"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सेवा, संवेदना र स्वास्थ्य सचेतना

Table of Content

गाउँको माटोमा जन्मिएको उपचारको कथा

– शुकरात पौडेल, चितवन

नेपालको पश्चिम सुर्खेत जिल्ला, पञ्चपुरी नगरपालिका अन्तर्गत पर्ने बाबियाचौरमा Midpoint Health Care Research and Diagnostic Center सञ्चालन गर्ने क्रममा मैले गाउँको स्वास्थ्य यथार्थलाई नजिकबाट बुझ्ने अवसर पाएँ।

त्यहाँ धेरै बिरामीहरू सामान्य समस्या लिएर आउँथे — जस्तै उच्च रक्तचाप। “प्रेसर बढ्दा लौका–करेला खानु राम्रो” भन्ने जनविश्वासमा भर परेका पनि थुप्रै थिए। तर जाँच गर्दा वास्तविकता फरक देखिन्थ्यो। धेरै बिरामीहरू गम्भीर रक्तअल्पता (anemia), थाइराइड असन्तुलन र मिर्गौला रोगबाट पीडित थिए। बाहिर देखिने लक्षणले मात्र रोग छुट्याउन सकिँदैन भन्ने कुरा त्यहाँ झन स्पष्ट भयो।

आर्थिक अवस्था निकै कमजोर थियो। कोही बिरामी त पटुकीमा २५० रुपैयाँ बोकेर जाँच गराउन आउँथे। कतिपयका परिवारका सदस्य रोजगारीका लागि भारत गएका हुन्थे। यस्तो अवस्थामा उपचारभन्दा पहिले मानवता उभिन्थ्यो।

हामीले सकेसम्म निःशुल्क मिर्गौला परीक्षण सुरु गर्यौँ। Thyroid profile, HbA1c, Urea, Creatinine, Serum Albumin, 24-hour urine protein लगायतका जाँचहरू सञ्चालन गर्यौँ। आवश्यक परे RA, CRP, ADA परीक्षण पनि उपलब्ध गराइयो। कहिलेकाहीँ हामी घर–घर पुगेर सेवा दिन्थ्यौँ। बिरामीसँग पैसा नभए पनि उपचारबाट वञ्चित नहोस् भन्ने हाम्रो प्रयास रह्यो।

यस यात्रामा मेरा सकारात्मक र दयालु सहकर्मी धनिराम ओली र अतित सर को साथ अमूल्य रह्यो। उनीहरूको प्रेरणा, सहयोग र सेवाभावले धेरै काम सम्भव भयो। स्वास्थ्य सेवा केवल पेशा होइन, मानवीय जिम्मेवारी हो भन्ने भावना हामी सबैमा साझा थियो।

धेरै बिरामीलाई आवश्यक परे काठमाडौं तथा अन्य केन्द्रमा रेफर गर्यौँ। आर्थिक रूपमा कमजोरहरूलाई स्वास्थ्य बीमामा आबद्ध गराएर सरकारी सेवासम्म पुर्यायौँ। साना बच्चाको स्वास्थ्य सुधार हुँदा उसको अनुहारमा देखिने उज्यालो नै हाम्रो सबैभन्दा ठूलो पुरस्कार थियो।

आज विस्तारै गाउँमै X-ray लगायतका सुविधा उपलब्ध गराउन सकिरहेका छौँ। स्थानीयस्तरमै सेवा पुग्दा बिरामीको समय, खर्च र पीडा दुबै कम हुन्छ।

💡 सन्देश

स्वास्थ्यकर्मी भगवान् होइनन्, तर भगवान्‌ले पठाएका healer जस्तै हुन्। उनीहरूलाई सम्मान, माया र विश्वास दिनु आवश्यक छ। स्वास्थ्यकर्मीहरूले पनि SOP पालना, quality control र सेवाभावलाई प्राथमिकता

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

780087885_1448043407349670_8731533378900498026_n

पसाहा खोलामा गरियो गरिमाको अन्त्येष्टी

सिमराः सरकारसँग तीन बुँदे सहमति भएसँगै बलात्कारपछि हत्या गरिएकी बारा जीतपुरसिमरा-१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा...
Stop-Rape-1-768x466-1

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

चितवन, भदाै ७- आफ्नै १९ वर्षीया छोरीलाई डरधम्की दिएर जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले भरतपुरका...
Pathalaya-sadak-1787458606

चार दिनदेखि अवरुद्ध वीरगन्ज–पथलैया सडक खुल्यो

काठमाण्डौ — बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर चार दिनदेखि अवरुद्ध वीरगन्ज–पथलैया...
Visa-Amerikaa-1787464059

नेपालसहित ७५ देशका नागरिकलाई रोक्ने अमेरिकी नीति खारेज

काठमाण्डौ — अमेरिकी अदालतले ट्रम्प प्रशासनले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक...
sssss-1787465797

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाण्डौ — नेपाल र भारतका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन संयुक्त गस्तीको क्षेत्र...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०