"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पदमुक्त भएपछि उपकुलपति प्राडा जोशीले भने- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई भगवानले रक्षा गरून्

Table of Content

धनगढी- लामो समयको प्रतिक्षा पछि सञ्चालनका क्रममा रहेको कैलालीको गेटास्थित सहिद दररथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था फेरि अनिश्चित बनेको छ। सरकारले अध्यादेशमार्फत विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी पदमुक्त गरेपछि गेटा सञ्चालनको प्रक्रिया पूरा नहुँदै अन्यो सृजना भएको हो।

अध्यादेशका कारण गेटा सञ्चालनको प्रक्रियालाई अन्तिम रुप दिइरहेका उपकुलपति प्राडा सुनिलकुमार जोशीसहित रजिस्ट्रार डा खेमराज जोशी पनि पदमुक्त भएका छन्। पदमुक्त भएपछि प्राडा जोशी भन्छन्- ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई भगवानले रक्षा गरून्।’

उनीहरुसँगै गेटा सभा सदस्यहरू प्राडा हेमराज पन्त, प्राडा जयराज अवस्थी, प्राडा अम्मरराज जोशी, डा.लवदेव अवस्थी, सहप्राध्यापक अनुराधा रोकाया, डा.डम्मरबहादुर पाल र प्राडा संगीता राजभण्डारीक पनि पदमुक्त भएका हुन्। 

सरकारले आगामी शैक्षिक सत्रदेखि गेटालाई सञ्चालनमा ल्याउने बताएको थियो। प्रधानमन्त्री वालेन्द्र शाहले गेटाका लागि २ अर्ब ५८ करोड रुपैयाँ बजेट समेत सुनिश्चित गरेको जनाएका थिए। 
गेटामा एमबीबीएस अध्ययन/अध्यापनका लागि आवश्यक प्रशासनिक प्रक्रिया पूरा गर्न उपुकलपति प्राडा जोशी सक्रिय थिए। पदमुक्तिसँगै उक्त प्रक्रिया समेत अवरुद्ध भएको छ। 

प्राडा जोशीले पदमुक्त गरिने अध्यादेश जारी हुने भएपछि सुदूरपश्चिममा चिकित्सा शिक्षा सुरु गर्ने र त्यहाँका सम्पूर्ण जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो योजना छिट्टै कार्यान्वयन हुन नसक्ने देखिँदा दुखी भएको बताएका थिए।

उनले भनेका थिए,  ‘हामी, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका र रजिस्ट्रार, अब यस विश्वविद्यालयका पदाधिकारी रहेनौं। छोटो अवधिका लागि भए पनि आफ्नो जिम्मेवारीमा रहेर प्रभावकारी रूपमा काम गर्ने अवसर पाएकोमा हामी कृतज्ञ छौं। यस अवधिमा हामीलाई सहयोग र समर्थन गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं। सुदूरपश्चिममा चिकित्सा शिक्षा सुरु गर्ने र त्यहाँका सम्पूर्ण जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो योजना छिट्टै कार्यान्वयन हुन नसक्ने देखिँदा हामी अत्यन्त दुःखी छौं।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गत पुष २२ गते बसेको विश्वविद्यालयको दोस्रो सिनेट बैठकले उपकुलपतिमा प्राडा जोशी र रजिस्ट्रारमा डा खेमराज जोशीलाई नियुक्त गरेको थियो। तत्कालीन शिक्षामन्त्री महावीर पुनको अध्यक्षतामा बसेको बैठकले सिफारिस भएको नाम स्वीकृत गरेसँगै चार वर्षदेखि अलपत्र रहेको गेटाले शैक्षिक एवं प्रशासनिक नेतृत्व पाएको थियो।
२०८२ असार ४ मा राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन प्रमाणीकरण गरेका थिए। ऐनअनुसार गत असोज अन्तिममा उपकुलपति, रजिस्ट्रार सिफारिस समिति गठन भएको थियो।

तीनपटक आवेदन खोलेपछि मात्रै उपकुलपतिमा प्राडा जोशीको आवेदन परेको थियो। पहिलोपटक गत कार्तिक १५ गते उपकुलपति छनोटका लागि पहिलो सूचना निकालियो तर कसैको आवेदन परेन।
तत्कालीन शिक्षा मन्त्री महावीर पुनले सामाजिक सञ्जालबाट उपकुलपति बन्न चाहने व्यक्ति सम्पर्कमा आउन आह्वान गरेका थिए। तेस्रो पटक आवेदन माग गर्दा दुई जनाको मात्र दरखास्त परेको थियो। ती मध्ये प्राडा जोशी छनोट भएका थिए।

लामो समय लगाएर २०७८ सालमा भौतिक संरचना निर्माण पूरा भएको थियो। २०८२ पुसमा प्राडा जोशी उपकुलपति नियुक्त भएपछि गेटामा आगामी शैक्षिकसत्रका लागि एमबीबीएस, बीएस्सी एमएलटी,  बी–अप्टोमेट्री र नर्सिङ पढाउने तयारी थालिएको थियो। जम्मा १ सय ३० सिटमा विद्यार्थी भर्ना लिने गरी तयारी अघि बढेको थियो।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष सुदीप गिरीद्वारा पुरस्कार राशि घोषणा, दोस्रो वडा कप फुटबल प्रतियोगिता–२०८३ को खेल तालिका सार्वजनिक

राप्ती, चितवन । राष्ट्रको लागी खेलकुड स्वास्थ्य को लागी खेलकुड मुल नरको साथ राप्ती नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुन लागेको “दोस्रो वडा कप फुटबल प्रतियोगिता–२०८३” को खेल तालिका सार्वजनिक गरिएको छ। राप्ती नगरपालिकाको सम्भा हल्मा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको खेल तालिका तथा पुरस्कार राशिको घोषणा गरिएको हो।पत्रकार सम्मेलनमा राप्ती नगरपालिका नगर खेलकुद...

निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा स्थगित

निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा स्थगित काठमाण्डौ – सरकारको पछिल्लो निर्णयअनुसार निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक स्वास्थ्य बीमाको सेवा कटौती भएको छ ।  स्वास्थ्य बीमा कार्यक्रम गम्भीर सङ्कटमा धकेलिएको सङ्केत गर्दै स्वास्थ्य बीमा बोर्डले यसअघि गएको १२ गते निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको सूचित गरेको थियो । सूचनामा...

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै...

यी वस्तुमा बढ्यो अन्तःशुल्क

यी वस्तुमा बढ्यो अन्तःशुल्क काठमाण्डौ – सरकारले आर्थिक विधेयक २०८३ मार्फत विभिन्न करका दरहरूमा हेरफेर गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बताउनुभयो । मदिरा, सुर्तीजन्य वस्तुलगायतमा भने अन्तःशुल्कका दरहरू बढेका छन् । त्यस्तै, पत्रु खाना (जङ्क फुड), रङगरोगन, जुसलगायतका वस्तुमा...

आज – १६ जेठ २०८३ शनिवार को राशिफल

२०८३ जेठ १६ गते शनिबार मेषः वादविवाद तथा झगडा हुन सक्नेछ, काममा बाधा व्यवधन आउने छ, मन साह्रै चिन्तित रहला । वृषः यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ, व्यवसायिक कार्यमा सफलता मिल्नेछ । मिथुनः व्यापार व्यवसायमा राम्रो फाइदाहुने दिन रहेको छ, धन आर्जनगर्ने अवसर मिल्नेछ, शत्रुवर्ग परास्त हुनेछन् । कर्कटः परिवारबाट सहयोग मिल्नेछ, आर्थिक उन्नति तथा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०