"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रास्वपाको उम्मेदवार बन्न डिजिटल सीप अनिवार्य, साइबर दुर्व्यवहार र ठगी नगरेको हुनुपर्ने

Table of Content

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार बन्न प्रविधिमैत्री हुनुपर्ने र डिजिटल दुर्व्यवहारमा संलग्न नभएको हुनुपर्ने कडा व्यवस्था गरेको छ । पार्टीले सार्वजनिक गरेको ‘उम्मेदवार छनोट रूपरेखा, २०८३’ अनुसार सम्भावित उम्मेदवारहरूले कुनै पनि प्रकारको डिजिटल अपराध र सामाजिक दुर्व्यवहारमा संलग्न नरहेको भनी स्वघोषणा गर्नुपर्नेछ ।

रास्वपाको नयाँ मापदण्ड अनुसार उम्मेदवार बन्न चाहने व्यक्तिले कानुनी रूपमा प्रमाणित नभएको अवस्थामा समेत आफू घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार वा सार्वजनिक स्थलमा अमर्यादित व्यवहारमा संलग्न नरहेको स्पष्ट पार्नुपर्नेछ । विशेषगरी डिजिटल क्षेत्रमा सामाजिक सञ्जालको दुरुपयोग गरी गरिने साइबर बुलिङ, कसैको चरित्रहत्या, अनलाइन ठगी वा अन्य कुनै पनि प्रकारको डिजिटल दुर्व्यवहारमा आफ्नो संलग्नता नरहेको कुरा उम्मेदवारले अनिवार्य रूपमा स्वघोषणा गर्नुपर्ने व्यवस्था रूपरेखामा गरिएको छ ।

त्यस्तै, रास्वपाले उम्मेदवारका लागि ‘प्रविधिमैत्री प्रशासन र डिजिटल साक्षरता’ लाई योग्यताको रूपमा अघि सारेको छ । जसमा दैनिक कार्यालय सञ्चालनका लागि अनिवार्य मानिने ईमेल, वर्ड र एक्सेल जस्ता सफ्टवेयरहरूको सञ्चालन सीप हुनुपर्ने उल्लेख छ । नागरिकलाई प्रदान गरिने सेवालाई आधुनिक बनाउन नागरिक एप, राष्ट्रिय परिचयपत्र र व्यक्तिगत घटना दर्ता प्रणालीको ज्ञान हुनुका साथै प्रविधिमार्फत सेवा प्रवाहमा सहजीकरण गर्न सक्ने क्षमतालाई पार्टीले अनिवार्य सर्त बनाएको छ ।

यसका साथै, सेवाको समयसीमा मापन गर्ने डिजिटल प्रणाली, जनसहभागिता र गुनासो व्यवस्थापनका लागि डिजिटल प्लेटफर्महरू सञ्चालन गर्ने सीप पनि उम्मेदवारमा हुनुपर्नेछ । साइबर सुरक्षाका आधारभूत पक्षहरू, भ्रामक/मिथ्या सूचना (Misinformation/Disinformation) पहिचान गर्ने क्षमता र नीतिगत मस्यौदा निर्माणमा आर्टिफिसियल इन्टेलिजेन्सको उत्तरदायी प्रयोग गर्ने सीपलाई पनि रास्वपाले प्राथमिकतामा राखेको छ ।

पार्टीभित्रको प्रारम्भिक निर्वाचन (प्राइमरी) लाई निष्पक्ष बनाउन रास्वपाले अनलाइन मतदान, ‘टु–फ्याक्टर अथेन्टिकेसन’ र मतदानको तथ्याङ्क सुरक्षित राख्न ‘ब्लकचेन’ प्रविधिको प्रयोग गर्ने नीति समेत अख्तियार गरेको छ । प्रविधिको प्रयोगमार्फत निर्वाचन प्रक्रियामा हुन सक्ने धाँधली रोक्न र योग्य एवं प्रविधिमैत्री नेतृत्व चयन गर्न यस्तो व्यवस्था गरिएको पार्टीको रूपरेखामा उल्लेख छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सुरुङ खनेर ८ जना कैदीबन्दी फरार : घटनाको छानबिन गर्न समिति गठन

काठमाण्डाै – डोल्पाको सदरमुकाम दुनैमा रहेको कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गर्दै फरार भएका कैदीबन्दीहरूको व्यापक खोजी कार्य तीव्र पारिएको जनाएको छ । उनीहरू शुक्रवार राति कारागारभित्रबाट सुरुङ खनेर फरार भएका थिए ।...

यू–१९ एशिया कप : विपिन शर्माकाे कप्तानीमा नेपाली टाेली घाेषणा

काठमाण्डाै – आउँदो बिहीवार कात्तिक १९ गतेदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । १९ वर्षमुनिको एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र...

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा धेरैजसो बैंकहरूको नाफामा सुधार आएको छ । केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकहरूको नाफा गएकाे आर्थिक वर्षको...

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक बन्यो, पसलहरुमा लुटपाट

जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कतिपय पसलहरूमा लुटपाट पनि भएको बीबीसीले जनाएको छ । जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०