"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रास्वपाको उम्मेदवार बन्न डिजिटल सीप अनिवार्य, साइबर दुर्व्यवहार र ठगी नगरेको हुनुपर्ने

Table of Content

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार बन्न प्रविधिमैत्री हुनुपर्ने र डिजिटल दुर्व्यवहारमा संलग्न नभएको हुनुपर्ने कडा व्यवस्था गरेको छ । पार्टीले सार्वजनिक गरेको ‘उम्मेदवार छनोट रूपरेखा, २०८३’ अनुसार सम्भावित उम्मेदवारहरूले कुनै पनि प्रकारको डिजिटल अपराध र सामाजिक दुर्व्यवहारमा संलग्न नरहेको भनी स्वघोषणा गर्नुपर्नेछ ।

रास्वपाको नयाँ मापदण्ड अनुसार उम्मेदवार बन्न चाहने व्यक्तिले कानुनी रूपमा प्रमाणित नभएको अवस्थामा समेत आफू घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार वा सार्वजनिक स्थलमा अमर्यादित व्यवहारमा संलग्न नरहेको स्पष्ट पार्नुपर्नेछ । विशेषगरी डिजिटल क्षेत्रमा सामाजिक सञ्जालको दुरुपयोग गरी गरिने साइबर बुलिङ, कसैको चरित्रहत्या, अनलाइन ठगी वा अन्य कुनै पनि प्रकारको डिजिटल दुर्व्यवहारमा आफ्नो संलग्नता नरहेको कुरा उम्मेदवारले अनिवार्य रूपमा स्वघोषणा गर्नुपर्ने व्यवस्था रूपरेखामा गरिएको छ ।

त्यस्तै, रास्वपाले उम्मेदवारका लागि ‘प्रविधिमैत्री प्रशासन र डिजिटल साक्षरता’ लाई योग्यताको रूपमा अघि सारेको छ । जसमा दैनिक कार्यालय सञ्चालनका लागि अनिवार्य मानिने ईमेल, वर्ड र एक्सेल जस्ता सफ्टवेयरहरूको सञ्चालन सीप हुनुपर्ने उल्लेख छ । नागरिकलाई प्रदान गरिने सेवालाई आधुनिक बनाउन नागरिक एप, राष्ट्रिय परिचयपत्र र व्यक्तिगत घटना दर्ता प्रणालीको ज्ञान हुनुका साथै प्रविधिमार्फत सेवा प्रवाहमा सहजीकरण गर्न सक्ने क्षमतालाई पार्टीले अनिवार्य सर्त बनाएको छ ।

यसका साथै, सेवाको समयसीमा मापन गर्ने डिजिटल प्रणाली, जनसहभागिता र गुनासो व्यवस्थापनका लागि डिजिटल प्लेटफर्महरू सञ्चालन गर्ने सीप पनि उम्मेदवारमा हुनुपर्नेछ । साइबर सुरक्षाका आधारभूत पक्षहरू, भ्रामक/मिथ्या सूचना (Misinformation/Disinformation) पहिचान गर्ने क्षमता र नीतिगत मस्यौदा निर्माणमा आर्टिफिसियल इन्टेलिजेन्सको उत्तरदायी प्रयोग गर्ने सीपलाई पनि रास्वपाले प्राथमिकतामा राखेको छ ।

पार्टीभित्रको प्रारम्भिक निर्वाचन (प्राइमरी) लाई निष्पक्ष बनाउन रास्वपाले अनलाइन मतदान, ‘टु–फ्याक्टर अथेन्टिकेसन’ र मतदानको तथ्याङ्क सुरक्षित राख्न ‘ब्लकचेन’ प्रविधिको प्रयोग गर्ने नीति समेत अख्तियार गरेको छ । प्रविधिको प्रयोगमार्फत निर्वाचन प्रक्रियामा हुन सक्ने धाँधली रोक्न र योग्य एवं प्रविधिमैत्री नेतृत्व चयन गर्न यस्तो व्यवस्था गरिएको पार्टीको रूपरेखामा उल्लेख छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

भारतमा सीजेपीको आह्वानमा प्रदर्शन : नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा, २५० भन्दा धेरै रेल सेवाहरू रद्द

भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज बृहत् प्रदर्शन शुरु भएको छ । यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित ६०० भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी...

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असोज २४- वि.सं.२०८३ साल असोज २४ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः मेषः आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ । वृषः दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष...

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, असोज २४- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको...

त्रिभुवन राजपथमा गाडी चलाउन आलोपालोसहित समय तालिका

काठमाण्डौ – मुग्लिन– काठमाण्डौ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाण्डौ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडाबाट काठमाण्डौतर्फ छुट्ने...

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०