"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलान अन्तिम चरणमा

Table of Content

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलान अन्तिम चरणमा

काठमाण्डौ — नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत नवलपुरको दाउन्ने क्षेत्रको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा पुगेको छ । अब झण्डै २ सय मिटर सडकमा मात्रै ढलान गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार २ सय मिटर ढलान सम्पन्न भएपछि एकतर्फी सडक पूर्णरूपमा जोडिनेछ र गाडी आवतजावत सहज हुनेछ । दाउन्नेको पूर्वी खण्डको कुल लम्बाइ झण्डै ४ किलोमिटर रहेको छ ।

हाल यस क्षेत्रमा झण्डै ३३ मिटर लम्बाइको ढलानयुक्त सडकमा गाडी सञ्चालन भइरहेको छ भने झण्डै ४ सय मिटर ढलान सम्पन्न भएको खण्डमा अझै गाडी सञ्चालन शुरु गरिएको छैन । वर्षायाम अघि नै पूर्वी खण्डमा ढलानयुक्त सडक जोड्ने लक्ष्यसहित काम भइरहेको आयोजनाले जनाएको छ ।

नवलपरासी पूर्वी खण्डअन्तर्गत पर्ने ६५ किलोमिटर सडकमा हाल करिब सात किलोमिटर मात्रै कच्ची रहेको छ भने बाँकी सबै भागमा कालोपत्र तथा पक्की सडकमा यात्रा गर्न सकिने अवस्था छ । यस खण्डको समग्र भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ ।

यता दाउन्नेको पश्चिम खण्डमा पर्ने १० किलोमिटरमध्ये तीन किलोमिटरमा एक तह कालोपत्र सम्पन्न भइसकेको छ। 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

जडीबुटीमा गोली चलाएर प्रहरीले लुटेरालाई समात्यो

जडीबुटीमा गोली चलाएर प्रहरीले लुटेरालाई समात्यो काठमाण्डौ – काठमाण्डौको जडीबुटीमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ ।  जडीबुटीमा रहेको रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले गोली चलाएर एक जना लुटेरालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा काठमाण्डौको भद्रकाली घर भएका गणेश कार्की छन् । उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला...

विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका समेत जोखिममा

काठमाडौँ, १७ जेठः आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ ।  हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे...

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने

काठमाडौं । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय रेखाको प्रभावका कारण देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया...

आज – १७ जेठ २०८३ आइतवार को राशिफल

२०८३ जेठ १७ गते आइतबार मेषः मनमा चिन्ता बढ्न सक्नेछ, वादविवाद हुन सक्नेछ सतर्क रहनु होला, शरीरमा वायु विकार देखापर्नेछ । वृषः आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ, यान तथा बाहनबाट सुख मिल्नेछ । मिथुनः स्वास्थ्यले साथ दिनेछ, व्यवसायबाट फाईदा हुनेछ, शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । कर्कटः प्रेममा सफलता मिल्नेछ, धनार्जन गर्ने...

अध्यक्ष सुदीप गिरीद्वारा पुरस्कार राशि घोषणा, दोस्रो वडा कप फुटबल प्रतियोगिता–२०८३ को खेल तालिका सार्वजनिक

राप्ती, चितवन । राष्ट्रको लागी खेलकुड स्वास्थ्य को लागी खेलकुड मुल नरको साथ राप्ती नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुन लागेको “दोस्रो वडा कप फुटबल प्रतियोगिता–२०८३” को खेल तालिका सार्वजनिक गरिएको छ। राप्ती नगरपालिकाको सम्भा हल्मा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको खेल तालिका तथा पुरस्कार राशिको घोषणा गरिएको हो।पत्रकार सम्मेलनमा राप्ती नगरपालिका नगर खेलकुद...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०