"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्ती बन्यो सडक मानबमुक्त नगर

Table of Content

राप्ती । चितवनको राप्ती नगरपालिकालाई सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सहयोगापेक्षी सडक मानब मुक्त नगर घोषणा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीले सो नगरलाई सडक मानब मुक्त नगर घोषणा गरेका हुन् । मानबसेवा आश्रम भरतपुरसंगको सहकार्यमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले मेयर शमशेर लामालाई राप्ती नगर सडक मानबमुक्त भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा मेयर लामा र मानसेवा आश्रमकी केन्द्रीय महासचिव शुशीला केसीले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा मानबसेवा आश्रम केन्द्रीय महासचिव केसीले चितवन जिल्लाबाट सडकमा आश्रित एक हजार १८९ जना मानिसलाई उद्दार गरिएको र ५७६ जनालाई पारिवारीक पुनर्मिलन गराइएको जानकारी दिइन् । मानब सेवा आश्रमले अहिले सम्म देशभरबाट १३ हजार १३० जना सडकमा आश्रित मानिसको उद्दार गरेको भन्दै उनले उद्दार गरिएका मध्ये ५ हजार ५३२ जनालाई पारिवारीक पुनर्मिलन तथा एक हजार ८४ जनालाई सामुदायिक पुनस्थापना गरिएको गरिएको जानकारी दिइन् । यस अघि भरतपुर महानगर, माडी र इच्छाकामना गाउँपालिकालाई सडम मानबमुक्त घोषणा गरिएको जानकारी दिइन् । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले मानब सेवा आश्रमले तीनै तहको सरकारसंग सहकार्य गरेर सञ्चालन गरेको अभियानले सार्थकता पाउने चरणमा रहेको बताए । मेयर लामाले सडकमा आश्रित चार जना मान्छेको उद्दार गरी मानब सेवा आश्रममा पु¥याउन सके धर्म गर्न चारधाम जानै नपर्ने मेयर बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, वडाअध्यक्ष सीताराम बल लगायतले मन्तव्य राखेका थिए । महिला विकास निरीक्षक लक्ष्मी आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्ष, वडा सदस्य, नगरपालिकाकाका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष सुदीप गिरीद्वारा पुरस्कार राशि घोषणा, दोस्रो वडा कप फुटबल प्रतियोगिता–२०८३ को खेल तालिका सार्वजनिक

राप्ती, चितवन । राष्ट्रको लागी खेलकुड स्वास्थ्य को लागी खेलकुड मुल नरको साथ राप्ती नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुन लागेको “दोस्रो वडा कप फुटबल प्रतियोगिता–२०८३” को खेल तालिका सार्वजनिक गरिएको छ। राप्ती नगरपालिकाको सम्भा हल्मा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको खेल तालिका तथा पुरस्कार राशिको घोषणा गरिएको हो।पत्रकार सम्मेलनमा राप्ती नगरपालिका नगर खेलकुद...

निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा स्थगित

निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा स्थगित काठमाण्डौ – सरकारको पछिल्लो निर्णयअनुसार निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक स्वास्थ्य बीमाको सेवा कटौती भएको छ ।  स्वास्थ्य बीमा कार्यक्रम गम्भीर सङ्कटमा धकेलिएको सङ्केत गर्दै स्वास्थ्य बीमा बोर्डले यसअघि गएको १२ गते निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको सूचित गरेको थियो । सूचनामा...

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै...

यी वस्तुमा बढ्यो अन्तःशुल्क

यी वस्तुमा बढ्यो अन्तःशुल्क काठमाण्डौ – सरकारले आर्थिक विधेयक २०८३ मार्फत विभिन्न करका दरहरूमा हेरफेर गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बताउनुभयो । मदिरा, सुर्तीजन्य वस्तुलगायतमा भने अन्तःशुल्कका दरहरू बढेका छन् । त्यस्तै, पत्रु खाना (जङ्क फुड), रङगरोगन, जुसलगायतका वस्तुमा...

आज – १६ जेठ २०८३ शनिवार को राशिफल

२०८३ जेठ १६ गते शनिबार मेषः वादविवाद तथा झगडा हुन सक्नेछ, काममा बाधा व्यवधन आउने छ, मन साह्रै चिन्तित रहला । वृषः यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ, व्यवसायिक कार्यमा सफलता मिल्नेछ । मिथुनः व्यापार व्यवसायमा राम्रो फाइदाहुने दिन रहेको छ, धन आर्जनगर्ने अवसर मिल्नेछ, शत्रुवर्ग परास्त हुनेछन् । कर्कटः परिवारबाट सहयोग मिल्नेछ, आर्थिक उन्नति तथा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०