"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मधेश प्रदेशको आठवटै जिल्लामा रक्तदान कार्यक्रम

Table of Content

१३ वैशाख, जनकपुरधाम । रक्तदान जीवनदान नाराको साथ मधेश प्रदेशमा आज एकैदिन आठवटै जिल्लामा रक्तदान कार्यक्रम भइरहेको छ ।

ब्लड फर नेपाल संस्थाको आयोजनामा आठवटै जिल्लाको दश स्थानमा एकैपटक बिहान ७ बजेदेखि रक्तदान कार्यक्रम सुरु भएको छ । आयोजकले यसलाई मधेश महारक्तदान कार्यक्रम नाम दिएको छ ।

आयोजकका अनुसार धनुषाको जनकपुरधाम स्थित नेपाल पत्रकार महासंघको प्रांगणमा, महोत्तरीको जलेश्वर, बर्दिबास र सोनमा गाउँपालिका १ मा रक्तदान भइरहेको छ ।

यस्तै सिरहाको नवराजपुर गाउँपालिका १ल सोनवर्साचौकमा, सप्तरीको राजविराज स्थित जेसिज भवन, सर्लाहीको मलंगवा २ स्थित बाल मन्दिर, रौतहटको गौर, बराको कलैया स्थित देवकीलाल धर्मशाला र पर्साको वीरगञ्जको घण्टाघर स्थित ब्राइट पब्लिक स्कुलमा रक्तदान सुरु भएको आयोजक ब्लडफर नेपालका संस्थापक सरोजकुमार महतोले जानकारी दिए ।

बेलाबेला हुने रगतको अभाव हुन नदिन, रगतदान गर्नुपर्ने भावना जागृत गर्ने उद्देश्यले रत्तदाना जीवनदान, रक्तदान महादानको नारासहित मधेश प्रदेशको आठवटै जिल्लामा एकैपटक रक्तदान कार्यक्रम आयोजन गरिएको संस्थापक महतोले बताए ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepal_gas_gd5oM9Y79a

तराईका ग्यास उद्योगबाट सिलिन्डर भरेर काठमाण्डौ भित्र्याउन थालियो

काठमाण्डौ  – काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने ग्यासको अभाव कायमै छ । गएको...
UN-united-nation_final_one_1aurKzC0Mx

संयुक्त राष्ट्रसङ्घले नेपाललाई ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि...
images_pxStGBGlyg_vgpbs0fnhfshm9o09tieuab9fn0efmm3kx0bsghdd8uaxh4e8rsqwbt3w2ra_U4hqmS0Gea_yyivkjt7uce7ohkrhzoot4cnxayipezjgwxsithgisinwabqxvm9qicr9rka

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा, को कहाँ?

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक सीडीओको जिम्मेवारी जिम्मेवारी हेरफेर गरेको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०