"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन अध्यादेश जारी

Table of Content

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन अध्यादेश जारी

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले अर्को अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले हिजो सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तेस्रो संशोधन अध्यादेश,२०८३ जारी गर्नुभएको हो । 

उहाँले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा हिजो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले राष्ट्रपति पौडेलसमक्ष आठौँ अध्यादेशका रूपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्न बनेको अध्यादेश पठाएको थियो । 

यसअघि राष्ट्रपतिले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ र सहकारीसम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो । बाँकी ५ अध्यादेश अध्ययनकै क्रममा रहेका राष्ट्रपति कार्यालयले जनाएको छ । तीमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सबैभन्दा पेचिलो विषय बनेको छ । 

नेपालको संविधानको धारा २८४ अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने संवैधानिक परिषद्ले संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीको नियुक्तिका लागि सिफारिस गर्छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789954922 (1)

परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घ महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाण्डाै – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...
buffalo-farming-1789960254

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेर मासिक एक लाख आम्दानी

काठमाण्डाै – वैदेशिक रोजगारीबाट फर्किएर गाईभैँसीपालन गर्दा के–कति आम्दानी होला ? भन्ने जिज्ञासा मनमा थियो...
Giorgia-Meloni-1789971972

इटालीले विद्यालयमा बुर्का प्रतिबन्ध लगाउने, विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने

इटालीले विद्यालयमा अनुहार छोप्ने कपडा (बुर्का) मा प्रतिबन्ध लगाउने र कक्षामा विदेशी विद्यार्थीको सङ्ख्या सीमित...
opmcm_FNGMsZz6C8

प्रधानमन्त्री राहत कोषमा झन्डै १५ अर्ब रुपैयाँ मौज्दात

काठमाण्डाै – प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम झन्डै १५ अर्ब रुपैयाँ पुगेको छ । प्रधानमन्त्री तथा...
dpo_sunsari_YdvPaJ0r8x

देवानगञ्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

काठमाण्डाै – सुनसरीको देवानगञ्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०