"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्ती नगरपालिका वडा नं. ८ मा पीडित सेवा संघको सामाजिक परीक्षण सम्पन्न, संस्थागत पारदर्शिता र समुदायप्रतिको प्रतिबद्धता उजागर

Table of Content

चितवन – बुधवार, राप्ती नगरपालिका वडा नं. ८ मा सहभागीमूलक अध्ययन, सामाजिक रूपान्तरण तथा जैविक विविधता संरक्षणका क्षेत्रमा क्रियाशील पीडित सेवा संघले यस आर्थिक वर्षमा सञ्चालन गरेका योजना तथा कार्यक्रमहरूको सामाजिक परीक्षण सम्पन्न गरेको छ। कार्यक्रममा सरोकारवालाहरू, स्थानीय प्रतिनिधि, सुरक्षा निकाय, लाभान्वित समूह र समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सहजिकरण पुर्ण बहादुर मगरले गर्नुभएको थियो।

सामाजिक परीक्षण मार्फत संघले आफ्नो संस्थागत पारदर्शिता, जवाफदेहिता र सुशासनप्रतिको प्रतिबद्धता स्पष्ट पारेको छ। चालु आर्थिक वर्षको बजेट व्यवस्थापनमा सुधार, स्रोतसाधनको प्रभावकारी उपयोग, दातृ निकायसँग पारदर्शी प्रस्तुति, कार्यक्रम तथा परियोजनाले लक्षित समूहमा पारेको प्रभावको मूल्याङ्कन, खर्च विवरण सार्वजनिक गर्ने लगायतका विषय उजागर भएका छन्। सामाजिक परीक्षणले समुदायसँगको संवाद, सहभागिता र लाभान्वित वर्गसँगको दोहोरो संचारमा वृद्धि भएको देखाएको छ। साथै, कार्यक्रम सञ्चालनका क्रममा आएका चुनौती, उपलब्धि र सिकाइहरू सार्वजनिक गरी भविष्यका योजना कार्यान्वयनमा पृष्ठपोषण लिने अभ्यास पनि स्थापित गरिएको छ।

यस अवसरमा वडा नं. ८ का अध्यक्ष पुर्ण प्रसाद आचार्यले संघको योगदानको प्रशंसा गर्दै भन्नुभयो, “अभिभावकविहीन, अपराध वा अन्य कारणले प्रभावित बालबालिका, महिला र ज्येष्ठ नागरिकलाई केवल आर्थिक सहयोग पर्याप्त हुँदैन, आत्मबल, विश्वास र न्यायको अनुभूति दिलाउनु आवश्यक छ। पीडित सेवा संघले यही काम गरिरहेको छ।” उहाँले आगामी दिनमा संघसँग सहकार्य गर्दै सचेतनामूलक कार्यक्रम, समुदाय सहभागिता, स्रोत व्यवस्थापन र दीर्घकालीन सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी लक्ष्मी आचार्यले संघले कमजोर वर्गको संरक्षण र सशक्तीकरणमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले पीडितलाई कानुनी सहायता, मनोसामाजिक परामर्श र पुनःस्थापना कार्यक्रममार्फत आत्मनिर्भर बनाउन संघले गरेको योगदानको प्रशंसा गर्नुभयो।

इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख रुपेश बिष्टले भने, “सुरक्षा र न्याय केवल प्रहरीको जिम्मेवारी नभई समुदाय र संस्थाको सहकार्य बिना पूर्ण हुँदैन। पीडित सेवा संघले यही पुलको काम गर्दै आएको छ।”

वीरेन्द्र आदर्श विद्यालयका प्रधानाध्यापक सोमनाथ तिवारीले संघसँगको सहकार्यले अभिभावकविहीन बालबालिकाको शिक्षा, मनोबल र भविष्य सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

संस्थापक निर्देशक दिनानाथ न्यौपानेका अनुसार संघले विगत वर्षहरूमा सञ्चालन गरेका परियोजना र कार्यक्रमहरूले समुदायमा सकारात्मक प्रभाव पारेको छ। उहाँले भन्नुभयो, “सहभागितामूलक अभ्यास, सामाजिक परीक्षण र नियमित मूल्याङ्कनमार्फत संघले पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता सुनिश्चित गर्दै आएको छ। आगामी दिनमा पनि समुदायसँगको सहकार्य र सामाजिक न्यायमा योगदान निरन्तर जारी रहनेछ।”

सामाजिक परीक्षणले संघको संस्थागत पारदर्शिता, लाभान्वित वर्गप्रतिको जवाफदेहिता, समुदायसँगको विश्वास र सहभागितामूलक विकासमा महत्वपूर्ण योगदान देखाएको छ। सहभागी वक्ताहरूले यस्तो अभ्यासले दीर्घकालीन सामाजिक रूपान्तरण, मानवअधिकार संरक्षण र स्थानीय स्तरमा सुशासन प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने बताएका छन्।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

आईपीयू महासभामा जलवायु विपद् सम्बन्धी नेपालको प्रस्ताव बहुमतले पारित

काठमाण्डौ – तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले पेश गरेको जलवायुजन्य विपद् न्यूनीकरणसम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाइभन्दा बढी मतले पारित भएको छ । सभामुख डोलप्रसाद (डीपी)अर्यालले प्रस्तुत गर्नुभएको ‘हिमालय क्षेत्र र अन्य जोखिमयुक्त क्षेत्रहरूमा जलवायुजन्य विपद् सम्बोधन र उत्थानशीलता अभिवृद्धि’ शीर्षकको प्रस्ताव महासभाले छलफलको मुख्य एजेण्डाका रूपमा स्वीकार गरेको हो । सभामुख...

मैले अरू कसैले नगरेकाे काम गरेकाे छु, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गर्दै आफूले दोस्रो कार्यकाल शुरू गरेयता ८ वटा युद्ध अन्त्य गराएको जिकिर गर्नुभएको छ । ओभल अफिसमा हिजो पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले पुरस्कार पाए पनि/नपाए पनि शान्तिका लागि अरूभन्दा धेरै काम गरेको दाबी गर्नुभएकाे समाचार संस्था एएनआईले जनाएकाे छ...

चितवनको बधस्थल अस्तव्यस्त : ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका

चितवन,असोज २२- माडी नगरपालिकामा आगामी मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन २०५५’ पूर्ण रूपमा लागू गरिने भएको छ । नगरपालिकाले सरोकारवालासँग छलफल गरी मासु जाँच ऐन २०५५ कार्यान्वयन गर्ने मिति तय गरेको हो । नगरपालिकाले नगरभित्रका बधस्थलको नक्साङ्कन गर्ने र तोकिएको मापदण्ड पुगेका बधस्थललाई अनिवार्य दर्ता भई व्यवसाय सञ्चालन गर्नुपर्ने जनाएको छ । स्वच्छ, स्वस्थ...

चितवनको इच्छाकामना अस्पताल नयाँ भवनमा सर्‍यो, १५ शय्याबाट सेवा सञ्चालन

चितवन,असोज २२ – इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार सङ्घीय सरकारको रु १४ करोड ५० लाख लागतमा निर्मित भवनमा १५ शय्या छ । यसअघि गाउँपालिका कार्यालय परिसरमा रहेको पुरानो भवनबाट अस्पताल सञ्चालन हुँदै आएको थियो । यस अस्पतालमा पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा...

राप्ती नगरपालिकाद्वारा भोटेकोसी बाढीपीडितलाई १० लाख रुपैयाँको ब्ल्याङ्केट सहयोग, १३ लाख रुपैया बराबर राहत कोषमा जम्मा

काठमाडौ । चितवनको राप्ती नगरपालिकाले भोटेकोसी बाढीबाट प्रभावित तथा विस्थापित परिवारलाई लक्षित गर्दै जाडोका लागि न्यानो कपडा सहयोग गरेको छ। नगरपालिकाले रसुवाको गोसाइँकुण्ड गाउँपालिकालाइ करिब १० लाख रुपैयाँ बराबरका ५०१ थान ब्ल्याङ्केट उपलब्ध गराएको हो। बाढीपछि प्रभावित क्षेत्रमा जाडो बढ्दै गएसँगै पीडित परिवारलाई राहत पुग्ने उद्देश्यले नगरपालिकाले ब्ल्याङ्केट उपलब्ध गराएको जनाएको छ। यसअघि पनि राप्ती...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०