"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नेपालको ‘ए’ टोली र ओमानबीचको एक दिवसीय शृङ्खलाको पहिलो खेल शुरु

Table of Content

काठमाण्डौ – नेपाल ‘ए’ र ओमानबीच दुई खेलको एक दिवसीय शृङ्खला अन्तर्गत पहिलो खेल शुरु भएको छ । 

मूलपानी क्रिकेट मैदानमा खेल साढे ९ बजेदेखि शुरु भएको हो । ओमानले टस जितेर पहिला ब्याटिङ थालेको छ । दुई टोलीबीचको दोस्रो खेल पर्सि शुक्रबार हुनेछ । 

नेपाल क्रिकेट संघ (क्यान)ले ओमानसँगको एक दिवसीय श्रृंखलाका लागि अनिलकुमार शाहको कप्तानीमा १४ सदस्यीय नेपाली ‘ए’ टोली घोषणा गरेको थियो । 

युएईसँगको टी–२० अन्तर्राष्ट्रिय श्रृंखलामा डेब्यु गरेका सन्तोष यादव र हेमन्त धामी पनि ‘ए’ टोलीमा छन् । आईसीसी पुरुष विश्वकप लिग–२ को शृङ्खला तयारीका लागि ओमान र युएईको टोली नेपाल आएको हो । 

यही शनिबारदेखि नेपाल, युएई र ओमान सम्मिलित लिग–२ शुरु हुनेछ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789627881

एशियाली खेलकुद : २ मिटरभन्दा अग्ला खेलाडीले ओछ्यानमा खुट्टा सीधा पारेर तन्काउन पनि नसक्ने

एशियाली खेलकुदमा अग्ला खेलाडीहरूले कन्टेनरमा रहेका ओछ्यानमा आफ्ना खुट्टा तन्काउन नसक्ने अवस्था रहेको एक अधिकारीले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०