"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

भारतीय चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उहाँको आज बिहान गोवामा रहेको आफ्नै निवासमा निधन भएको हो । पाटेकरलाई गोवामा रहेको निवासमा अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो । चिकित्सकहरूले झण्डै ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने प्रयास गरे पनि उहाँलाई बचाउन नसकिएको अस्पतालका चिकित्सक डा....
Read more

रचनाकार तथा गायक रत्न बेहोसीको निधन

काठमाण्डौ – रचनाकार, सङ्गीतकार, लोकगायक तथा नाटककार रत्न बेहोसी (रत्न बज्राचार्य)को निधन भएको छ । नेपाली तथा नेपालभाषाको गीत–सङ्गीत क्षेत्रमा लामो समयसम्म योगदान पुर्‍याउनु भएका बेहोसीको हिजो ९१ वर्षको उमेरमा निधन भएको नेवाः पत्रकार दवूका पूर्वअध्यक्ष एवम् सञ्चारकर्मी सुरजवीर बज्राचार्यले जानकारी दिनुभयो । नेपाली तथा नेपालभाषा (नेवारी) गीत–सङ्गीत क्षेत्रमा ६ दशकभन्दा बढी समय योगदान पुर्‍याउनुभएका...
Read more

चाडपर्व लक्षित सुरक्षा योजना लागू : सार्वजनिक गाडीमा यान्त्रिक परीक्षण रिपोर्ट अनिवार्य

काठमाण्डौ – बडादशैँ, दीपावली, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्व लक्षित सुरक्षा योजना–२०८३’ लागू गरेको छ । देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार चोरी, डकैती, जुवातास तथा सट्टेबाजी, सीमा अपराध, तस्करी, भन्सार छली, बैंक तथा वित्तीय संस्थामा हुने लुटपाट, कालोबजारी, कृत्रिम...
Read more

आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाली टोली ओमान प्रस्थान

काठमाण्डौ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपालबीचको त्रिकोणात्मक शृङ्खला खेल्न नेपाली टोली गएराति त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो नेपाली टोलीलाई बिदाइ गर्‍याे । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतले खेलाडीलाई शुभकामना दिँदै बिदाइ गरे । क्यानका सचिव पारस खड्काले शृङ्खला नेपालका...
Read more

२०औँ एशियाली खेलकुद सम्पन्न, नेपाल २ कांस्य पदकमै सीमित

काठमाण्डौ – जापानमा आयोजित २०औँ एशियाली खेलकुद हिजो सम्पन्न भएको छ । नागोयाको मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भएको भव्य समापन समारोहसँगै १६ दिन चलेको एसियाड औपचारिक रूपमा सकिएको हो । समापन समारोहमा एसियाली खेलकुद परिषद्को झन्डा आगामी आयोजक कतारलाई हस्तान्तरण गरिएको छ । आइची–नागोया एसियाडमा एसियाका ४५ देशका १० हजारभन्दा बढी खेलाडीले ४३ खेलका ४...
Read more

नेपालमा नयाँ प्रजातिकाे चरा भेटियाे

काठमाण्डाै – नेपालमा अर्को नयाँ प्रजातिको चरा अभिलेख भएको छ । नेपाल पक्षीविद् सङ्घका अनुसार ‘कलर्ड किङ्गफिशर’ नेपालमा पहिलो पटक अभिलेख भएको हो । चरा अवलोकनकर्ता अनिल मण्डलले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ कुवा मङ्गलैया फाटक नजिक यही असोज १३ गते यो चराको तस्वीर कैद गर्नुभएको हो । नेपाल पक्षी रेकर्ड समिति र राष्ट्रिय–अन्तर्राष्ट्रिय पक्षीविद्हरूको सहकार्यमा यसको यकिन...
Read more

सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्‍याउँछ भन्ने मानिसको सङ्ख्या बढ्दै

सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्‍याउँछ भन्ने मानिसहरूको सङ्ख्या बढ्दै गइरहेको एक सर्वेक्षणले देखाएको छ । विश्वभर बढ्दो चिन्ता र कडा निगरानीका बीच सामाजिक सञ्जालले मानिसहरूलाई प्रभावित पार्ने, विभाजित गर्ने र लोकतन्त्रलाई हानि पुर्‍याउने ठान्नेहरूको सङ्ख्या बढ्दै गएको ‘प्यु रिसर्च सेन्टर’ ले जनाएको छ । मेटा, स्न्याप र टिकटकलगायत लोकप्रिय सामाजिक प्लेटफर्महरू सञ्चालन गर्ने कम्पनीहरूले हजारौँ...
Read more

कांग्रेस महाधिवेशन : रास्वपा सभापति लामिछानेसहित शीर्ष नेता सहभागी

काठमाण्डाै – नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाण्डाैकाे खुलामञ्चमा शुरू भएको छ । सभापति गगन थापाले पार्टीका संस्थापकसहितका अग्रज नेताहरूकाे तस्वीरमा माल्यार्पण गर्दै महाधिवेशनकाे उद्घाटन गर्नुभयाे । महाधिवेशन उद्घाटन समारोहमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित विभिन्न दलका शीर्ष नेताहरूकाे सहभागिता रहेकाे छ । समाराेहमा लामिछानेसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयाेजक पुष्पकमल...
Read more

सुनको भाउ आज तोलामा २ हजार ९०० रुपैयाँले घट्यो

काठमाण्डौ – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार सुन तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज घटेर तोलाको २ लाख ९१ हजार ९०० रुपैयाँमा झरेको हो । त्यस्तै...
Read more

साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको हूथी विद्रोहीको दाबी

यमनका हूथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादमा रहेको अराम्को तेल प्रशोधन केन्द्रमाथि गरिएको आक्रमणको जिम्मेवारी लिएको छ । बीबीसीका अनुसार हूथीहरूले क्षेस्यास्त्र तथा ड्रोनमार्फत् आक्रमण गरेका थिए । साउदी अरबले यमनको राजधानी साना र अरू क्षेत्रहरूमा आक्रमण गरेको र त्यसैको जवाफ स्वरूप आफूहरूले पनि आक्रमण गरेको हूथी विद्रोहीले बताएका छन् । हिजो अराम्को तेल प्रशोधन...
Read more
1 … 7 8 9 10 11 … 44

Trending News

Editor's Picks

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ – आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ । दशैँपछि...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काटमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । त्यस्तै अर्को खेल बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । हिजो भएको उद्घाटन खेलमा साविक उपाधि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०