भरखरै सरस्वती पुजा सकियाे । कञ्चनपुर मा गजिराम सार्की ले पुजा कै दिन विभेद भाेग्नु पर्याे आफै ले पढाउने स्कुल मा आफ्नै शिक्षक बाट विभेद भाेगेका कुरा समाजिक सञ्जाल भरि छ ।
पछिल्लो समय धेरै जस्साे युवा साथिहरु चुनाव मा हुनु हुन्छ । युवा साथिहरु राजनीति यात्रा मा जाेडिनु राम्रो कुरा हाे । नया पार्टी अनि नया मान्छे काे टिन टिन आवाज घर गाउँ भरि सुनिन्छ । काेहि कानुन बनाउन हतार त काेहि बिकास काे नारा बजाउन हतार तर कानुन काे कार्यन्वयन गराउने नेता खै ?
दलित माथि हुने चुनाबि राजनीति मा तपाईं ले दलित समुदाय का लागि के साेच्नु भएकाे छ ?
जति पनि कानुन बने कार्यन्वयन नभै उल्टै हामी माथि अझै पनि छुवाछूत बर्करार नै छ। अझै पनि गजिराम ले छुवाछूत भाेग्नु परेकाे छ। यस्काे जवाफदेही तपाई अनि तपाई काे पार्टी हुने कि न हुने ?
प्रिय दलित मित्रहरु अब पनि हामी लाई दुई पैसा लाेभ , लालपुर्जा अनि जागिर र काेटा दिन्छु भन्ने काे पछाडि हैन ।
सम्मानजनक बाच्न पाउने अधिकार सुनिश्चित गर्ने लाई भाेट दिउ ।
