काठमाण्डौ – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ ।
सुनको भाउ आज तोलामा ८ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन आज तोलाको २ लाख ७२ हजार रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ८० हजार ३०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा १७५ रुपैयाँले घटेको छ ।
शुक्रबार चाँदी तोलाको ३ हजार ८२५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर तोलाको ३ हजार ६५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
