"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सुकुम्बासी व्यवस्थापनमा प्रधानमन्त्री बालेनको ऐतिहासिक सक्रियता

Table of Content

काठमाडौं- नवनिर्वाचत सरकारका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सक्रियतामा सुकुम्बासी बस्ती र सरकारी जग्गा मिचेर बनाइएका संरचना व्यवस्थापनको काम धमाधम चलिहरेको छ । सरकारले राजधानीका खोला किनारमा रहेका सुकुम्बासी बस्तीबाटै यसको सुरुवात गरेको छ । शनिबारबाट काम थालेको सरकारले नगरदेखि शसस्त्र प्रहरीसम्म परिचालन गरी सुकुम्बासी बस्ती व्यवस्थापन गरिरहेको छ ।

काठमाडौं महानगरपालिका–११ स्थित थापाथलीको खोला किनारमा शनिबार बिहानैदेखि डोजर चलाइयो । करिब डेढ सय घरधुरी भएको उक्त बस्ती शान्तिपूर्ण वातावरणमा सोही दिन दिउँसो साढे १२ बजेसम्म खाली गराइयो । सुकुम्बासीको सामान व्यवस्थापन तथा सहजीकरणका लागि महानगर प्रहरीदेखि शसस्त्र र नेपाल प्रहरीसम्म परिचालन गरियो ।

यसबाहेक काठमाडौंकै मनोहरा गैरीगाउँ, सिनामङ्गलजस्ता ठाउँमा रहेका सुकुम्बासी बस्ती व्यवस्थापनको काम पनि भइरहेको छ । सरकारले हाल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएकाहरुको कागजात स्क्रिनिङ गरी प्राथमिक उपचार र मनोपरामर्श सेवा दिइरहेको छ । अब उनीहरुलाई काठमाडौंका होटल र अन्य ठाउँमा सुरक्षित साथ राख्ने जनाइएको छ ।

अबको १५ दिनभित्र उनीहरुलाई दीर्घकालीन बसोबासको बन्दोबस्त गरिने तयारी छ । ‘सुरुआती चरणमा जोखिमयुक्त क्षेत्रका बस्ती हटाइँदैछ । यो अभियान अब द्रुत गतिमा देशभर विस्तार हुन्छ र दोस्रो चरणमा भूमिहीनको पहिचान गरी बसोबासको उचित व्यवस्थापन गरिन्छ,’ काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले भनिन् । यतिबेला घरबारविहीन नागरिकको प्रारम्भिक विवरण सङ्कलन र बसोबासको व्यवस्था गरिएको उनको भनाइ छ ।

यी क्षेत्रमा सुरक्षाकर्मीसँगै मानव अधिकार र पशु अधिकारकर्मी पनि उद्धारमा खटिएका छन् । ‘मान्छेहरुलाई त सरकारले ठाउँ–ठाउँमा व्यवस्थापन गरेको छ । आफ्नो समस्या, भोग,प्यास सुनाउन नसक्ने जनावर व्यवस्थापनमा कसैको ध्यान नपुगेकाले उद्धारका लागि हामी पशु अधिकारकर्मी यहाँ आएका हौँ,’ थापाथली बस्तीमा सारा जनावर उद्धार केन्द्रबाट खटिएकी एक पशु अधिकारकर्मीले भनिन् ।

सरकारले पहिलो चरणमा काठमाडौं उपत्यकाबाट थालेको यो अभियान देशका अन्य भागमा पनि विस्तार गरिएको छ । अहिले रुपन्देही, पर्सा र नुवाकोटमा पनि अतिक्रमित बस्ती खाली गराइँदै छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ स्थित सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा आज हटाइको छ । बुटवल उपमहानगरपालिकाले शनिबार नै सूचना जारी गर्दै सरकारी जग्गामा बनेका संरचना आफैँ हटाउन आग्रह गरेको थियो । जसअनुसार आइतबारबाट त्यहाँ पनि पालिकाले डोजर चलाएको छ ।

यस्तै, नुवाकोटको विदुर नगरपालिकाका विभिन्न स्थानमा अवैधानिक तौरमा बनाइएका १२ वटा सरकारी तथा ८६ निजी संरचना ‘गल्छी–रसुवागढी सडक योजना’ले हटाएको छ । त्यसैगरी, नारायणी सिँचाइ तथा व्यवस्थापन कार्यालयले पर्साको गण्डक नहरको छेउमा निर्माण गरिएका घर, टहरालगायत संरचना हटाएको हो ।

भूमि समस्या समाधान आयोगको पछिल्लो तथ्याङ्क अनुसार हाल देशभर करिब १२ लाख ७१ हजार ५ सय ५७ परिवारसँग जग्गाको औपचारिक स्वामित्व छैन । यसमध्ये ९६ हजार ३३९ भूमिहीन दलित, १ लाख ७५ हजार १०९ भूमिहीन सुकुम्बासी र ९ लाख १४ हजार ६ सय १८ अव्यवस्थित बसोबासी परिवार रहेका छन् । आयोगका अनुसार हालसम्म ११ लाखभन्दा बढी निवेदन दर्ता भइसकेकोमा ८८ हजार ८९५ भूमिहीन दलित, १ लाख ६८ हजार ४४१ भूमिहीन सुकुम्बासी र ८ लाख ७२ हजार १८१ अव्यवस्थित बसोबासीका निवेदन अभिलेखीकरण भइसकेका छन् ।

‘उनीहरुको संख्या इन्ट्री भएको मात्रै हो । उनीहरु साँच्चै कस्ता खालका भूमिहीन नागरिक हुन भन्ने अध्ययन र अनुसन्धान गरेर प्रमाणीकरण गर्नुपर्ने हुन्छ । त्यो काम गर्ने आयोगको तयारी छ,’ आयोगका सूचना अधिकारी तथा नापनक्शा तथा लगत व्यवस्थापन शाखा प्रमुख सञ्जीवकुमार साहले भने । उनका अनुसार अझै ५० हजार जति संख्यामा रहेका नागरिकको विवरण अभिलेखीकरणको चरणमा छ ।

‘स्थानीय सरकारमार्फत हामीले अभिलेखीकरण सुरु गर्ने योजना बनाएका थियौँ । तर, जेन–जी आन्दोलनका कारण त्यो हुन नसक्दा करिब ५० हजार जतिको प्रारम्भिक तथ्यांक हामीसँग छैन,’ साहले भने । सुकुम्बासी बस्ती व्यवस्थापनको मुख्य जिम्मेवारीमा रहेको आयोगसँग सरकारको छलफल भएको छ कि छैन ? भन्ने खबरहबकर्मीको प्रश्नमा उनले हालसम्म औपचारिक वार्ता नभएको जानकारी दिए । आयोगले अभिलेखीकरणसँगै ९ हजार ३ सय भूमिहीन परिवारलाई मात्रै हालसम्म लालपुर्जा वितरण अर्थात् जग्गाको स्वामित्व प्रदान गरेको उनको भनाइ छ ।

हुन पनि सुकुम्बासी बस्तीमा वर्षौँदेखि गैरकानुनी रुपमा सार्वजनिक जग्गा कब्जा गरेर भाडामा लगाउने गरेको गुनासो थियो । जसलाई यसअघिका सरकारले नै संरक्षण गरेको आरोप लाग्दै आएको थियो । अव्यवस्थित र सुकुम्बासीको संख्या अत्यधिक भएकाले यो समस्या भूमि सुधार, शहरी व्यवस्थापन र सामाजिक न्यायसँग जोडिएको राष्ट्रिय चुनौतीका रूपमा देखा पर्दै आएको छ । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न भन्दै झण्डै साढे तीन दशकको अवधिमा १४ वटा आयोग बने ।

आयोगलाई जोखिमपूर्ण बस्ती पहिचान, सुरक्षित क्षेत्रमा स्थानान्तरण र वास्तविक भूमिहीनलाई लालपूर्जा वितरण गर्ने मुख्य जिम्मेवारी तोकिएको हुन्छ । यसरी सरकार परिवर्तन भएपिच्छे गठन हुने यस्ता आयोगले वास्तविक समस्या समाधानमा खासै ध्यान नदिएको जानकारहरु बताउँछन् । २०४८ यता सरकारले गठन गरेका यस्ता आयोग राजनीतिक आस्थाका आधारमा आफूनिकट कार्यकर्तालाई रोजगारी दिने थलोमात्रै बनेको र समस्याको समाधानमा ध्यान नदिएको टिप्पणी हुने गरेको छ । कतिपय अवस्थामा यस्ता आयोगको पारदर्शीतामाथि नै प्रश्नचिह्न समेत उठ्ने गरेको थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ‘बेन्च फिक्सिङ’ देखि भ्रष्टाचारसम्मका उजुरी

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ‘बेन्च फिक्सिङ’ देखि भ्रष्टाचारसम्मका उजुरी काठमाण्डाै – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध १६ जना उजुरीकर्ताले उजुरी दर्ता गराएका छन् । संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गर्दै आरोपका आधार र प्रमाणबारे जानकारी लिइरहेको छ । उजुरीकर्ताहरूले शर्मामाथि सर्वोच्च अदालतमा न्यायाधीश रहँदा ‘बेन्च फिक्सिङ’ गरेको आरोप लगाएका छन् । राजनीतिक प्रभाव र पहुँचका आधारमा...

प्राधिकरणद्वारा विभिन्न १७ इन्टरनेट सेवा प्रदायकसँग १५ दिने स्पष्टीकरण माग

काठमाण्डौं – नेपाल दूरसञ्चार प्राधिकरणले नियमअनुसार बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने र सम्पर्कमा नआउने १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायकलाई अनुमतिपत्र (लाइसेन्स) किन खारेज नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ ।  आज सार्वजनिक सूचना निकालेर प्राधिकरणले ती सेवा प्रदायकलाई १५ दिनभित्र लिखित सफाइ पेश गर्न निर्देशन दिएको हो । प्राधिकरणका अनुसार सूचनामा उल्लेख गरिएका विभिन्न १७ वटा...

थारुको गुनासो आयोगसँग आयोगको गुनासो सरकारसँग

भरतपुर । थारु जातिको धार्मिक, सांस्कृतिक एवम् सामाजिक मान्यता र परम्परालाई जगेर्ना गर्नुका साथै थारु जातिको उत्थान र सशक्तीकरणको उद्देश्य राखेर थारु आयोग गठन भएको छ । तर, थारु आयोगले लक्ष्यअनुसारको काम गर्न नसकेको थारु अगुवाहरुले नै आरोप लगाएका छन् । थारु जातिका लागि आयोग बने पनि राज्यले थारु जातिलाई विभिन्न कोणबाट सौतेनी व्यवहार देखाउँदै...

डेजी स्कुलका तीन विद्यार्थीले अन्तर्राष्ट्रिय एआई प्रतियोगितामा रचे इतिहास

पूर्वी चितवनको खैरहनीमा रहेको डेजी स्कुल तथा सुनगाभा कलेजका तीन जना प्रतिभाशाली विद्यार्थीले विश्वकै सबैभन्दा ठूलो एआई तथा रोबोटिक्स प्रतियोगिता ‘कोड एभर’ मा नेपालको प्रतिनिधित्व गर्दै सान्त्वना स्थान हासिल गरेका छन्। आइतबार इन्डोनेसियाको जाकार्तामा सम्पन्न उक्त प्रतियोगितामा डेजी स्कुलका गुञ्जन शर्मा, परिभाषा पाठक र सृष्टि शंकरको टोलीले उक्त उपलब्धि हासिल गरेको सुनगाभा कलेजका प्राचार्य हरि...

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रमाथि छलफल हुने

काठमाडौं : प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची  छ  । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो ।     गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डा....

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०