"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्तीमा प्राङ्गारिक कृषि विषयक छलफल कार्यक्रम सम्पन्न

Table of Content

राप्ती, भण्डारा — “प्राङ्गारिक कृषि : अवसर र चुनौती” विषयक एक महत्वपूर्ण छलफल कार्यक्रम आज राप्ती नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रमको आयोजना जिल्ला प्राङ्गारिक संघ चितवन (खादका लागि कृषि अभियान) ले गरेको हो।

कार्यक्रममा जिल्ला प्राङ्गारिक संघ चितवनका अध्यक्ष चन्द्र प्रसाद अधिकारीको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा शमशेर लामा उपस्थित थिए। कार्यक्रमको संयोजन उद्वव अधिकारीले गरेका थिए।

त्यस्तै कार्यक्रममा प्रमुख प्रशासनिक अधिकृत प्रदिप पौडेल, वडा नं. ७ का वडाध्यक्ष सुमिता डल्लाकोटी, जिल्ला प्रशासन सचिव मोहन सिंह तथा सहसचिव मान कुमार चौलागाईं लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा संयोजक उद्वव अधिकारीले कृषि क्षेत्रमा रहेका अवसर र चुनौतीका विषयमा विस्तृत रूपमा प्रकाश पार्दै रासायनिक र प्राङ्गारिक मलबीचको भिन्नता स्पष्ट पारेका थिए। उनले प्राङ्गारिक खेतीको महत्व तथा यसको दीगो प्रभावबारे सहभागीहरूलाई जानकारी गराएका थिए।

त्यसैगरी अध्यक्ष चन्द्र प्रसाद अधिकारीले प्राङ्गारिक खेती कसरी गर्ने, यसको लागत कति लाग्छ, उत्पादन कस्तो हुन्छ लगायतका विषयमा विस्तृत प्रस्तुति दिएका थिए। उनले रासायनिक मलको प्रयोगबाट स्वास्थ्य तथा माटोमा पर्ने असरबारे पनि सचेत गराउँदै प्राङ्गारिक उत्पादनको पहिचान गर्ने तरिका तथा तरकारीको बजार व्यवस्थापनका उपायहरूबारे जानकारी दिएका थिए।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चेपाङ केन्द्रभित्र फलफूल तथा तरकारी उत्पादन

रत्ननगर । नेपाली समाज सदियौँदेखि खेतीपातीबाट गुज्रिँदै आएको समाज हो । विकसित समाजमा भने खेतीपातीका अनेक विकल्प अपनाउन थालिएको छ । चितवनको पहाडी क्षेत्रलाई हेर्ने हो भने खेतीपाती पनि पर्याप्त नहुँदा त्यस क्षेत्रमा बसोवास गर्ने विपन्न समुदाय वर्तमान अवस्थामा पनि अनिकालको चपेटामा छन् । खोरियाबारीमा राम्रो उत्पादन नहुने र रोजगारको विकल्प नहुँदा चेपाङ समुदायले आफ्ना...

बुटवल–पाल्पा सुरुङमार्गमा आउँदो असोजदेखि गाडी सञ्चालन गर्ने तयारी, सुरुङको ६८ भौतिक प्रगति पुरा

बुटवल–पाल्पा सुरुङमार्गमा आउँदो असोजदेखि गाडी सञ्चालन गर्ने तयारी, सुरुङको ६८ भौतिक प्रगति पुरा काठमाण्डौ — सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आउँदो असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ । आयोजनाले सुरुङमार्ग भित्रका संरचना निर्माण, सडक र सुरक्षा व्यवस्थासम्बन्धी कामलाई एकसाथ अघि बढाएको जनाएको छ । आयोजनाका अनुसार सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६८...

आज सुनचाँदीको भाउ बढ्यो,सुन तोलाको २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार

आज सुनचाँदीको भाउ बढ्यो,सुन तोलाको २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ९ सय रुपैयाँले बढेको हो । हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले घटेकोमा आज १ हजार ९ सय रूपैयाँले बढेर तोलाको २ लाख ९२ हजार ८...

हावाहुरीका कारण रुख ढल्दा ट्रिपिङको समस्या, समस्या समाधानमा प्राधिकरण प्रयासरत

हावाहुरीका कारण रुख ढल्दा ट्रिपिङको समस्या, समस्या समाधानमा प्राधिकरण प्रयासरत काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढलेका कारण देशका केही क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध भएको जानकारी दिएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालले जतिसक्दो छिटो समाधानको प्रयासमा प्राविधिक टोली खटिएको पनि जानकारी दिए । ‘तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख...

महिला च्याम्पिनसिपमा नेपालले आज भुटानसँग खेल्दै

महिला च्याम्पिनसिपमा नेपालले आज भुटानसँग खेल्दै नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ ।  दुईटोलिबीचको खेल भारतको गोवामा रहेको जवहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार दिउँसो पौने ५ बजेदेखि हुनेछ । खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा छन् । यी दुईले समूह ‘ए’को पहिलो खेल खेल्न लागेको हुन् । नेपाल प्रतियोगिताको ६ पटकको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०