"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

ओमानसँगको खेलमा टस जितेको नेपालले पहिला ब्याटिङ थाल्यो

Table of Content

ओमानसँगको खेलमा टस जितेको नेपालले पहिला ब्याटिङ थाल्यो

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खला अन्तर्गत ओमानसँगको खेलमा नेपालले टस जितेको छ । 

त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । खेल भर्खरै शुरु भएको छ । घरेलु मैदानमा भइरहेको शृङ्खला अन्तर्गत नेपाल ओमानसँगको अघिल्लो खेलमा पराजित भएको थियो । 

आठ टोली रहेको लिग–टुमा नेपाल २३ खेलमा १६ अङ्कसहित सातौँ, युएई २४ खेलमा १४ अङ्कसहित आठौँ र ओमान २७ खेलमा ३१ अङ्कसहित तेस्रो स्थानमा छ । नेपालले लिग–२ कै खेलमा यही वैशाख २९ देखि तालिकाका शीर्ष २ टोली अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ । 

यसैबीच नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिवि मैदानमा चलिरहेको शृङ्खलाको टिकट मूल्य घटाएको छ । नेपाल, युएई र ओमान सहभागी शृङ्खला हेर्ने दर्शकको सङ्ख्या घटेपछि क्यानले टिकट मूल्य पनि आधाले घटाएको हो । क्यानले यो शृङ्खलाअन्तर्गत आज नेपाल र ओमानबीचको अन्तिम खेलको टिकट मूल्य २०० रुपैयाँ तोकेको छ । 

यसअघि ४०० रुपैयाँ थियो । यस्तै यही वैशाख २९ गतेदेखि शुरू हुने नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको शृङ्खलाको टिकट मूल्य पनि २०० रुपैयाँ तोकिएको क्यानले जनाएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

मन्त्री प्रतिभा रावल कात्तिक ९ गते चितवन आउँदै,भूमिहीन,सुकुम्बासी र सहकारीपीडितसंग छलफल गर्ने

चितवन,कात्तिक ७- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कात्तिक ९ गते बिहान चितवन भ्रमणमा आउनुहुने भएको छ। भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समिति तथा सहकारीपीडितसँग छलफल गर्नुहुनेछ। साथै, भरतपुर र कालिका नगरपालिकाका नागरिकसँग अन्तरक्रिया गर्नुहुने कार्यक्रम रहेको छ। नागरिकसँगको अन्तरक्रियामा मन्त्री रावलले कात्तिक तथा सुकुम्बासीका समस्या, सहकारीपीडितका गुनासा...

एनपीएलका लागि पाकिस्तानका कप्तान फर्हान नेपालमा

काठमाण्डौ – पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा फर्हान नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् ।कर्णाली याक्समा अनुबन्ध भएका उनी आज नेपाल आएका हुन् । क्लबले हिजो ३० वर्षीय शीर्षक्रमका फर्हानलाई अनुबन्ध गरेको घोषणा गरेको थियो । क्लबले अनुबन्ध गरेको घोषणा गरेको २४ घण्टाभित्रै नेपाल आइपुगेका हुन् । उनी कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो...

लक्ष्मी थपलियाको ‘फूलै फुल्यो गुराँस’ गीत सार्वजनिक

काठमाडौं । गायिका लक्ष्मी थपलियाको स्वरमा रहेको नयाँ प्रेमिल गीत ‘फूलै फुल्यो गुराँस’ सार्वजनिक भएको छ । गीत लक्ष्मी थपलियाको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो । गीतमा विपिन आचार्यको शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङको जिम्मेवारी पनि आचार्यले नै सम्हालेका छन् । गीत एमबी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको...

पानी पर्ने पूर्वानुमानपछि किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

काठमाण्डौ – मुख्य चाड दशैँको बेला अहिले किसानलाई पाकेको धान भित्र्याउन भ्याइनभ्याइ छ । धेरैजसो ठाउँमा दशैँको टीका कोजाग्रत पूर्णिमा अर्थात् पर्सि सोमबारसम्म लगाउने गरिन्छ । तर मौसम पूर्वानुमान महाशाखाले बुधबार ११ गतेदेखि पानी पर्ने प्रक्षेपण गरेसँगै दशैँको टीकाकैबीच किसानलाई पाकेको धानबाली काट्न र भित्र्याउन हतारो भएको छ । अहिले अन्नको भण्डार तराई/मधेशदेखि पहाडी क्षेत्रमा...

एनपीएलको भव्य तयारी

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण नजिकिएसँगै त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान भव्य रुपमा सिंगारिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा पर्सि कात्तिक ९ गतेदेखि शुरु हुने प्रतियोगिता यस पटक थप भव्य र व्यवस्थित हुने अपेक्षा गरिएको छ । त्यसैअनुसार क्यानले तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।  एनपीएलको तेस्रो संस्करणका लागि मुख्य पिचको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०