"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ, कात्तिक २७ – सरकारले छठ पर्वको अवसरमा आगामी सोमबार (कात्तिक ३० गते) पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार सार्वजनिक बिदासम्बन्धी सूचना जारी गर्दै छठ पर्वको भोलिपल्ट सोमबारसमेत सार्वजनिक बिदा हुने जनाएको हो । मन्त्रालयका अनुसार छठ पर्वको पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएर भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएपछि व्रत...
Read more

सुनको भाउ १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाण्डौ – सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १२ हजार ६०० रुपैयाँ र चाँदी १५५ रुपैयाँले घटेको हो । सुनको भाउ आज तोलाको २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि गएको सोमवार सुन तोलाको २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो...
Read more

आर्थिक गणनामा ६ वटा प्रदेशको लगत प्रशोधन सम्पन्न

काठमाण्डौ – राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणना अन्तर्गत ६ वटा प्रदेशका व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन कार्य सम्पन्न गरेको छ । कार्यालयले कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क प्रशोधन पूरा गरेको हो । बाँकी बागमती प्रदेशका प्रतिष्ठानको तथ्याङ्क प्रशोधन कार्य भइरहेको गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका...
Read more

राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार न्याय परिषद्को सिफारिशमा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयका अनुसार डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा...
Read more

तिहार बिदापछिको पहिलो कारोबार दिन शेयर बजार घट्याे

काठमाण्डाै – तिहार बिदापछिको पहिलो कारोबार दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६.३२ अङ्कले घटेर २ हजार ६४८.८९ विन्दुमा झरेको छ । नेप्से अघिल्लो शुक्रवार २० गतेपछि आज खुलेको हो । आज विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ । आज १६०...
Read more

चीन भ्रमणलाई घुमघाममा मात्र सीमित नराख्न रास्वपा सांसदलाई प्रधानमन्त्रीकाे निर्देशन

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई चीन भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिनुभएको छ । पर्सि आइतवार कात्तिक २९ देखि आउँदाे मङ्सिर १० गतेसम्म हुने चीन भ्रमणबारे आज प्रधानमन्त्री शाहलाई जानकारी गराउने क्रममा भएको भेटपछि रास्वपा प्रमुख सचेतक कविन्द्र...
Read more

रासायनिक मल वितरणमा विभेद र मनोमानी भएको जनजागृत हरियाली सहकारीको आरोप

राप्ती, चितवन । राप्ती नगरपालिकाबाट रासायनिक मल वितरणका क्रममा विभेद, अपारदर्शिता तथा मनोमानी भएको भन्दै श्री जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था लिमिटेडले आपत्ति जनाएको छ । राप्ती नगरपालिका–५, भण्डारामा आयोजित पत्रकार सम्मेलनमार्फत सहकारीले नगरपालिकाको मल वितरण प्रणालीप्रति असन्तुष्टि जनाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो । पत्रकार सम्मेलनमा सहकारीका अध्यक्ष धर्मराज कँडेलले...
Read more

भीमफेदी दुर्घटना : क्षतिपूर्तिको माग राखेर परिवार र आफन्तले शव उठाउन मानेनन्

काठमाण्डाै – मकवानपुरको भीमफेदीमा हिजो बिहान भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएकाहरूको शव उठाउन परिवार र आफन्तले मानेका छैनन् । उनीहरूले सङ्घीय सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । काठमाण्डौबाट सर्लाहीका लागि छुटेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा सडकबाट खसेर दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो । तीमध्ये...
Read more

भीमफेदीमा भएको दुर्घटनाप्रति प्रधानमन्त्री कार्यालयले दुःख व्यक्त गर्‍याे

काठमाण्डाै – मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा हिजो भएको माइक्रोबस दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुःख व्यक्त गरेको छ । कार्यालयले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा समवेदनासहित घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । कार्यालयका सहसचिव एवम् प्रवक्ता हेमराज अर्यालले विज्ञप्तिमार्फत दुर्घटनाको वास्तविक कारण पहिचान गर्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन...
Read more

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

महोत्तरी । दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु हुँदै गरेको छठ पर्वका अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । चार दिनसम्म मनाइने यस पर्वको तयारीमा स्थानीयवासी जुटेका छन् । आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारी स्वरूप मिथिला क्षेत्रका घरघरमा छठका गीत गुन्जिन थालेका छन् । सूर्यदेव...
Read more
1 … 3 4 5 6 7 … 90

Trending News

Editor's Picks

शाहको फेसबुक पोस्टले फोहोर संकलन रोकिएको मुद्दामा सर्वोच्चले दियो ११ बुँदे निर्देशनात्मक आदेश 

काठमाडौँ — ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर र हालका प्रधानमन्त्री वालेन्द्र शाहले २५ चैत २०७९ मा लेखेको फेसबुक पोस्ट हो यो ।  यो पोस्टकै आधारमा काठमाडौं महानगरपालिकाले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति कार्यालय शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर उठाउन बन्द...

४ महिनामा २३ प्रतिशत बजेट खर्च, पूँजीगत खर्च साढे ७ प्रतिशतमा सीमित

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारले वार्षिक बजेटको २३.३७ प्रतिशत मात्रै खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा सरकारले कुल ४ खर्ब ९६ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको हो । बजेट खर्चमध्ये चालूतर्फ सबैभन्दा धेरै २७.२९ प्रतिशत खर्च भएको छ । चालू शीर्षकमा विनियोजित १२ खर्ब ७० अर्ब...

राष्ट्रिय कर दिवसको अवसरमा १९ विधामा करदाता सम्मानित

काठमाण्डौ – राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आज काठमाण्डौमा भएको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरुलाई सम्मान गर्नुभयो । सरकारले यस वर्ष भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ । नवयुवा आन्दोलनका बेला भाटभटेनीका १२ स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । ठूलो क्षति हुँदा पनि...

भरतपुर अस्पतालमा चाडपर्वपछि बिरामीको चाप, ५०० बेडको स्वीकृति भएपनि १०० बेडको मात्र दरबन्दीले सञ्चालनमा कठिनाइ

भरतपुर, मंसिर १- भरतपुर अस्पतालमा चाडपर्व पछिको समयमा बिरामीहरूको भीड लागेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार लामो बिदा र चाडपर्वका बेला खानपानको शैलीमा हुने परिवर्तनका कारण नियमित स्वास्थ्य जाँच गराउने तथा औषधि सेवन गर्ने बिरामीहरूको चाप बढेको हो। डा बगालेले दिएको जानकारी अनुसार असार, साउन, भदौ र असोज महिनाको अन्त्यसम्म अस्पतालमा...

राप्ती नदी बचाउन जुटे स्थानीय, १६ भन्दा बढी स्थानमा एकैसाथ सरसफाइ अभियान !

राप्ती, चितवन। ‘स्वच्छ राप्ती, स्वस्थ समाज, समृद्ध राप्ती’ भन्ने नारासहित चौथो राप्ती नदी दिवसको अवसरमा राप्ती नदीका विभिन्न स्थानमा सरसफाइ अभियान सम्पन्न भएको छ। नदी तथा जलस्रोतको संरक्षण, स्वच्छ वातावरण निर्माण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मंसिर १ गते बिहान ७ बजेदेखि अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत भिमफेदी, हेटौंडा राप्ती पुल, मनहरी, लोथर, सौराहा ड्याक,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०