"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सरकारले राष्ट्रपतिलाई भन्यो – अध्यादेशमा संवैधानिक परिषदमा मत बराबर हुँदा प्रधानमन्त्रीपक्षको बहुमत भएको मानिने व्यवस्था गरेका हौँ

Table of Content

सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न सिफारिस गरेको छ।

राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले कुल संख्याको बहुमतलाई प्रतिनिधित्व गरेको नदेखिएको भन्दै अध्यादेश फिर्ता गरिदिएका थिए। साथै यसअघि आफूले संसदबाट पारित विधेयक पुनर्विचारका लागि फिर्ता पठाएको र सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सिफारिस गरेको विधेयक पनि जारी गरेको नजिर अघि सारेका थिए।

तर सरकारले आज राष्ट्रपतिलाई पुनः अध्यादेश जारी गर्न आग्रह गर्दै विस्तृत रूपमा जवाफ फर्काएको हो।

सरकारले पठाएको जवाफमा संसदबाट विधेयक फिर्ता गर्दा राष्ट्रपतिले ‘तत्काल बहाल’ रहेको सदस्यको हकमा प्रश्न उठाएको भए पनि हालको अध्यादेशमा ‘तत्काल बहाल’ रहेको भन्ने शब्द हटाइएको र पूर्ण सदस्य बहाल हुँदा मात्र बैठक बस्न सक्ने अवस्था परिकल्पना गरिएको दाबी गरिएको छ। सरकारले ल्याएको अध्यादेशमा ६ सदस्यीय संवैधानिक परिषद्का प्रधानमन्त्रीसहित ३ सदस्यले निर्णय गर्न सक्ने व्यवस्था छ।

सरकारले राष्ट्रपतिलाई पठाएको जवाफमा बैठकका लागि गणपूरक सङ्ख्या ४ जना हुनुपर्ने व्यवस्था गरिएको समेत उल्लेख गरेको छ।

‘अध्यादेशमा संवैधानिक परिषद्को बैठकमा अध्यक्ष र कम्तीमा तीनजना सदस्यहरू गरी कम्तीमा चारजना उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक सङ्ख्या मानिनेछ भन्ने व्यवस्था गरिएको छ’, सरकारले पठाएको जवाफमा भनिएको छ, ‘संवैधानिक परिषद्मा रहने छ जना सदस्यमध्ये चारजनाको उपस्थितिले कुल सदस्यको बहुमत भई गणपूरक सङ्ख्या पूरा हुने देखिन्छ।’

त्यस्तै अध्यादेशमा विभिन्न स्पष्टीकरण खण्ड राखिएको र त्यसले निर्णय प्रक्रियालाई स्पष्ट पारेको सरकारको दाबी छ।

‘गणपूरकमा कुल सङ्ख्याको बहुमत पूरा भएपछि बैठकमा अध्यक्ष र कम्तीमा तीनजना सदस्य उपस्थित भएको बैठकमा अध्यक्ष र दुईजना सदस्य गरी कम्तीमा तीन जनाको निर्णय परिषद्को निर्णय मानिनेछ भन्ने व्यवस्था प्रस्तावित अध्यादेशमा स्पष्टीकरण राखिएको छ’, सरकारले पठाएको जवाफमा भनिएको छ, ‘अध्यक्ष र पाँचजना सदस्य गरी परिषद्को पूर्ण (छ जना) उपस्थित हुँदा यो सङ्ख्या विजोर नभई जोर भएकोले कुनै प्रस्ताव उपर निर्णय गर्दा मत बराबर अर्थात् तीन/तीनको सङ्ख्या भएको खण्डमा परिषद्को अध्यक्ष सहमत भएको पक्षमा बहुमत भएको मानी निर्णय गरिनेछ भन्ने व्यवस्था गरिएको हो। परिषद्को बैठकमा सर्वसम्मत हुन नसके बहुमतबाट निर्णय गर्न उचित हुने हुँदा सो कानुनी व्यवस्था गरिएको हो।’

सरकारले संवैधानिक परिषद्को अध्यक्ष नै अल्पमतमा पर्ने गरी कुनै निर्णय हुने अवस्था परिकल्पना गर्न नसकिने दाबी राष्ट्रपतिसँग गरेको छ।

‘संवैधानिक परिषद्मा छ जना सदस्य राखिएकोमा परिषद्को अध्यक्ष नै अल्पमतमा पर्ने गरी कुनै निर्णय हुनसक्ने अवस्था परिकल्पना गर्न सकिँदैन’, सरकारले पठाएको जवाफमा भनिएको छ, ‘राष्ट्रपतिबाट यसअघि सन्देशसहित संसदमा विधेयक फिर्ता पठाउँदा परिषद्मा कम्तीमा अध्यक्ष र बहाल रहेका सदस्यहरूको पचास प्रतिशत उपस्थितिलाई इङ्गित गरिएको अवस्था समेतलाई विचार गरी प्रस्तुत अध्यादेशमा सम्पूर्ण सदस्य सङ्ख्यालाई आधार मानी अध्यादेशले संवैधानिक परिषद्मा अध्यक्षसहित छजना सदस्य रहने व्यवस्था गरेको हो। त्यसैगरी अध्यक्षसहित तीनजना सदस्य भएमा गणपूरक सङ्ख्या पुग्ने व्यवस्था गरेको र गणपूरक सङ्ख्या पुगेको बैठकमा अध्यक्ष र कम्तीमा दुईजना सदस्यसहित तीनजनाको निर्णयलाई परिषद्को निर्णय मानिने भन्ने व्यवस्थाले गणपूरक सङ्ख्याको बहुमत पूरा हुने देखिन्छ।’

सरकारले राष्ट्रपतिलाई स्पष्टीकरणसँगै अध्यादेश यथावत रूपमा जारी गर्न सिफारिस गरेको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चितवनमा तीन महिनामा ३ हजार ६२ जनाले लिए वंशजका आधारमा नागरिकता, २८ जनाले त्यागे

चितवन । चितवनमा चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । यस अवधिमा ६ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । यस्तै २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट उक्त अवधिमा वंशजका आधारमा नागरिकता जारी गरिएको...

मन्त्री प्रतिभा रावल कात्तिक ९ गते चितवन आउँदै,भूमिहीन,सुकुम्बासी र सहकारीपीडितसंग छलफल गर्ने

चितवन,कात्तिक ७- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कात्तिक ९ गते बिहान चितवन भ्रमणमा आउनुहुने भएको छ। भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समिति तथा सहकारीपीडितसँग छलफल गर्नुहुनेछ। साथै, भरतपुर र कालिका नगरपालिकाका नागरिकसँग अन्तरक्रिया गर्नुहुने कार्यक्रम रहेको छ। नागरिकसँगको अन्तरक्रियामा मन्त्री रावलले कात्तिक तथा सुकुम्बासीका समस्या, सहकारीपीडितका गुनासा...

एनपीएलका लागि पाकिस्तानका कप्तान फर्हान नेपालमा

काठमाण्डौ – पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा फर्हान नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् ।कर्णाली याक्समा अनुबन्ध भएका उनी आज नेपाल आएका हुन् । क्लबले हिजो ३० वर्षीय शीर्षक्रमका फर्हानलाई अनुबन्ध गरेको घोषणा गरेको थियो । क्लबले अनुबन्ध गरेको घोषणा गरेको २४ घण्टाभित्रै नेपाल आइपुगेका हुन् । उनी कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो...

लक्ष्मी थपलियाको ‘फूलै फुल्यो गुराँस’ गीत सार्वजनिक

काठमाडौं । गायिका लक्ष्मी थपलियाको स्वरमा रहेको नयाँ प्रेमिल गीत ‘फूलै फुल्यो गुराँस’ सार्वजनिक भएको छ । गीत लक्ष्मी थपलियाको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो । गीतमा विपिन आचार्यको शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङको जिम्मेवारी पनि आचार्यले नै सम्हालेका छन् । गीत एमबी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको...

पानी पर्ने पूर्वानुमानपछि किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

काठमाण्डौ – मुख्य चाड दशैँको बेला अहिले किसानलाई पाकेको धान भित्र्याउन भ्याइनभ्याइ छ । धेरैजसो ठाउँमा दशैँको टीका कोजाग्रत पूर्णिमा अर्थात् पर्सि सोमबारसम्म लगाउने गरिन्छ । तर मौसम पूर्वानुमान महाशाखाले बुधबार ११ गतेदेखि पानी पर्ने प्रक्षेपण गरेसँगै दशैँको टीकाकैबीच किसानलाई पाकेको धानबाली काट्न र भित्र्याउन हतारो भएको छ । अहिले अन्नको भण्डार तराई/मधेशदेखि पहाडी क्षेत्रमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०