमतलाई प्रतिनिधित्व गरेको नदेखिएको भन्दै अध्यादेश फिर्ता गरिदिएका थिए। साथै यसअघि आफूले संसदबाट पारित विधेयक पुनर्विचारका लागि फिर्ता पठाएको र सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सिफारिस गरेको विधेयक पनि जारी गरेको नजिर अघि सारेका थिए।

तर सरकारले आज राष्ट्रपतिलाई पुनः अध्यादेश जारी गर्न आग्रह गर्दै विस्तृत रूपमा जवाफ फर्काएको हो।

सरकारले पठाएको जवाफमा संसदबाट विधेयक फिर्ता गर्दा राष्ट्रपतिले ‘तत्काल बहाल’ रहेको सदस्यको हकमा प्रश्न उठाएको भए पनि हालको अध्यादेशमा ‘तत्काल बहाल’ रहेको भन्ने शब्द हटाइएको र पूर्ण सदस्य बहाल हुँदा मात्र बैठक बस्न सक्ने अवस्था परिकल्पना गरिएको दाबी गरिएको छ। सरकारले ल्याएको अध्यादेशमा ६ सदस्यीय संवैधानिक परिषद्का प्रधानमन्त्रीसहित ३ सदस्यले निर्णय गर्न सक्ने व्यवस्था छ।

सरकारले राष्ट्रपतिलाई पठाएको जवाफमा बैठकका लागि गणपूरक सङ्ख्या ४ जना हुनुपर्ने व्यवस्था गरिएको समेत उल्लेख गरेको छ।

‘अध्यादेशमा संवैधानिक परिषद्को बैठकमा अध्यक्ष र कम्तीमा तीनजना सदस्यहरू गरी कम्तीमा चारजना उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक सङ्ख्या मानिनेछ भन्ने व्यवस्था गरिएको छ’, सरकारले पठाएको जवाफमा भनिएको छ, ‘संवैधानिक परिषद्मा रहने छ जना सदस्यमध्ये चारजनाको उपस्थितिले कुल सदस्यको बहुमत भई गणपूरक सङ्ख्या पूरा हुने देखिन्छ।’

त्यस्तै अध्यादेशमा विभिन्न स्पष्टीकरण खण्ड राखिएको र त्यसले निर्णय प्रक्रियालाई स्पष्ट पारेको सरकारको दाबी छ।

‘गणपूरकमा कुल सङ्ख्याको बहुमत पूरा भएपछि बैठकमा अध्यक्ष र कम्तीमा तीनजना सदस्य उपस्थित भएको बैठकमा अध्यक्ष र दुईजना सदस्य गरी कम्तीमा तीन जनाको निर्णय परिषद्को निर्णय मानिनेछ भन्ने व्यवस्था प्रस्तावित अध्यादेशमा स्पष्टीकरण राखिएको छ’, सरकारले पठाएको जवाफमा भनिएको छ, ‘अध्यक्ष र पाँचजना सदस्य गरी परिषद्को पूर्ण (छ जना) उपस्थित हुँदा यो सङ्ख्या विजोर नभई जोर भएकोले कुनै प्रस्ताव उपर निर्णय गर्दा मत बराबर अर्थात् तीन/तीनको सङ्ख्या भएको खण्डमा परिषद्को अध्यक्ष सहमत भएको पक्षमा बहुमत भएको मानी निर्णय गरिनेछ भन्ने व्यवस्था गरिएको हो। परिषद्को बैठकमा सर्वसम्मत हुन नसके बहुमतबाट निर्णय गर्न उचित हुने हुँदा सो कानुनी व्यवस्था गरिएको हो।’

सरकारले संवैधानिक परिषद्को अध्यक्ष नै अल्पमतमा पर्ने गरी कुनै निर्णय हुने अवस्था परिकल्पना गर्न नसकिने दाबी राष्ट्रपतिसँग गरेको छ।

‘संवैधानिक परिषद्मा छ जना सदस्य राखिएकोमा परिषद्को अध्यक्ष नै अल्पमतमा पर्ने गरी कुनै निर्णय हुनसक्ने अवस्था परिकल्पना गर्न सकिँदैन’, सरकारले पठाएको जवाफमा भनिएको छ, ‘राष्ट्रपतिबाट यसअघि सन्देशसहित संसदमा विधेयक फिर्ता पठाउँदा परिषद्मा कम्तीमा अध्यक्ष र बहाल रहेका सदस्यहरूको पचास प्रतिशत उपस्थितिलाई इङ्गित गरिएको अवस्था समेतलाई विचार गरी प्रस्तुत अध्यादेशमा सम्पूर्ण सदस्य सङ्ख्यालाई आधार मानी अध्यादेशले संवैधानिक परिषद्मा अध्यक्षसहित छजना सदस्य रहने व्यवस्था गरेको हो। त्यसैगरी अध्यक्षसहित तीनजना सदस्य भएमा गणपूरक सङ्ख्या पुग्ने व्यवस्था गरेको र गणपूरक सङ्ख्या पुगेको बैठकमा अध्यक्ष र कम्तीमा दुईजना सदस्यसहित तीनजनाको निर्णयलाई परिषद्को निर्णय मानिने भन्ने व्यवस्थाले गणपूरक सङ्ख्याको बहुमत पूरा हुने देखिन्छ।’

सरकारले राष्ट्रपतिलाई स्पष्टीकरणसँगै अध्यादेश यथावत रूपमा जारी गर्न सिफारिस गरेको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

प्रस्तावित प्रधानन्यायाधीश डा.शर्माको न्यायालय सुधार योजना : १८ महिनाभित्र मुद्दा टुंग्याउनेदेखि एआई प्रयोगसम्म

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले न्यायपालिकालाई छिटो, प्रभावकारी, पारदर्शी तथा प्रविधिमैत्री बनाउने लक्ष्यसहित विस्तृत कार्ययोजना अघि सारेका छन्। संसदीय सुनुवाइ समिति समक्ष आफ्नो अवधारणापत्र र कार्ययोजना प्रस्तुत गर्दै उनले अदालतभित्रको कार्यप्रणाली सुधार, मुद्दा व्यवस्थापन, न्यायिक नियुक्ति प्रक्रिया, प्रविधिको प्रयोग तथा न्यायाधीश–कर्मचारीको सेवा व्यवस्थापनसम्मका विषयलाई समेटिएको छ। कार्ययोजनाको मुख्य केन्द्रबिन्दु अदालतमा बढ्दै गएको मुद्दाको चाप कम...

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ‘बेन्च फिक्सिङ’ देखि भ्रष्टाचारसम्मका उजुरी

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ‘बेन्च फिक्सिङ’ देखि भ्रष्टाचारसम्मका उजुरी काठमाण्डाै – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध १६ जना उजुरीकर्ताले उजुरी दर्ता गराएका छन् । संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गर्दै आरोपका आधार र प्रमाणबारे जानकारी लिइरहेको छ । उजुरीकर्ताहरूले शर्मामाथि सर्वोच्च अदालतमा न्यायाधीश रहँदा ‘बेन्च फिक्सिङ’ गरेको आरोप लगाएका छन् । राजनीतिक प्रभाव र पहुँचका आधारमा...

प्राधिकरणद्वारा विभिन्न १७ इन्टरनेट सेवा प्रदायकसँग १५ दिने स्पष्टीकरण माग

काठमाण्डौं – नेपाल दूरसञ्चार प्राधिकरणले नियमअनुसार बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने र सम्पर्कमा नआउने १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायकलाई अनुमतिपत्र (लाइसेन्स) किन खारेज नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ ।  आज सार्वजनिक सूचना निकालेर प्राधिकरणले ती सेवा प्रदायकलाई १५ दिनभित्र लिखित सफाइ पेश गर्न निर्देशन दिएको हो । प्राधिकरणका अनुसार सूचनामा उल्लेख गरिएका विभिन्न १७ वटा...

थारुको गुनासो आयोगसँग आयोगको गुनासो सरकारसँग

भरतपुर । थारु जातिको धार्मिक, सांस्कृतिक एवम् सामाजिक मान्यता र परम्परालाई जगेर्ना गर्नुका साथै थारु जातिको उत्थान र सशक्तीकरणको उद्देश्य राखेर थारु आयोग गठन भएको छ । तर, थारु आयोगले लक्ष्यअनुसारको काम गर्न नसकेको थारु अगुवाहरुले नै आरोप लगाएका छन् । थारु जातिका लागि आयोग बने पनि राज्यले थारु जातिलाई विभिन्न कोणबाट सौतेनी व्यवहार देखाउँदै...

डेजी स्कुलका तीन विद्यार्थीले अन्तर्राष्ट्रिय एआई प्रतियोगितामा रचे इतिहास

पूर्वी चितवनको खैरहनीमा रहेको डेजी स्कुल तथा सुनगाभा कलेजका तीन जना प्रतिभाशाली विद्यार्थीले विश्वकै सबैभन्दा ठूलो एआई तथा रोबोटिक्स प्रतियोगिता ‘कोड एभर’ मा नेपालको प्रतिनिधित्व गर्दै सान्त्वना स्थान हासिल गरेका छन्। आइतबार इन्डोनेसियाको जाकार्तामा सम्पन्न उक्त प्रतियोगितामा डेजी स्कुलका गुञ्जन शर्मा, परिभाषा पाठक र सृष्टि शंकरको टोलीले उक्त उपलब्धि हासिल गरेको सुनगाभा कलेजका प्राचार्य हरि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०