"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

दुर्गा प्रसाईंविरुद्ध फेरि मुद्दा दायर, ५ वर्ष जेल सजायको माग

Table of Content

काठमाडौं । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा ‘विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन’ सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ ।

सरकारी वकिलको कार्यालयले प्रसाईंलाई विद्युतीय माध्यमबाट भ्रामक र उत्तेजक अभिव्यक्ति फैलाएको अभियोगमा ५ वर्षसम्मको कैद र एक लाख रुपैयाँसम्म जरिवानाको माग दाबी गर्दै मंगलबार अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।

के हो आरोप ?

निर्वाचन आयोगको पत्र र प्रहरीको प्रतिवेदनका आधारमा प्रसाईंविरुद्ध मुद्दा चलाइएको हो । अभियोगपत्रका अनुसार, प्रसाईंले सामाजिक सञ्जाल (फेसबुक) मार्फत २०८२ साल फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा भ्रामक श्रव्यदृश्य सामग्री (भिडियो) सार्वजनिक गरेको आरोप छ । उनले निर्वाचन आचारसंहिता विपरीतका सामग्री फैलाएको र निर्वाचन प्रक्रियालाई नै प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको अभियोगमा उल्लेख छ ।

प्रसाईंले आफ्ना भिडियोहरूमा निर्वाचनलाई ‘विदेशीको इशारामा हुन लागेको’ र ‘नौटंकी’ भन्दै पहिला ‘राजसंस्था र हिन्दु अधिराज्य कायम हुनुपर्ने’ जस्ता उत्तेजक कुराहरू बोलेको प्रमाणका रूपमा पेश गरिएको छ । उनले ‘यो चुनाव गरियो भने देश टुक्रिन्छ’ जस्ता अभिव्यक्ति दिएर जनमानसमा त्रास र भ्रम सिर्जना गरेको सरकारी पक्षको दाबी छ ।

सरकारी वकिलले प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिम सजायको माग गरेको छ । यस दफाअनुसार कसुर पुष्टि भएमा १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ । साथै, प्रसाईंले पटक-पटक यस्ता कसुर गरेको भन्दै थप सजायको माग समेत गरिएको छ ।

त्यति मात्र नभई, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन पनि माग गरिएको छ ।

प्रसाईंको बयानमा के छ ?

अभियोगपत्रमा उल्लेख भएअनुसार, दुर्गा प्रसाईंले आफ्नो बयानमा सामाजिक सञ्जालमा उक्त भिडियोहरू आफैँले पोष्ट गरेको स्वीकार गरेका छन् । तर, उनले ती अभिव्यक्तिहरू संविधानले दिएको मौलिक हक र अभिव्यक्तिको स्वतन्त्रता अन्तर्गत रहेर दिएको दाबी गरेका छन् । उनले निर्वाचनको विरोध नगरेको तर राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा जनचेतना फैलाउन खोजेको बताएका छन् ।

प्रहरीले प्रसाईंको फेसबुक पेजबाट लिइएका ३ वटा फरक-फरक लिङ्क र भिडियोहरू संकलन गरी डिभिडी र स्क्रिनसटहरूलाई दसी प्रमाणका रूपमा अदालतमा बुझाएको छ । यस्तै, हत्तलाल लामा लगायतका मानिसहरूलाई बुझिएको घटना विवरण कागजात पनि संलग्न गरिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ‘बेन्च फिक्सिङ’ देखि भ्रष्टाचारसम्मका उजुरी

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ‘बेन्च फिक्सिङ’ देखि भ्रष्टाचारसम्मका उजुरी काठमाण्डाै – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध १६ जना उजुरीकर्ताले उजुरी दर्ता गराएका छन् । संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गर्दै आरोपका आधार र प्रमाणबारे जानकारी लिइरहेको छ । उजुरीकर्ताहरूले शर्मामाथि सर्वोच्च अदालतमा न्यायाधीश रहँदा ‘बेन्च फिक्सिङ’ गरेको आरोप लगाएका छन् । राजनीतिक प्रभाव र पहुँचका आधारमा...

प्राधिकरणद्वारा विभिन्न १७ इन्टरनेट सेवा प्रदायकसँग १५ दिने स्पष्टीकरण माग

काठमाण्डौं – नेपाल दूरसञ्चार प्राधिकरणले नियमअनुसार बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने र सम्पर्कमा नआउने १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायकलाई अनुमतिपत्र (लाइसेन्स) किन खारेज नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ ।  आज सार्वजनिक सूचना निकालेर प्राधिकरणले ती सेवा प्रदायकलाई १५ दिनभित्र लिखित सफाइ पेश गर्न निर्देशन दिएको हो । प्राधिकरणका अनुसार सूचनामा उल्लेख गरिएका विभिन्न १७ वटा...

थारुको गुनासो आयोगसँग आयोगको गुनासो सरकारसँग

भरतपुर । थारु जातिको धार्मिक, सांस्कृतिक एवम् सामाजिक मान्यता र परम्परालाई जगेर्ना गर्नुका साथै थारु जातिको उत्थान र सशक्तीकरणको उद्देश्य राखेर थारु आयोग गठन भएको छ । तर, थारु आयोगले लक्ष्यअनुसारको काम गर्न नसकेको थारु अगुवाहरुले नै आरोप लगाएका छन् । थारु जातिका लागि आयोग बने पनि राज्यले थारु जातिलाई विभिन्न कोणबाट सौतेनी व्यवहार देखाउँदै...

डेजी स्कुलका तीन विद्यार्थीले अन्तर्राष्ट्रिय एआई प्रतियोगितामा रचे इतिहास

पूर्वी चितवनको खैरहनीमा रहेको डेजी स्कुल तथा सुनगाभा कलेजका तीन जना प्रतिभाशाली विद्यार्थीले विश्वकै सबैभन्दा ठूलो एआई तथा रोबोटिक्स प्रतियोगिता ‘कोड एभर’ मा नेपालको प्रतिनिधित्व गर्दै सान्त्वना स्थान हासिल गरेका छन्। आइतबार इन्डोनेसियाको जाकार्तामा सम्पन्न उक्त प्रतियोगितामा डेजी स्कुलका गुञ्जन शर्मा, परिभाषा पाठक र सृष्टि शंकरको टोलीले उक्त उपलब्धि हासिल गरेको सुनगाभा कलेजका प्राचार्य हरि...

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रमाथि छलफल हुने

काठमाडौं : प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची  छ  । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो ।     गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डा....

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०