"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर रेनु दाहाल

Table of Content

नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने। नौ वर्ष भरतपुरको मुहार फेरेर बिदा हुनै लाग्दा उनलाई भरतपुरवासीले मात्रै होइन सिंगो देशवासीले विकासको पर्याय भनेर चिन्ने अवस्थामा पुर्‍यायो।

यो अवस्था आउनुमा दाहालले खेलेको भूमिका भरतपुरवासीका लागि चिरस्मरणीय रहने छ। त्यसो त साँघुरो राजमार्ग, खाल्डाखुल्डी सहितका धुलाम्य सडकहरू, जीर्ण विद्यालय भवनजस्ता समस्यै समस्याले जेलिएको भरतपुरलाई अहिलेको अवस्थामा पुर्‍याउनुमा उनले रात दिन नभनी खेलेको भूमिका भरतपुरवासीले कहिल्यै भुल्ने छैनन्।

फराकिला र चिल्ला सडकमा रातिको समयमा पनि झलमल्लको उज्यालो छर्दै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन जस्ता क्षेत्रमा गरेको सुधार उनलाई भरतपुरले बिर्सन नसक्ने बनाउने कामहरू हुन्। वर्षातको समयमा रातमा निदाउन नपाउने नारायणी तटीय क्षेत्रका बासिन्दा लाग्छ वर्षायामको रातमा पनि रेनुलाई सपनामा देख्दै निदाउने समय आएको छ।

झण्डै नौ वर्ष अघि विसं २०७४ मा भरतपुर आउँदाको स्मरण गर्दै दाहालले भनिन्, ‘वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा पहिलो पटक निर्वाचन हुँदै थियो। भरतपुर महानगरको नगर प्रमुख पदमा मैले उम्मेदवार दिएर निर्वाचन प्रचारप्रसार गर्न जाँदाका दिनहरूको स्मरण अझै पनि ताजै छन्।’ उनले भावुक हुँदै भनिन्, ‘वैशाखको उखरमाउलो गर्मीमा पश्चिम चितवन सुक्खा थियो, मकैका बिरुवाहरू सुक्न थालेका थिए। नजिकै नारायणी बगिरहेको छ, बर्खामा मात्रै पानी आउने नहर त थियो, तर हिउँद र गर्मीमा सधैँ सुक्खा।’

आफूले भरतपुरको विकासको लागि आफ्नो जीवनको महत्त्वपूर्ण एक दशक समय खर्चिए भन्दै उनले अगाडि थपिन्, ‘मेरा आफ्ना निजी चाहाना र विषयहरूलाई पन्छाएको छु। हर समय, अविरल, अनवरत र निरन्तर भरतपुर कै विकास र यहाँका जनताको सुख दुःखमा आफूलाई एकाकार बनाएको छु।’ त्यसको अनुभूति भरतपुरवासीले पक्कै गरेका छन् भन्ने विश्वास उनले लिएकी छिन्।

आफूलाई भरतपुरको मायाले काठमाडौं बस्न नदिएको भन्दै उनले भनिन्, ‘न त निजी काममा रमाए नै, सारा समय नै भरतपुरको उन्नति, प्रगति, समृद्धि र विकासका लागि खर्चिएकामा मलाई गर्वको अनुभूति हुने गरेको छ।’ यी पलहरू आफ्नो जीवनमा सधैँ स्वर्णिम रहने उनको विश्वास छ। उनले थपिन् ‘बदलिएको भरतपुर, विकसित भरतपुर, समृद्ध, हरियाली र उज्यालो भरतपुर आज हामीले पाएका छौँ।’

आफू पहिलो पटक भरतपुरको चुनावी प्रचारमा जाँदा विद्यालय भवनहरू जीर्ण, स्वास्थ्य सेवा भरतपुरको कोर क्षेत्रमा सीमित, किसानहरू दूध बिक्री नभएर सडकमा पोख्नु पर्ने अवस्था, आर्सेनिक मिसिएको पानी खानुपर्ने विवशता, विद्यालय जाने उमेर समूहका कतिपय बाबु नानीहरू विद्यालय नजाने अवस्था देख्दा आफूलाई यी सबैको समाधान त्यति बेलादेखि नै सपना देख्ने गरेको उनले बताइन्। उनले भनिन्, ‘जनताको घरदैलो गर्दै गर्दा यी यावत समस्याहरूले मेरो मथिँगल हल्लाउँथ्यो। सोच्दा पनि कहाली लाग्दा थिए।’  

यी सबैलाई एक एक गर्दै समाधान गर्नुपर्ने चुनौती आफूमा रहेको भन्दै उनले भनिन्, ‘भरतपुरमै जन्मिएको, यहीँको माटोमा मेरो नाभि गाडिएको एक छोरी हुनुको नाताले यहाँको विकासका लागि मैले केही पक्कै गर्नु थियो। चुनौतीहरूको सामना गर्ने अवसर पनि प्राप्त भयो।’

दाहालले आफू प्रमुख हुने बेला कालोपत्रे सडकमा हिँड्न पूर्वपश्चिम राजमार्गमा नै आउनुपर्ने बाध्यता रहेको स्मरण गरिन्। तर आज घरघरमा र खेत खेतसम्म पनि कालोपत्रे सडक बनिसकेको उनको भनाइ छ। उनले भनिन्, ‘भएका साँघुरा सडक फराकिला र कालोपत्रे बनेका छन्, बर्खामा डुब्ने सडकमा नाली बनाएका छौँ।’ भरतपुरको केन्द्र भागबाट बढीमा ३० मिनेटमा हरेक गन्तव्यमा पुग्न सकिने गरी सडक निर्माण भएको छ।

महानगरपालिकामा बितेका नौ वर्षमा एक हजार ७२ किलोमिटर नयाँ सडक कालोपत्रे भएको छ। ‘पूर्वपश्चिम राजमार्ग भन्दा लामो सडक हामीले भरतपुरमा कालोपत्रे गरेका छौँ’, उनले थपिन्, ‘अनि हामीले सडक मात्रै कहाँ बनायौँ र ? सडक बत्तीहरू राख्यौँ, झिलिमिली बनायौँ, अँध्यारो हटायौँ। डर हटायौँ। भरतपुरवासीको आत्मविश्वास जगायौँ।’

सडक र सहर नै फोहर र कुरूप पार्ने बिजुलीका तारहरूलाई जमिनमुनि गाडेको भन्दै उनले मुख्य बजार र राजमार्ग क्षेत्रको २३ किलोमिटर सडकमा विद्युत् तारलाई भूमिगत बनाएको बताइन्। स्मार्ट सडक बत्ती, हाई तथा मिनी मास्ट जडान गरेको, २०६ किमीमा सडक बत्ती, महानगरका विभिन्न सडक चोकमा ९१ वटा हाइमास्ट तथा मिनिमाष्ट जोडेर भरतपुरलाई उज्यालो सहर बनेको छ।

भरतपुर महानगरपालिकालाई डिजिटल प्रणालीमा प्रविष्ट गर्न डिजिटल हाउस होल्ड नम्बरिंगको काम सुरु भएको छ भने अत्याधुनिक प्रविधि जडित ४१८ वटा सिसिटिभी क्यामेरा महानगरका मुख्य तथा संवेदनशील क्षेत्रमा जोड्ने काम भइरहेको छ। यसले अपराध नियन्त्रण र सवारी दुर्घटना रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने छ। सडक पूर्वाधारमा अर्को ऐतिहासिक काम नेपालकै सबैभन्दा लामो ८८ दशमलव छ किमी चक्रपथ (रिङरोड) निर्माण संघीय सरकारको सहयोगमा गरिएको छ।

महानगरपालिकाको पहलमा संघीय सरकारबाट अर्बौको लागतमा नारायणी नदीमा तटबन्ध गरेर समस्याको दीर्घकालीन समाधान गरिएको छ। तटबन्ध गरिएको ठाउँहरू भोलिका दिनमा पर्यटकीय केन्द्र बन्न सक्ने आधार तयार भएको छ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका महानगरका विभिन्न वडाहरूमा जंगली जनावरको डर उत्तिकै थियो। घर बाहिर निस्कँदा ती जनावरको आक्रमणबाट ज्यान जाने खतरा त थियो नै, लगाएको खेती बाली पनि खाइदिने समस्या पनि उस्तै थियो। २६ किलोमिटर लामो मेसजाली निर्माण गरेर जनतालाई सुरक्षित राख्ने काम गरिएको उनले बताइन्।

भरतपुरका नहर नपुगेको ठाउँमा १२ महिना नै सिँचाइ पुग्ने गरी भूमिगत सिँचाइको व्यवस्था गरिएको छ। नारायणी लिफ्ट हिउँदमा समेत चल्ने भएपछि यहाँका किसानहरू त खुसी भएकै छन्, सबैतिर हरियाली पनि छाएको छ। बोरिङ तथा स्यालो ट्युबवेलबाट भरतपुरमा झण्डै आठ हजार बिगाहा जमिनमा सिँचाइ सुविधा पुगेको छ। भूमिगत पानी निकाल्नका लागि १२० वटा स्यालो बोरिङ तथा ८०० वटा ट्युबवेल निर्माण गरिएको छ। महानगरपालिकाले ५० प्रतिशत अनुदानमा रु दुई करोड बराबरका किसानलाई कृषि उपकरण वितरण गरेको छ।

महानगरका दूध उत्पादक किसानले प्रतिलिटर दूधमा चार रुपैयाँ अनुदान पाएका छन्। झण्डै २२ करोड रुपैयाँ दूधमा अनुदान बाँडेको महानगर किसानहरूको विश्वासिलो अभिभावक बनेको छ। दूधमा नगद अनुदानको नीतिले प्रतिवर्ष औसत पाँच लाख लिटरको दरले दूध उत्पादन बढेको उनको दाबी छ।

युवालाई सीप सिकाएर देशभित्र नै स्वरोजगार र स्वावलम्बी बनाउने प्रयासअन्तर्गत महानगरले सैलुन, केयर गिभर, ब्युटिसियन, कुक, वेटर, हाउस किपिङ, फेसन डिजाइनर, प्लम्बिङ, इलेक्ट्रिसियन तालिमहरू महानगरले चलाएको छ। यहाँको पर्यटन क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चिनाउन तथा आर्थिक गतिविधिलाई उकास्न सन् २०२४ मा भरतपुर भ्रमण वर्ष मनाएर पर्यटकीय क्षेत्रलाई चलायमान बनाउन सहयोग गरेको छ।

भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्दैछ। भवनले मात्रै भरतपुरको हवाई उडान समस्या समाधान नहुने भएपछि महानगरपालिकाको पहलमा विमानस्थलको रनवे विस्तार गर्ने कामको सहजीकरण गरिएको छ।

राष्ट्रिय गौरवको परियोजनाका रूपमा भरतपुर–१५ मा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य तीव्र रूपमा अघि बढेको छ। नारायणी नदीमाथि  आकर्षक सिग्नेचर पुल निर्माणको कामलाई अगाडि बढाउन महानगरपालिकाले गरेको प्रयत्न निकै लामो छ। यो आकर्षक र अत्याधुनिक पुल नारायणगढको पुल्चोक–टिकौलीसम्म बनेको आकर्षक छ लेनको सडकमा जोडिँदा भरतपुरको सान र स्वरूप फेरिएको छ।

छ लेनको सडक भरतपुरको विकासको एक मानकका रूपमा स्थापित बनेको छ। हरियाली र फूलहरूसहित आकर्षक बनेको यो सडक रातको समयमा झिलिमिली देखिन्छ। भरतपुर बाइपास सडकले पनि भरतपुरको गौरव बढाएको छ। यी दुवै सडकको सौन्दर्यकरण तथा वृक्षारोपणको काम महानगरपालिकाले गरिरहेको छ।

भरतपुर महानगरपालिकाले बितेको नौ वर्षमा आफूलाई सुशासन र आर्थिक पारदर्शिता कायम राख्ने काम गरेको छ। न्यून बेरुजु र शून्य बेरुजु बनाउने तथा कार्यसम्पादनमा देशभरिका महानगरपालिकाका मध्ये भरतपुर उत्कृष्ट बन्न सफल भयो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान भरतपुरले प्राप्त गर्न सफल भएको छ।

महानगरको आन्तरिक आम्दानीलाई क्रमशः बढाउँदै लग्यौँ र अहिले महानगरको आन्तरिक आम्दानी करिब एक अर्ब ४० करोड रुपैयाँ पुगेको छ। सार्वजनिक विद्यालयको गुणस्तर उकास्दै यो अवधिमा झण्डै १०० साना ठुला विद्यालय भवन बनेका छन्। कतिपय विद्यालयलाई बसहरू प्रदान गरिएको छ। सामुदायिक विद्यालयमा आठ हजार विद्यार्थी थप भएका छन्।

भरतपुर अस्पतालमा ज्येष्ठ नागरिक र महिलाहरूलाई बहिरंग टिकट निःशुल्क गर्ने जस्ता कामहरू मात्रै गरिएका छैनन्, महानगरका २९ वटै वडामा स्वास्थ्य संस्था स्थापना भई एक वडा, एक स्वास्थ्य संस्थाको लक्ष्य प्राप्ति भइसकेको छ। भरतपुरका सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरूको बाल उमंग जीवन बिमा कार्यक्रम चलिरहेको छ। प्रसूति गराउने महिलाहरूका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था महानगरले गरेको छ।

फोहरले भरिएका र अतिक्रमणको चपेटामा परेका पुंगी खोला र केरुंगा खोला सौन्दर्यकरणले चिटिक्क परेका छन्। भरतपुरको मध्यभाग भएर बग्ने ६.६५ किमी लामो पुंगी र ३६ किमीको केरुंगा खोलाको सौन्दर्यकरणको काम भइरहेको छ।

भरतपुरका विभिन्न ठाउँमा ठुला ठुला खाने पानीका ओभरहेड ट्यांकीहरू निर्माण गरिएका छन्। शुद्ध पिउने पानीको पहुँच भरतपुरका ९८ प्रतिशत जनताको बिचमा पुगेको छ। ठुला सभा सम्मेलन गर्नका लागि सभागृह बनिरहेको छ।

वातावरण प्रदूषण कम गराउन देवघाटमा विद्युतीय शव दाह गृह निर्माण गरिएको छ। भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी पुलबाट उत्तरतर्फ नदी किनारलाई सी–बिच मोडलको रूपमा विकास गर्न महानगरपालिकाले ६४० मिटर लामो तटबन्ध तयार गरी एक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिएको छ। महानगरका २९ वडामध्ये १७ वटा वडाका नयाँ भवन बनेका छन्। थप केही बन्ने क्रममा छन्। नारायण अधिकारी/रासस

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

रत्ननगरका डिएसपी भट्ट बागमतीकै उत्कृष्ट प्रहरी : जटिल मुद्दामा सफलता

रत्ननगर , ६ फागुन । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्ट बागमती प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले अपराध अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै डिएसपी भट्टलाई २०८२ साल माघ महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको हो । बागमती प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी)...

दुविचौरस्थित श्री सत्येश्वर शिवालय मन्दिरमा महाशिवरात्रि विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम हुँदै

राप्ती नगरपालिका वडा नं. १ दुविचौरस्थित श्री सत्येश्वर शिवालय मन्दिरमा २०८२ साल फाल्गुन ३ गते महाशिवरात्रिको पावन अवसरमा विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। महाशिवरात्रि पर्वलाई भव्य र व्यवस्थित रूपमा मनाउने उद्देश्यले मन्दिर व्यवस्थापन समितिको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो। आयोजकका अनुसार महाशिवरात्रिको दिन विहान ६ बजेदेखि रातभरसम्म विभिन्न धार्मिक तथा...

राप्तीमा स्व मातापिताको सम्झनामा छोर्तेन तथा स्तुपा निर्माण गरिने

राप्ती / पूर्वी चितवन राप्ती नगरपालिका वडा न ७ मा स्थित साँघ छेवाङ्ग टासी बौद्ध गुम्बा परिसरमा बौद्ध धर्मका अनुयायीहरूका लागि आस्थाका धरोहर २ स्तुपा, चैत्य छोर्तेन निर्माण हुने भएको छ । स्वर्गीय माता पिता बुद्धि कुमारी नेगी तामाङ् र आइते सिंह रुम्बा लामाको सम्झनामा उनका छोरा बुहारीहरुले उक्त चैत्य तथा छोर्तेन निर्माण गर्न लागिएको...

नेकपाको चितवन चुनावी कमाण्डर सुर्य सुवेदी

चितवन : नेपाली कम्युनिष्ट पार्टी, चितवनले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन समिति गठन गरेको छ। कम्यूनिष्ट पार्टीको जिल्ला कार्यदलका सदस्यहरू पार्टी इन्चार्ज घनश्याम दाहाल, केन्द्रीय सदस्य अशोक थापा, पार्टी संयोजक रामचन्द्र अधिकारी (आरसी), केन्द्रीय सदस्य नरेन्द्र कन्दवङवा र सहितको जिल्लास्तरीय विशेष बैठकले युवा नेता सूर्य सुवेदी (पथिक)लाई निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी...

उमेदवारहरु भन्छन्– ‘कांग्रेस–एमालेले चुनाव जित्नुपर्छ’

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर १ का दुई उमेदवारले कांग्रेस र एमालेमध्ये एक पार्टीले चुनाव जित्ने बताएका छन् । सहिद दिवसको अवसरमा जनआदर्श बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा नेपाली कांग्रे्रेसका उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी र नेकपा एमालेका उमेदवार दावादोर्जे लामाले दुई पार्टीमध्ये एकले चुनाव जित्नुपर्ने बताएका हुन् । एउटै मञ्चबाट चुनावी सौदार्हता देखाउँदै जीत–हार जे भए...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०