"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भाजपाको पोल्टामा पश्चिम बंगाल, कस्तो देखिँदैछ चुनावी नतिजा ?

Table of Content

काठमाडौं । पश्चिम बंगालमा सम्पन्न विधानसभा निर्वाचनको मत गणना जारी छ । हालसम्मको रुझान हेर्दा  भारतीय जनता पार्टी (भाजपा) जितको नजिक पुगेको देखिएको छ । भाजपाले जितको खुसीयालीको तयारी पनि सुरु गरिसकेको छ ।

सन् २०११ देखि निरन्तर सत्तामा रहेकी ममता बनर्जी नेतृत्वको सर्वभारतीय तृणमूल कांग्रेस (टीएमसी)लाई पराजितलाई पछि पार्दै भाजपाले पहिलो पटक पश्चिम बंगालमा सरकार बनाउने अवस्था देखिएको हो ।

२९४ सदस्यीय विधानसभामा भाजपाले स्पष्ट बहुमतको आँकडा पार गरिरहँदा टीएमसी एक सय सिटभन्दा तल नै हुने देखिएको छ । पछिल्लो रुझानअनुसार भाजपाले २०५ सिटमा अग्रता लिइरहँदा टीएमसी ८२ सिटमा अग्रता लिइरहेको छ ।

अन्य दलतर्फ भारतीय राष्ट्रिय कांग्रेस(कांग्रेस आई), भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) र अखिल भारतीय धर्मनिरपेक्ष मोर्चाले दुई–दुई सिटमा अग्रता लिइरहेका छन् । यस्तै अन्य दुई सिटमा आम जनता उन्नयन पार्टीले अग्रता लिएको देखिएको छ ।

मतदानपछि एक्जिट पोलले पनि भाजपाले जित्ने बताएका थिए । जसमा धेरैले प्रश्न उठाउँदै भनेका थिए–बंगालमा भाजपा जित्न सक्दैन । तर नतिजाले भने एक्जिट पोलहरू सही सावित भएको देखाएका छन् ।

पूरापूर उलटफेर

सन् २०२१ को विधानसभा चुनावमा टीएमसीले २१३ सिट जित्दै प्रचण्ड बहुमत हासिल गरेको थियो । भाजपा ७७ सिटसहित दोस्रो स्थानमा पुगेको थियो ।

त्योबेला टीएमसीको मत ४८.०२ प्रतिशत र भाजपाको ३८.१५ प्रतिशत मात्र थियो । कांग्रेस आई र वाममोर्चा गठबन्धन भने एक सिट मात्रै जित्न सकेका थिए ।

तर, अहिलेको नतिजाले भने समीकरण पूर्ण रूपमा उल्टाएको देखिँदैछ । अघिल्लो पटक दुई तिहाइ पाएको टीएमसीले रुझानका आधारमा हेर्दा १३१ सिट गुमाउने देखिन्छ ।

मत प्रतिशतको हिसाबले पनि यो उलटफेर ऐतिहासिक हुने देखिएको छ । भाजपाको मत बढेर ४५.५६ प्रतिशत पुग्दा सन् २०२१ को तुलनामा उसले ७.४१ प्रतिशतले बढाएको देखिन्छ ।

टीएमसीको मत प्रतिशत ४८.०२ प्रतिशतबाट घटेर ४०.८१ प्रतिशतमा झरेको देखिएको छ ।

यसप्रकारको मत परिवर्तनले पश्चिम बंगालको राजनीतिमा आएको संरचनात्मक परिवर्तन आएको स्पष्ट पारेको देखिन्छ ।

मतदानका हिसाबले पनि यो चुनाव निकै ऐतिहासिक बनेको छ । सन् २०२१ मा ८१.८ प्रतिशत मतदान भएकामा यसपटक ९२.४७ प्रतिशत पुगेको छ ।

मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले यसलाई स्वतन्त्रता पश्चात्को सबैभन्दा उच्च मतदान भएको घोषणा गरेका छन् ।

प्रेसिडेन्सी क्षेत्रमा भाजपाको पकड

पश्चिम बंगालको राजनीतिमा निर्णायक मानिने १११ सिटको प्रेसिडेन्सी क्षेत्रमा यसपटक भाजपाले उल्लेख्य सफलता प्राप्त गरेको छ । सन् २०२१ मा यस क्षेत्रका ९६ सिट जितेर वर्चस्व जमाएको टीएमसी अहिले ५१ सिटमा खुम्चिएको छ, भने भाजपा ५५ सिटमा अगाडि देखिएको छ ।

विशेषगरी कोलकाताका श्यामपुकुर, एन्टाली र माणिकतला जस्ता टीएमसीका पुराना गढहरूमा भाजपाले अग्रता लिएको छ । सबैभन्दा ठूलो उलटफेर अभिषेक बनर्जीको प्रभाव क्षेत्र मानिने डायमन्ड हार्बरमा देखिएको छ, जहाँ भाजपा उम्मेदवार दीपककुमार हल्दारले अग्रता बनाएका छन् ।

साथै, ग्रामीण क्षेत्र र आरक्षित निर्वाचन क्षेत्रहरूमा प्राप्त व्यापक जनसमर्थनले भाजपाको बहुमतलाई थप सुनिश्चित गरिदिएको छ ।

प्रमुख नेताको अवस्था

मुख्यमन्त्री ममता बेनर्जी भबानीपुर निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरेकी छिन् । उनी भाजपाका सुभेन्दु अधिकारीभन्दा केही मतले अगाडि देखिन्छन् ।

मुख्यमन्त्री ममता बेनर्जी

यद्यपि बिहानको प्रारम्भिक रुझानमा अधिकारीले नै अग्रता लिएका थिए । उता, सुभेन्दु अधिकारीले नन्दीग्राम क्षेत्रबाट आफ्नो अग्रता कायम राख्दै भाजपाको जित सुनिश्चित भएको दाबी गरेका छन् ।

नतिजाले टीएमसीको मन्त्रिमण्डलमा समेत ठूलो धक्का पुर्‍याएको छ । ममता सरकारका २० भन्दा बढी मन्त्री पराजित हुने अवस्थामा पुगेका छन् ।

दिनहाटाबाट उदयन गुहा, नवदाबाट साहिना मोमताज खान र श्यामपुकुरबाट शशी पाञ्जा प्रतिस्पर्धीसँग पछाडि परेका छन् । यसले टीएमसीको सङ्गठन र नेतृत्वमा आएको ठूलो क्षयलाई प्रस्ट पारेको छ ।

निर्वाचन आयोगमाथि गम्भीर आरोप

प्रारम्भिक रुझानहरूमा भाजपाले अग्रता लिएपछि मुख्यमन्त्री बनर्जीले एक भिडिओ सन्देशमार्फत निर्वाचन आयोगको भूमिकामाथि गम्भीर प्रश्न उठाएकी छिन् ।

‘सुरुवाती चरणको नतिजा आफ्नो पक्षमा देखाउनु उनीहरूको रणनीति हो,’ बेनर्जी ले भनेकी छिन् । उनले मतगणना प्रक्रियामा अनियमितता भएको र धेरै निर्वाचन क्षेत्रमा नियोजित रूपमा गणना सुस्त बनाइएको वा रोकिएको आरोपसमेत लगाएकी छिन् ।

बनर्जीले टीएमसीका कार्यकर्ताहरूलाई कुनै पनि हालतमा मतगणना केन्द्र नछोड्न र अन्तिम समयसम्म धैर्य राख्न भनेकी छन् ।

वाममोर्चा र कांग्रेसको स्थिति

३४ वर्षसम्म पश्चिम बंगालमा शासन गरेको भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)को स्थिति यो निर्वाचनमा पनि उस्तै दयनीय देखिएको छ । हालको स्थितिमा उसले २  सिटमा मात्रै अग्रता लिएको देखिन्छ । सन् २०११ मा सत्ताच्युत भएपछि सुरु भएको वाममोर्चाको गिरावट यसपटक पनि उस्तै कायम रहेको छ ।

वाम मोर्चासँग चुनावी तालमेल गरेको अखिल भारतीय धर्मनिरपेक्ष मोर्चा (आइएसएफ) ले २९ क्षेत्रमा उम्मेदवारी दिए पनि एक सिटमा मात्र अग्रता लिन सकेको छ ।

कांग्रेस आईको हबिगत पनि उस्तै देखिन्छ । उसले दुई सिटमा अग्रता कायम गरेको छ ।

संरचनात्मक परिवर्तन

यो परिणामले बंगालको राजनीतिमा गहिरो संरचनात्मक परिवर्तन देखाएको विश्लेषण भइरहेको छ । विश्लेषकले भाजपाको यो जित केवल चुनावी सफलता मात्र नभएर ठूलो वैचारिक फड्को भनिरहेका छन् ।

यो नतिजाले सन् २०२९ को आगामी लोकसभा चुनावका लागि पनि भाजपालाई बलियो आधार दिएको छ ।

१५ वर्षपछि बनर्जीको बहिर्गमन

सन् २०११ मा ३४ वर्षे वाम शासन अन्त्य गरेकी ममता बनर्जी त्यसपछि १५ वर्ष शासन गरेर आफै बहिर्गमन हुने चरणमा पुगेकी छन् ।

आसामपछि पश्चिम बंगालमा प्राप्त यो सफलताले भाजपा भने ‘पूर्वी भारत विस्तार’ को रणनीतिलाई निर्णायक उचाइमा पुगेको छ ।

यद्यपि, मुख्यमन्त्री बनर्जीले निर्वाचन आयोगको भूमिकामाथि गम्भीर प्रश्न उठाएकाले आगामी दिनमा राजनीतिक तनाव बढ्नसक्ने सम्भावना उत्तिकै छ । उसैपनि भारतका विपक्षी दलले लामो समयदेखि निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको भूमिकाप्रति प्रश्न उठाइरहेकै छन् । त्यसमा बनर्जी पनि थपिँदा राजनीतिक तिक्तता निकै चुलिनसक्ने विश्लेषण भइरहेको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अमलेखगञ्जमा डिजेल ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपो नजिकै डिजेल बोकेको ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे हेटौंडा–पथलैया सडकखण्डमा तीनवटा सवारीसाधन आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल...

बारामा ब्राउन सुगरसहित दुई जना पक्राउ

कलैया । बारा प्रहरीले ब्राउन सुगर जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज पर्सा र प्रहरी चौकी मुसहर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्। बारा बिश्रामपुर गाउँपालिका वडा...

प्रहरीले नेपाल प्रेसको समाचार कक्षमै प्रवेश गरेर पत्रकार सुवेदीलाई लियो नियन्त्रणमा

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सादा पोशाकका प्रहरीले शुक्रबार समाचार कक्षमै प्रवेश गरेर सुवेदीलाई नियन्त्रणमा लिएको नेपाल प्रेसका सम्पादक चिरञ्जीवि पौडेलले फेसबूकमार्फत जानकारी गराएका छन् । नियन्त्रणमा लिने क्रममा पक्राउ पुर्जी नदिइएको उनले बताए । ‘सादा पोशाकका प्रहरी समाचार कक्षभित्रै प्रवेश गरेर नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेका छन्...

डा.गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनको प्रक्रियामा : शिक्षा मन्त्रालय

काठमाण्डौ – शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । मन्त्रालयले चिकित्सा शिक्षाको गुणस्तर सुधार, पहुँच विस्तार, शैक्षिक सुशासन तथा चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि नीतिगत र संस्थागत सुधारलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद...

आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य चुनौतीपूर्ण : नेपाल प्रहरी

काठमाण्डौ – नेपाल प्रहरीले आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य थप चुनौतीपूर्ण बनेको जनाएको छ । संसदको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको बैठकमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बेपत्ता तथा शव खोजीमा आधुनिक प्रविधिको अभाव रहेको बताउनुभयो । विपद्का बेला पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजतलास...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०