"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता काठमाण्डौ – भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ ।  भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको रास्वपाले जनाएको छ । सभापति...
Read more

दैलेखमा बुबाको कुटपिटबाट छोराको ज्यान गयो

दैलेखमा बुबाको कुटपिटबाट छोराको ज्यान गयो काठमाण्डौ – दैलेखमा बुबाले कुटपिट गर्दा छोराको ज्यान गएको छ । जिल्ला सदरमुकाम नारायण नगरपालिका–९ सालखर्कका ७३ वर्षीय कविराज थापाले ४४ वर्षीय छोरा यादव थापालाई गए राति कुटपिट गरेका थिए । पारिवारिक विवादमा कुटपिट भएको र छोरा यादवको गर्धन, पाखुरालगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । घाइते अवस्थामा...
Read more

अमेरिका र इरानबीचको तनाव चर्कियो

अमेरिका र इरानबीचको तनाव चर्कियो काठमाण्डौ – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानको हर्मुज जलमार्गमा रहेको क्युशिम टापुमा ‘आत्मरक्षाका लागि’ सैन्य कारबाही गरेको जनाएको छ ।  कतारी सञ्चारमाध्यम अलजजीराका अनुसार इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ । कुवेतको वायु प्रतिरक्षा प्रणालीले आकाशमै...
Read more

आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि काठमाण्डौमा शुरु हुँदैछ ।  प्रतियोगितामा सातै प्रदेशका ६८६ खेलाडी सहभागी हुँदैछन् । एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल विधामा प्रतिस्पर्धा हुनेछ ।  प्रतियोगितामा कुल ६६ स्वर्ण पदकका लागि खेलाडीबीच...
Read more

फिफा विश्वकप २०२६ : नेपालमा टेलिभिजन र ओटीटी सब्स्क्रिप्सन सुरु, यस्तो छ ग्राहक बन्ने प्रक्रिया

१९ जेठ, काठमाडौं । यही जेठ २८ गतेदेखि सुरु हुने फिफा विश्वकप २०२६ का लागि नेपालमा आधिकारिक टेलिभिजन तथा ओटीटी सब्स्क्रिप्सन अभियान सुरु गरिएको छ । नेपालका लागि प्रसारण अधिकार प्राप्त एसप्रो मिडियाले मंगलबार एक कार्यक्रममार्फत विश्वकप प्रसारणसम्बन्धी योजना सार्वजनिक गरेको हो । फिफा विश्वकप २०२६ को सम्पूर्ण १०४ खेलहरू नेपालमा हिमालय स्पोर्ट्स एचडी मार्फत...
Read more

लगामविहीन खर्चले बढायो महानगरको बेरुजु

काठमाडौँ — अघिल्ला वर्षहरूमा जसरी महानगरपालिकाहरूको बेरुजु गतवर्ष पनि घट्न सकेन । ६ वटा महानगरपालिकामध्ये केहीले मात्र बेरुजु घटाएका छन् । केही महानगरपालिकाको बेरुजुमा अझै सुधार हुन सकेको छैन । महालेखापरीक्षकको ६३ औं वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ६ मध्ये चार महानगरपालिकाको मात्र लेखापरीक्षण गरिएको छ । यसमा सबैभन्दा बढी बेरुजु काठमाडौंको र कम ललितपुर महानगरपालिकाको देखिएको...
Read more

दिल्ली पुग्नुभएका लामिछानेले आजदेखि भेटघाट तथा अन्तरक्रिया थाल्दै

दिल्ली पुग्नुभएका लामिछानेले आजदेखि भेटघाट तथा अन्तरक्रिया थाल्दै काठमाण्डौ – भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत भ्रमणका लागि दिल्ली पुग्नुभएका रवि लामिछाने आजदेखि भेटघाट र अन्तरक्रिया थाल्नुहुने भएको छ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने पाँच दिने भारत भ्रमणका लागि हिजो दिल्ली पुग्नुभएको हो ।...
Read more

पर्वतमा जीप दुर्घटना: वडासदस्य केशवराज पौडेलकाे मृत्यु, दुई जना घाइते

पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गए राति भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडासदस्य ५२ वर्षीय केशवराज पौडेल छन् । जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थरडाँडाखर्कस्थित वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग १ ज ५८६५ नम्बरको...
Read more

लिपुलेक प्रयोगको सन्दर्भमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ

लिपुलेक प्रयोगको सन्दर्भमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ भारतले पठाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले भारतबाट कूटनीतिक नोटको जवाफ आएको जानकारी संसद्लाई गराएका हुन् । सरकारले २० वैशाखमा नेपाली भूमि नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेको आपत्ति जनाउँदै दुबै छिमेकीलाई पत्र पठाएको थियो । सबै राजनीतिक दलहरूसँगको परामर्शमा...
Read more

अमेरिकासँगको सन्देश आदानप्रदान रोकियो, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय

अमेरिकासँगको सन्देश आदानप्रदान रोकियो, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय इरानले लेबनानमा इजरायलको कदमको विरोधमा संयुक्त राज्य अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावहरूको आदानप्रदान रोकेको जनाएको छ। “गाजा र लेबनानमा इजरायली अभियान तत्काल बन्द गर्ने माग पूरा नगरेसम्म वार्ता हुँदैन,” इरानले जारी गरेको विज्ञप्तिमा भनिएको छ। अमेरिकासँग अप्रिलमा भएको युद्धविरामलाई जारी राख्नका...
Read more
1 … 22 23 24 25 26 … 76

Trending News

Editor's Picks

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

काठमाण्डाै – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुविधासहितको घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो । याेजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण तथा मर्मत र अपार्टमेन्टसमेत खरिद गर्न सक्नेछन् । आधार दरमा...

एन्फा मुख्यालयकाे ताला खुल्याे

काठमाण्डाै – लामो समयदेखि बन्द रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको ताला बहुमत सदस्यले खोलेका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यले आज सातदोबाटोमा रहेको एन्फाको ताला खोलेका हुन् । यसैबीच उपाध्यक्ष खड्काले पर्सि शुक्रवार १३ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ । उहाँका अनुसार बैठकमा फिफाले एन्फामाथि लगाएको प्रतिबन्ध,...

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०