"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

जितिया पर्वको निराहार व्रत समापन

काठमाण्डौ – सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत आज समापन भएको छ । तीन दिनसम्म विभिन्न विधि पूरा गरी मनाइने जितिया पर्वअन्तर्गत शुक्रबार राति ‘ओगटन’ (दर) खाएर महिलाले व्रत शुरु गरेका थिए । शनिबार पानीसमेत नखाई निराहार व्रत बसेका महिलाले आज बिहान नुहाइधुवाइ गरी व्रत समापन गरेका हुन् ।...
Read more

कांग्रेसको १५औँ महाधिवेशन : नेतृत्व पुस्तान्तरणदेखि नीति र पार्टी एकतासम्मको बहस

काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाण्डौमा शुरु हुँदैछ । महाधिवेशन उद्घाटन समारोह खुलामञ्चमा दिउँसो २ बजे हुनेछ । महाधिवेशनका लागि देशभरबाट ७ हजार भन्दा धेरै महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् । महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेसन शुल्क ३ हजार ५ सय रुपैयाँ तोकिएको छ । महाधिवेशनमा विदेशी प्रतिनिधिहरुलाई पनि आमन्त्रण गरिएको छ । उद्घाटन समारोहपछि महाधिवेशनको बन्दसत्र...
Read more

चितवनमा ई–स्पोर्ट्सको नयाँ कार्यसमितिः सुशिल कार्कीको नेतृत्वमा जिल्ला समिति गठन

भरतपुर, असोज १७ – परम्परागत खेलकुदसँगै प्रविधिमा आधारित खेलको सम्भावना पनि विस्तार हुँदै गएको बेला चितवनमा ई–स्पोर्ट्स संघ जिल्ला समिति गठन भएको छ। भरतपुर कभर्डहलमा शनिबार आयोजित कार्यक्रममा जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष राजन कार्कीको प्रमुख आतिथ्यतामा नयाँ कार्यसमिति गठन गरिएको हो। नवगठित समितिको अध्यक्षमा सुशिल कार्की चयन भएका छन्। उपाध्यक्षमा आशिष सुबेदी र...
Read more

चितवनमा विद्युतीय सवारी सम्बन्धी सचेतना कार्यक्रम, धेरैजसो इभी सवारी दुर्घटना मानविय कारण

चितवन, असोज १७– चितवनमा विद्युतीय सवारी साधान सम्बन्धी सचेतना मुलक कार्यक्रम गरिएको छ । चितवन अटोमोबाइल डिलर एशोसियशन (काडा)ले आज (शनिबार) व्यवसायी तथा सेवाग्राहीलाई विद्युती गाडी प्रयोग सम्बन्धी जानकारी दिएको हो । पछिल्लो समय विद्युतीय सवारी साधनमा नकरात्मक हल्ला फैलिएपछि व्यवसायी तथा सेवाग्राहीलाई यसको गुणस्तर तथा विशेषताको विषयमा जानकारी दिनको लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले...
Read more

दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत

काठमाण्डाै – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाएका ६ जनाकै पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार १८ जना यात्रु लिएर नेपालगञ्जबाट काठमाण्डाैतर्फ गुडिरहेको बस बिहान विनयीत्रिवेणी गाउँपालिका–२ दाउन्नेमा रहेको एसमोडमा पल्टिएको थियो । दुर्घटनामा परेर बसका चालक बाँकेको खजुरा गाउँपालिका–२ का सुरेश बिसी, कोहलपुर नगरपालिका–३ का दीपेन्द्र...
Read more

बेनी–जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

काठमाण्डाै – गएकाे हप्ताकाे वर्षापछिको बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा मर्मतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ । असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढी पहिरोले मालढुङ्गाबाट घाँसासम्म झन्डै ५० किलोमिटर दूरीमा ४६ भन्दा धेरै ठाउँमा सडक अवरुद्ध भएको थियो । मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग...
Read more

कांग्रेस महाधिवेशन : देउवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने

काठमाण्डाै – नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी पूरा भएको जनाएको छ । महाधिवेशनस्थलमा आज पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसले महाधिवेशनको तयारी पूरा भइसकेको जानकारी दिनुभएको हो । चालिसेका अनुसार महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहे पनि यस पटक पूर्वसभापति शेरबहादुर देउवामार्फत गराउने प्रयास गरिएको छ । तर देउवा उपस्थित नभएमा सभापति गगन थापाले नै उद्घाटन...
Read more

बेलायतमा कोभिडका कारण अस्पताल भर्ना हुनेको सङ्ख्या झन्डै ५० प्रतिशतले बढ्यो

बेलायतमा एक हप्तामै कोभिड सङ्क्रमणका कारण अस्पताल भर्ना हुनेहरूको सङ्ख्या झन्डै ५० प्रतिशतले बढेको छ । ‘स्ट्र्याटस’ भनेर चिनिने ‘एक्सएफजी’ भेरियन्टको प्रभाव बढ्दै जाँदा लन्डन सबैभन्दा धेरै प्रभावित भएको ‘टाइम्स नाउ’ ले जनाएको छ । विभिन्न सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार बेलायतको ‘हेल्थ सेक्युरिटी एजेन्सी’ (यूकेएचएसए) को नयाँ तथ्याङ्कले प्रति १ लाख जनसङ्ख्यामा अस्पताल भर्ना हुने साप्ताहिक...
Read more

भारतको जन्तरमन्तरबाट ७०० भन्दा धेरै प्रदर्शनकारी पक्राउ

काठमाण्डौ – भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै शुरु भएको प्रदर्शनका क्रममा प्रहरीले ७०० जनाभन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।  राजधानी दिल्लीको जन्तरमन्तरबाट उनीहरू पक्राउ परेका बीबीसी हिन्दीले जनाएको छ । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै कक्रोज जनता पार्टी (सीजेपी)ले आन्दोलन शुरु गरेको हो । यसअघि अन्य स्थापित विपक्षी दलहरूले...
Read more

एशियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तान खेल्दै

जापानमा चलिरहेको एशियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तानले खेल्दैछन् । यो खेल निशिनमा रहेको करोगी स्पोट्र्स पार्कमा नेपाली समयअनुसार बिहान पौने ११ बजे शुरु हुनेछ । यसअघि बिहीबार भएको दोस्रो सेमिफाइलनमा पाकिस्तानले बङ्गलादेशलाई ६ विकेट र भारतले श्रीलङ्कालाई १२४ रनले हराउँदै फाइनलमा पुगेका हुन् । एशियाली खेलकुदमा क्रिकेटको स्वर्ण...
Read more
1 2 3 4 5 … 65

Trending News

Editor's Picks

आईपीयू महासभामा जलवायु विपद् सम्बन्धी नेपालको प्रस्ताव बहुमतले पारित

काठमाण्डौ – तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले पेश गरेको जलवायुजन्य विपद् न्यूनीकरणसम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाइभन्दा बढी मतले पारित भएको छ । सभामुख डोलप्रसाद (डीपी)अर्यालले प्रस्तुत गर्नुभएको ‘हिमालय क्षेत्र र अन्य जोखिमयुक्त क्षेत्रहरूमा जलवायुजन्य विपद् सम्बोधन र उत्थानशीलता अभिवृद्धि’ शीर्षकको प्रस्ताव महासभाले छलफलको मुख्य एजेण्डाका रूपमा स्वीकार गरेको हो । सभामुख...

मैले अरू कसैले नगरेकाे काम गरेकाे छु, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गर्दै आफूले दोस्रो कार्यकाल शुरू गरेयता ८ वटा युद्ध अन्त्य गराएको जिकिर गर्नुभएको छ । ओभल अफिसमा हिजो पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले पुरस्कार पाए पनि/नपाए पनि शान्तिका लागि अरूभन्दा धेरै काम गरेको दाबी गर्नुभएकाे समाचार संस्था एएनआईले जनाएकाे छ...

चितवनको बधस्थल अस्तव्यस्त : ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका

चितवन,असोज २२- माडी नगरपालिकामा आगामी मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन २०५५’ पूर्ण रूपमा लागू गरिने भएको छ । नगरपालिकाले सरोकारवालासँग छलफल गरी मासु जाँच ऐन २०५५ कार्यान्वयन गर्ने मिति तय गरेको हो । नगरपालिकाले नगरभित्रका बधस्थलको नक्साङ्कन गर्ने र तोकिएको मापदण्ड पुगेका बधस्थललाई अनिवार्य दर्ता भई व्यवसाय सञ्चालन गर्नुपर्ने जनाएको छ । स्वच्छ, स्वस्थ...

चितवनको इच्छाकामना अस्पताल नयाँ भवनमा सर्‍यो, १५ शय्याबाट सेवा सञ्चालन

चितवन,असोज २२ – इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार सङ्घीय सरकारको रु १४ करोड ५० लाख लागतमा निर्मित भवनमा १५ शय्या छ । यसअघि गाउँपालिका कार्यालय परिसरमा रहेको पुरानो भवनबाट अस्पताल सञ्चालन हुँदै आएको थियो । यस अस्पतालमा पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा...

राप्ती नगरपालिकाद्वारा भोटेकोसी बाढीपीडितलाई १० लाख रुपैयाँको ब्ल्याङ्केट सहयोग, १३ लाख रुपैया बराबर राहत कोषमा जम्मा

काठमाडौ । चितवनको राप्ती नगरपालिकाले भोटेकोसी बाढीबाट प्रभावित तथा विस्थापित परिवारलाई लक्षित गर्दै जाडोका लागि न्यानो कपडा सहयोग गरेको छ। नगरपालिकाले रसुवाको गोसाइँकुण्ड गाउँपालिकालाइ करिब १० लाख रुपैयाँ बराबरका ५०१ थान ब्ल्याङ्केट उपलब्ध गराएको हो। बाढीपछि प्रभावित क्षेत्रमा जाडो बढ्दै गएसँगै पीडित परिवारलाई राहत पुग्ने उद्देश्यले नगरपालिकाले ब्ल्याङ्केट उपलब्ध गराएको जनाएको छ। यसअघि पनि राप्ती...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०