"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चेपाङ बाहुल्य क्षेत्रलाई नयाँ गाउँपालिका बनाउन प्रस्ताव

Table of Content

भरतपुर । मन्त्रीस्तरीय निर्णयअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाख ३ गते स्थानीय तहको सीमा र नाम हेरफेरसँगै थपघट तथा वर्गीकरणको पुनरावलोकन गर्न सकिने भन्दै सुझाव माग्यो । तीनदिने सूचना सार्वजनिक भएपछि नेपाल चेपाङ संघले चेपाङ बाहुल्य क्षेत्रलाई पहिचानका आधारमा नामकरण गर्नुपर्ने भन्दै तीन जिल्लाका केही वडालाई समायोजन गरेर छुट्टै गाउँपालिका बनाउन प्रस्ताव गरेको छ ।

गाउँपालिकाको नाम ‘झोरालाङ’ राख्न पनि संघको प्रस्ताव छ । ‘नमस्कार’लाई चेपाङ भाषामा ‘झोरालाङ’ भनिन्छ । फरक जिल्ला भए पनि चेपाङ जातिको बाहुल्य भएको क्षेत्रलाई समेटेर नयाँ पालिका गठन गर्दा आर्थिक, शैक्षिक एवम् भौगोलिक हिसाबले पिछडिएको चेपाङ समुदायलाई मूलधारमा ल्याउन ठूलो सहयोग पुग्ने चेपाङ संघले जनाएको छ ।

संविधानको धारा ६५ उपधारा ५ अनुसार छुट्टै पालिका गठन गर्न सम्भव रहेको संविधानसभा सदस्यसमेत रहेका चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङले बताए । दाम्राङ, धिराङ, चौतारा, चरिमारा, गर्लिङजस्ता विशुद्ध चेपाङ जातिको मात्रै बसोवास रहेको राक्सिराङ गाउँपालिकाको वडा नं–७ लाई स्थानीय सरकारले एक वर्षअघि नै ‘भाषिक, सांस्कृतिक संरक्षित क्षेत्र’ घोषणा गरिसकेको बताउँदै उनले भने, ‘राक्सिराङ गाउँपालिकाको वडा नं–७ सँगै राप्ती नगरपालिकाको वडा नं–१३ र कालिका नगरपालिकाको वडा नं–११ विशुद्ध चेपाङ जातिको मात्रै बसोवास भएका वडा हुन् ।’

कालिका नगरपालिकाको वडा नं–१०, राप्ती नगरपालिकाको वडा नं–११ र १२, राक्सिराङ गाउँपालिकाको वडा नं–६ र धादिङको बेनीघाट रोराङ गाउँपालिकाको वडा नं–१०, ९ र ८ पनि चेपाङ समुदायको अधिक बसोवास भएका वडा हुन् । यदि चेपाङ संघको चाहनाअनुसारकै पालिका गठन भयो भने धादिङ र मकवानपुरका केही वडा चितवनमा गाभिने सम्भावना देखिन्छ । किनभने सबैभन्दा धेरै बसोवास चितवन जिल्लामा छ ।

‘बसोवास र भूगोललाई हेर्दा चितवनमा सबैभन्दा बढी वडाहरु छन् । त्यसैले, हामीले उठाएको आवाज सरकारले सुन्यो भने चितवन जिल्लाको भूगोल अझ ठूलो हुने देखिन्छ’, उनी भन्छन् । चितवनको काउले (इच्छाकामनाको वडा नं–२), सिद्धि (कालिका नगरपालिकाको वडा नं–१० र ११), लोथर र कोराक (राप्ती नगरपालिकाको वडा नं–१०, ११, १२ र १३) क्षेत्र चेपाङ जातिको सबैभन्दा धेरै बसोवास भएका क्षेत्र हुन् ।

तीन जिल्लाका यी क्षेत्रलाई गाभेर पालिका गठन गर्दा एउटा निर्वाचन क्षेत्र नै बन्ने चेपाङ संघका अध्यक्ष गोविन्दराम बताउँछन् । यसो गर्दा समग्र चेपाङ जातिको जनसङ्ख्याको ९० प्रतिशत एउटै पालिकामा समेट्न सकिने उनको भनाइ छ ।

जनगणना २०७८ अनुसार चेपाङ जातिको कुल जनसङ्ख्या ८४ हजार ३६४ छ । त्यसमध्ये करिब ६० प्रतिशतभन्दा बढी चेपाङ समुदाय यस क्षेत्रमा बसोवास गर्छन् । यी सबैलाई आधार बनाएर चेपाङ संघले आइतबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई भेट्ने कार्यक्रम तय भएको छ । ‘प्रदेशमार्फत केन्द्रमा पुग्ने हुँदा मुख्यमन्त्रीमार्फत प्रस्ताव लिएर जाँदै छौँ’, अध्यक्ष चेपाङले भने, ‘सङ्घीय सरकारसँग पनि आवश्यक परामर्श र समन्वय गर्छौं ।’

सरकारले राम्रो मौका दिएको भन्दै चेपाङ संघको केन्द्रीय समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री एवम् रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग भेटेर पनि प्रस्ताव राख्ने तयारी गरेको उनले बताए । ‘हरेक कोणबाट पिछडिएको चेपाङ जाति र चेपाङ बसोवास रहेको भूगोललाई अन्य समुदाय र भूगोलसँग मिसाइँदा सबैभन्दा दूरदराजमा रहेका चेपाङले राज्यको सुविधाबाट वञ्चित हुनु परेको कुरा अहिलेको सरकारले पक्कै पनि बुझ्छ कि भन्ने अपेक्षा छ’, उनी भन्छन्, ‘छुट्टै पालिका गठन गर्दा सबैलाई सुविधा दिन सकिन्छ ।’

संघको चाहनाअनुसार यसअघि मकवानपुरको ‘राक्सिराङ’ र धादिङको ‘बेनीघाट रोराङ’ गाउँपालिकाको नाममा चेपाङ पहिचान जोडिएको छ । झोरालाङ गाउँपालिका बनाउने विषयमा पनि चेपाङ संघले उतिबेलै आवाज उठाएको हो । तर, राजनीनिक सहमति जुट्न नसक्दा आफूको माग फेल खाएको संघका केन्द्रीय अध्यक्ष चेपाङ बताउँछन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सुरुङ खनेर ८ जना कैदीबन्दी फरार : घटनाको छानबिन गर्न समिति गठन

काठमाण्डाै – डोल्पाको सदरमुकाम दुनैमा रहेको कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गर्दै फरार भएका कैदीबन्दीहरूको व्यापक खोजी कार्य तीव्र पारिएको जनाएको छ । उनीहरू शुक्रवार राति कारागारभित्रबाट सुरुङ खनेर फरार भएका थिए ।...

यू–१९ एशिया कप : विपिन शर्माकाे कप्तानीमा नेपाली टाेली घाेषणा

काठमाण्डाै – आउँदो बिहीवार कात्तिक १९ गतेदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । १९ वर्षमुनिको एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र...

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा धेरैजसो बैंकहरूको नाफामा सुधार आएको छ । केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकहरूको नाफा गएकाे आर्थिक वर्षको...

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक बन्यो, पसलहरुमा लुटपाट

जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कतिपय पसलहरूमा लुटपाट पनि भएको बीबीसीले जनाएको छ । जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०