"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भण्डारामा बिमला मेकअप स्टुडियो सञ्चालनमा

Table of Content

चितवनको राप्ती नगरपालिका भण्डारामा शनिबारदेखि बिमला मेकअप स्टुडियो सञ्चालनमा आएको छ । सौन्दर्य पेशामा एक दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आएकी बिमला पाठक डल्लाकोटीले भण्डारामा आफ्नो दोस्रो शाखा विस्तार गरेकी हुन् ।

यसअघि मनहरीमा विगत १० वर्षदेखि सफलतापूर्वक पार्लर सञ्चालन गर्दै आएकी डल्लाकोटीले स्थानीय महिलालाई लक्षित गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले भण्डारामा नयाँ स्टुडियो सञ्चालनमा ल्याएको बताइन् । आधुनिक मेकअप प्रविधि, अनुभवी जनशक्ति र ग्राहकको आवश्यकता अनुसारको सेवामा स्टुडियो केन्द्रित रहने उनको भनाइ छ ।

स्टुडियो उद्घाटन कार्यक्रम राप्ती नगरपालिका वडा नं. ७ की अध्यक्ष सुमिता डल्लाकोटी तथा सञ्चालिका बिमला पाठक डल्लाकोटीकी सासुआमा रिता कुमारी श्रेष्ठ पाठकले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, व्यवसायी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुमिता डल्लाकोटीले महिलाहरू आत्मनिर्भर बन्ने दिशामा यस्ता व्यवसायले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले स्थानीय स्तरमै गुणस्तरीय सेवा उपलब्ध हुँदा रोजगारी सिर्जना हुनुका साथै महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुग्ने उल्लेख गरिन् ।

स्टुडियो सञ्चालनको अवसरमा निशुल्क स्किन टेष्टको व्यवस्था गरिएको छ भने उद्घाटनको अवसर पारेर सबै सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालिका बिमला पाठक डल्लाकोटीले जानकारी दिइन् । ग्राहकको छाला र आवश्यकताअनुसार सेवा दिन स्किन टेष्ट उपयोगी हुने उनले बताइन् ।

स्टुडियोमा बेहुली श्रृङ्गार, पार्टी मेकअप, हेयर स्टाइलिङ, फेसियल, स्किन केयर, मेनिक्योर, पेडिक्योर लगायत मेकअपसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध हुने जनाइएको छ । साथै आगामी दिनमा व्युटिसियन तालिम समेत सञ्चालन गरिने योजना रहेको सञ्चालिकाले बताइन् । तालिममार्फत स्थानीय युवती तथा महिलालाई स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।

स्थानीयस्तरमै गुणस्तरीय सौन्दर्य सेवा र तालिम उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा आएको बिमला मेकअप स्टुडियोले भण्डारा क्षेत्रका महिलाहरूलाई सहज सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ । व्यवसायिक अनुभव, सेवाप्रतिको समर्पण र आधुनिक प्रविधिको प्रयोगमार्फत स्टुडियोले आफ्नो पहिचान बनाउने विश्वास सञ्चालिकाको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चितवन–१ मा १ लाख ४५ हजार बढी मतदाता, १७ उम्मेदवार प्रतिस्पर्धामा , विकास कामिले नेकपालाई समर्थन गर्ने

पुर्ण बहादुर मगरचितवन, मंसिर — प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत चितवन क्षेत्र नं. १ मा कुल १ लाख ४५ हजार ६ सय ३१ मतदाताले आज मतदान गदँैछन । निर्वाचन आयोग, नेपालको तथ्यांकअनुसार यस क्षेत्रमा पुरुष मतदाता ७३ हजार ६ सय ५१ (४९.३० प्रतिशत) र महिला मतदाता ७१ हजार ९ सय ८० (५०.७० प्रतिशत) रहेका...

चितवन क्षेत्र नं १ मा निर्वाचन आचारसंहिता: लोकतन्त्रको परीक्षाक्षण

चुनाव लोकतन्त्रको उत्सव मात्र होइन, जनताबाट अनुमोदित हुने गम्भीर प्रक्रिया हो। नागरिकले आफ्ना प्रतिनिधि छान्ने यो क्षण स्वतन्त्र, निष्पक्ष र विश्वसनीय हुन सकेन भने लोकतन्त्रको आधार कमजोर हुन्छ। त्यसैले निर्वाचनका बेला लागू हुने आचारसंहिता औपचारिक कागज होइन, लोकतान्त्रिक संस्कारको आधारस्तम्भ हो। चितवन क्षेत्र नं १ का मतदाताले यसपटक पनि दल र उम्मेदवारको व्यवहारबाट यही संस्कारको...

‘कम्युनिस्टको गढ’मा कोही छैनन् ढुक्क

यस क्षेत्रमा सामाजिक विविधता छ । ठाउँ अनुसारका समस्या र उस्तै सम्भावना पनि छन् । यहाँका उम्मेदवार यस्तै विषय समेटेर अहिले मत माग्दैछन् । चितवन — जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रको भूगोल दक्षिण राप्ती खोलाको तीरदेखि उत्तरमा कामिङचुली पहाडको शिरसम्म फैलिएको छ । १ लाख ४९ हजार ६ सय २१ मतदाता रहेको यस क्षेत्रमा तीन स्वतन्त्रसहित १८ उम्मेदवार प्रतिस्पर्धामा...

जनताको आक्रोश झेल्दै हरि ढकाल

अघिल्लो निर्वाचनमा ‘हेभिवेट’ नेताहरूलाई हराएर ढकाल चर्चामा आएका थिए । तर, जितेर गएपछि क्षेत्रका लागि कुनै काम नगरेको आरोप र मतदाताको असन्तुष्टि ढकालका लागि मुख्य चुनौती बनेको छ। ००० २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका नेतालाई पराजित गरेर चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल दोस्रो पटक चितवन–१ बाट उम्मेदवारी दिएका...

अर्थशास्त्रीको संसदीय प्रतिस्पर्धा

चितवन–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. कृष्णराज पन्त उम्मेदवार बनेका छन् । पूर्व माओवादी केन्द्रको कमजोर प्रभाव क्षेत्र मानिने यो क्षेत्रमा नेकपा (एकीकृत समाजवादी)ले कांग्रेसको समेत सहयोगमा २०७९ मा राप्ती नगरपालिका जितेको थियो । माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर नेकपा बन्नु अघि डा. पन्त एकीकृत समाजवादीकै नेता थिए । अघिल्लो निर्वाचनमा कांग्रेसको साथ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०