"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रास्वपाको उम्मेदवार बन्न डिजिटल सीप अनिवार्य, साइबर दुर्व्यवहार र ठगी नगरेको हुनुपर्ने

Table of Content

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार बन्न प्रविधिमैत्री हुनुपर्ने र डिजिटल दुर्व्यवहारमा संलग्न नभएको हुनुपर्ने कडा व्यवस्था गरेको छ । पार्टीले सार्वजनिक गरेको ‘उम्मेदवार छनोट रूपरेखा, २०८३’ अनुसार सम्भावित उम्मेदवारहरूले कुनै पनि प्रकारको डिजिटल अपराध र सामाजिक दुर्व्यवहारमा संलग्न नरहेको भनी स्वघोषणा गर्नुपर्नेछ ।

रास्वपाको नयाँ मापदण्ड अनुसार उम्मेदवार बन्न चाहने व्यक्तिले कानुनी रूपमा प्रमाणित नभएको अवस्थामा समेत आफू घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार वा सार्वजनिक स्थलमा अमर्यादित व्यवहारमा संलग्न नरहेको स्पष्ट पार्नुपर्नेछ । विशेषगरी डिजिटल क्षेत्रमा सामाजिक सञ्जालको दुरुपयोग गरी गरिने साइबर बुलिङ, कसैको चरित्रहत्या, अनलाइन ठगी वा अन्य कुनै पनि प्रकारको डिजिटल दुर्व्यवहारमा आफ्नो संलग्नता नरहेको कुरा उम्मेदवारले अनिवार्य रूपमा स्वघोषणा गर्नुपर्ने व्यवस्था रूपरेखामा गरिएको छ ।

त्यस्तै, रास्वपाले उम्मेदवारका लागि ‘प्रविधिमैत्री प्रशासन र डिजिटल साक्षरता’ लाई योग्यताको रूपमा अघि सारेको छ । जसमा दैनिक कार्यालय सञ्चालनका लागि अनिवार्य मानिने ईमेल, वर्ड र एक्सेल जस्ता सफ्टवेयरहरूको सञ्चालन सीप हुनुपर्ने उल्लेख छ । नागरिकलाई प्रदान गरिने सेवालाई आधुनिक बनाउन नागरिक एप, राष्ट्रिय परिचयपत्र र व्यक्तिगत घटना दर्ता प्रणालीको ज्ञान हुनुका साथै प्रविधिमार्फत सेवा प्रवाहमा सहजीकरण गर्न सक्ने क्षमतालाई पार्टीले अनिवार्य सर्त बनाएको छ ।

यसका साथै, सेवाको समयसीमा मापन गर्ने डिजिटल प्रणाली, जनसहभागिता र गुनासो व्यवस्थापनका लागि डिजिटल प्लेटफर्महरू सञ्चालन गर्ने सीप पनि उम्मेदवारमा हुनुपर्नेछ । साइबर सुरक्षाका आधारभूत पक्षहरू, भ्रामक/मिथ्या सूचना (Misinformation/Disinformation) पहिचान गर्ने क्षमता र नीतिगत मस्यौदा निर्माणमा आर्टिफिसियल इन्टेलिजेन्सको उत्तरदायी प्रयोग गर्ने सीपलाई पनि रास्वपाले प्राथमिकतामा राखेको छ ।

पार्टीभित्रको प्रारम्भिक निर्वाचन (प्राइमरी) लाई निष्पक्ष बनाउन रास्वपाले अनलाइन मतदान, ‘टु–फ्याक्टर अथेन्टिकेसन’ र मतदानको तथ्याङ्क सुरक्षित राख्न ‘ब्लकचेन’ प्रविधिको प्रयोग गर्ने नीति समेत अख्तियार गरेको छ । प्रविधिको प्रयोगमार्फत निर्वाचन प्रक्रियामा हुन सक्ने धाँधली रोक्न र योग्य एवं प्रविधिमैत्री नेतृत्व चयन गर्न यस्तो व्यवस्था गरिएको पार्टीको रूपरेखामा उल्लेख छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

कुशल भुर्तेलले एकै ओभरमा हाने छ छक्का

काठमाडौँ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। भुर्तेलले इनिङ्सको नवौँ ओभरमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै नेपालका लागि यस्तो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी बनेका छन्। यसका साथै उनी विश्व क्रिकेटमा एकै ओभरमा ६...

आइपीएलको उपाधिका लागि बेङ्गलुरु र गुजरात भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल २०२६) को फाइनलमा आज साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु र गुजरात टाइटन्सबीच अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा उपाधिका लागि कडा प्रतिस्पर्धा हुँदैछ । नेपाली समय अनुसार बेलुकी पौने आठ बजे सुरु हुने फाइनलमा दुवै टोली दोस्रो पटक आईपीएलको ट्रफी उचाल्ने दाउमा मैदान उत्रनेछन्। रजत पाटीदारको कप्तानीमा रहेको बेङ्गलुरुले गत संस्करणामा...

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक बस्दै छ। संसद् सचिवालयले दुवै सदनका लागि छुट्टाछुट्टै समय र विभिन्न कार्यसूचीहरू निर्धारण गरेको छ। बिहान सवा ११ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा मुख्यतया प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विभिन्न विधेयकहरूमाथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री...

जडीबुटीमा गोली चलाएर प्रहरीले लुटेरालाई समात्यो

जडीबुटीमा गोली चलाएर प्रहरीले लुटेरालाई समात्यो काठमाण्डौ – काठमाण्डौको जडीबुटीमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ ।  जडीबुटीमा रहेको रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले गोली चलाएर एक जना लुटेरालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा काठमाण्डौको भद्रकाली घर भएका गणेश कार्की छन् । उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला...

विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका समेत जोखिममा

काठमाडौँ, १७ जेठः आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ ।  हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०