"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आउँदो १० वर्षमा साढे २४ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य

Table of Content

आउँदो १० वर्षमा साढे २४ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाण्डौ — सरकारले आर्थिक वर्ष २०९२/९३ सम्ममा सरकारी, सार्वजनिक तथा निजी क्षेत्रको संयुक्त लगानीमा कुल २४ हजार ५ सय  मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ सार्वजनिक गरेको छ । 
रणनीतिमा यसअघि प्रस्तावित, अध्ययन सम्पन्न, निर्माणाधीन तथा निर्माणको तयारीमा रहेका आयोजनाहरू समावेश गरिएको छ । जलाशय तथा अर्धजलाशय प्रकृतिका आयोजनासँगै सौर्य ऊर्जा परियोजनालाई पनि प्राथमिकतामा राखिएको छ ।

सरकारले बहुचर्चित बुढीगण्डकी जलाशययुक्त आयोजना २०९१ सालसम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ । त्यसैगरी, ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ । १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना आर्थिक वर्ष २०८५/८६ सम्म सम्पन्न गर्ने लक्ष्य छ ।

रणनीतिअनुसार ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’, १८.२ मेगावाटको माथिल्लो मोदी तथा ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ‘बी’ आयोजना पनि सम्पन्न गरिनेछ । ६ सय ७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त आयोजना २०९१ सालसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

त्यही अवधिमा १ हजार ६१ मेगावाटको माथिल्लो अरुण र ४१७ मेगावाटको नलगाड आयोजना पनि सम्पन्न गरिने कार्ययोजना रहेको छ । यस्तै, ४ सय ९० मेगावाट क्षमताको अरुण–४ तथा ४ सय ३९ मेगावाटको बेतन कर्णाली आयोजना २०९० सालसम्म सम्पन्न गरिने लक्ष्य छ । २ सय १० मेगावाट क्षमताको चैनपुर सेती २०८७ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

९९ मेगावाटको तामाकोशी–५, २८१ मेगावाटको नौमुरे तथा ८ सय २८ मेगावाटको उत्तरगंगा आयोजना पनि प्राथमिकतामा छन् । नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धन गर्ने १ हजार मेगावाट क्षमताको सौर्य परियोजना २०८५ सालसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।  

सरकारी तथा सहायक कम्पनीहरूले प्रवद्धन  गर्ने ३५ सय मेगावाट र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल अन्तर्गत झण्डै १४ हजार मेगावाट क्षमताका आयोजना पनि २०९२ सालसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कृषि क्षेत्रका लागि विद्युत् महसुलमा सहुलियत प्रदान गर्दै शतप्रतिशत विद्युतीय सिँचाइ प्रणाली लागू गर्ने लक्ष्य राखिएको छ । साथै, रासायनिक मल उद्योग, डेटा सेन्टरलगायत ऊर्जा–गहन उद्योगका लागि विशेष विद्युत् महसुल निर्धारण गरिने सरकारको योजना छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

लक्ष्मी थपलियाको ‘फूलै फुल्यो गुराँस’ गीत सार्वजनिक

काठमाडौं । गायिका लक्ष्मी थपलियाको स्वरमा रहेको नयाँ प्रेमिल गीत ‘फूलै फुल्यो गुराँस’ सार्वजनिक भएको छ । गीत लक्ष्मी थपलियाको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो । गीतमा विपिन आचार्यको शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङको जिम्मेवारी पनि आचार्यले नै सम्हालेका छन् । गीत एमबी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको...

पानी पर्ने पूर्वानुमानपछि किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

काठमाण्डौ – मुख्य चाड दशैँको बेला अहिले किसानलाई पाकेको धान भित्र्याउन भ्याइनभ्याइ छ । धेरैजसो ठाउँमा दशैँको टीका कोजाग्रत पूर्णिमा अर्थात् पर्सि सोमबारसम्म लगाउने गरिन्छ । तर मौसम पूर्वानुमान महाशाखाले बुधबार ११ गतेदेखि पानी पर्ने प्रक्षेपण गरेसँगै दशैँको टीकाकैबीच किसानलाई पाकेको धानबाली काट्न र भित्र्याउन हतारो भएको छ । अहिले अन्नको भण्डार तराई/मधेशदेखि पहाडी क्षेत्रमा...

एनपीएलको भव्य तयारी

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण नजिकिएसँगै त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान भव्य रुपमा सिंगारिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा पर्सि कात्तिक ९ गतेदेखि शुरु हुने प्रतियोगिता यस पटक थप भव्य र व्यवस्थित हुने अपेक्षा गरिएको छ । त्यसैअनुसार क्यानले तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।  एनपीएलको तेस्रो संस्करणका लागि मुख्य पिचको...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

चितवन, कात्तिक ७ – कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्(आइसिसी)र समृद्ध चितवन अभियानको आयोजनामा कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रमका संयोजक एवं गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटाका अनुसार नेपाल–भारत पर्यटन साझेदारी विस्तार...

रवि लामिछाने गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान गर्नुभएको छ । सभापति लामिछानेले स्थलमार्ग हुँदै भारतको उत्तराखण्डको नैनीताल जिल्लाको प्रसिद्ध धार्मिकस्थल कैचीधाम (नीम करौली बाबा) को दर्शन गर्ने कार्यक्रम रहेको छ । तीन दिने तीर्थाटनका क्रममा उत्तराखण्डको कैचीधामका साथै गुवाहाटीमा रहेको कामाख्या मन्दिरमा पूजार्चना...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०