"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

ट्राफिक नियम उल्लंघन गर्ने २ हजार १११ चालक कारबाहीमा, साढे पाँच लाख राजस्व संकलन

बितेका २४ घण्टामा २ हजार १११ चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा ५ लाख ६५ हजार रुपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १०९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १८४, ट्राफिक संकेत उल्लंघनकर्ता १०३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २२२ जनालाई कारबाही गरिएको...
Read more

अध्यक्ष रूक्सन गुरूङले सामाजिक काम गर्नका लागि ‘लिटिल राइनो फाउन्डेसन’को स्थापना गरे

भरतपुर । नेपाल तमू (गुरूङ) विद्यार्थी छोँज धीँ चितवनका अध्यक्ष रूक्सन गुरूङले सामाजिक काम गर्नका लागि फाउन्डेसन स्थापना गरेका छन् । २५७०औँ बुद्ध जयन्तीको अवसरमा उनले ‘लिटिल राइनो फाउन्डेसन’को स्थापना गरेका हुन् । फाउन्डेसनले सुरूको दिनमै महाबौद्ध गुम्बा परिसरभित्र रहेको पोखरीमा १०८ वटा माछा छाडेको छ । नेपाल तमू विद्यार्थी छोँज धीँसँगको सहकार्यमा खुला रक्तदानसमेत...
Read more

बहुमत प्राप्त सरकारले अध्यादेशको शरण लिनु लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण : बार अध्यक्ष मिश्र

बहुमत प्राप्त सरकारले अध्यादेशको शरण लिनु लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण : बार अध्यक्ष मिश्र काठमाण्डौ – नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले दुई तिहाइ नजिकको बहुमत प्राप्त सरकारले संसदको विश्वास लिनुको सट्टा अध्यादेशको शरण लिनु लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण रहेको बताउनुभएको छ ।  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा काठमाण्डौमा आज बिहान भएको प्रदर्शनका क्रममा उहाँले सरकारको...
Read more

स्टार्टअप कर्जाका लागि एक हजार ३०१ परियोजनाको प्रारम्भिक सूची सार्वजनिक

स्टार्टअप कर्जाका लागि एक हजार ३०१ परियोजनाको प्रारम्भिक सूची सार्वजनिक काठमाण्डौ – स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ३०१ परियोजना छनोट भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आर्थिक वर्ष २०८२/८३ का लागि प्रारम्भिक चरणमा परियोजना छनोट गरेको हो । प्रारम्भिक सूचीमा समावेश भएका परियोजना प्रस्तावकले थप मूल्याङ्कनका लागि व्यावसायिक विवरण आउँदो बुधबार पेस गर्नुपर्ने...
Read more

राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा धेरै पदमुक्त हुने (संख्यात्मक विवरणसहित)

राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा धेरै पदमुक्त हुने (संख्यात्मक विवरणसहित) काठमाण्डौ – विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ जना पदाधिकारी एकमुष्ट पदमुक्त हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेपछि उनीहरू पदमुक्त हुने भएका हुन् । प्रधानमन्त्री वालेन्द्र शाह...
Read more

ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रहरीलाई सवारी चालक अनुमतिपत्र र ‘ब्लुबुक’ बुझाउँदा हैरानी खेप्नुभएको छ ? ट्राफिक व्यवस्थापनका लागि खटिने प्रहरीको पनि त्यसरी कागजपत्र लिनु रहरको विषय नहुन सक्छ । हालसम्मको अभ्यासमा ट्राफिक कारबाहीमा सवारी चालकको कागजपत्र जाँच गर्ने र जरिवाना गराउने कार्य हुँदै आए पनि अब सवारी चालक र ट्राफिक दुवैलाई...
Read more

‘सरकारी विज्ञापन रोकेर निजी मिडियालाई धराशयी नबनाऊ’

भरतपुर । सरकारी विज्ञापन रोकेर निजी मिडियालाई धराशयी नबनाउन सरकारसँग माग गरिएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाको २२औँ साधारणसभामा अग्रज पत्रकारहरुले सरकारी विज्ञापन निजी मिडियालाई दिन किन रोकिएको हो भन्दै प्रश्न गरेका छन् । महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सरकारी विज्ञापन निजी मिडियालाई दिन रोक लगाउनुको कारण माग्दै खुलाउन आग्रह गरे ।...
Read more

म्याग्दीमा महशिकार शुरु : पहिलो दिन झण्डै ७० लिटर मह निकालियो

म्याग्दीमा महशिकार शुरु : पहिलो दिन झण्डै ७० लिटर मह निकालियो काठमाण्डौ – म्याग्दीमा मह सिकार शुरु भएको छ । धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो ।  धवलागिरि गाउँपालिका–२ खोरीयाका महशिकारी मोतीप्रसाद पाइजाले हिजोदेखि महशिकार थालिएको जानकारी दिनुभयो । खोरीया नजिकैको महभीरमा रहेका दुई घारमा १५ जनाको टोलीले हिजो...
Read more

नेपालको आर्थिक उन्नयनका लागि भारतीय योजना तथा नीतिविद् कान्तका आठबुँदे सुझाव

काठमाडौं । भारतका नीति तथा योजनाविद् अमिताभ कान्तले नेपालको आर्थिक वृद्धिका लागि आठबुँदे सुझाव पेस गरेका छन् । शनिबार बाह्रखरी आर्थिक परिसंवादमा उनले नेपालको आर्थिक उन्नतिका लागि आठबुँदे सुझाव पेस गरेका हुन् । उनले एकीकृत कर प्रणाली लागु गर्न सुझाएका छन् । बहुकर प्रणालीले लगानीकर्ता तथा व्यवसायी निरुत्साहित हुने भन्दै उनले एकीकृत कर प्रणाली लागु...
Read more

पोखरामा सवा २ अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक रिसाइकल सेन्टर निर्माण गरिँदै

पोखरामा सवा २ अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक रिसाइकल सेन्टर निर्माण गरिँदै काठमाण्डौ – कास्कीको पोखरा महानगरपालिकाले फालिएका वस्तुको पुनः प्रयोग अर्थात् (रिसाइकल तथा अपसाइकल) गर्ने उद्देश्यका साथ सवा २ अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक केन्द्र निर्माण गरिरहेको छ ।  नयाँ बजार प्रदर्शनी केन्द्रमा निर्माणाधीन केन्द्रबाट प्रत्यक्ष रूपमा झन्डै ३ हजार व्यक्तिलाई रोजगारीसँग जोड्ने लक्ष्य छ ।...
Read more
1 … 36 37 38 39 40 … 44

Trending News

Editor's Picks

शाहको फेसबुक पोस्टले फोहोर संकलन रोकिएको मुद्दामा सर्वोच्चले दियो ११ बुँदे निर्देशनात्मक आदेश 

काठमाडौँ — ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर र हालका प्रधानमन्त्री वालेन्द्र शाहले २५ चैत २०७९ मा लेखेको फेसबुक पोस्ट हो यो ।  यो पोस्टकै आधारमा काठमाडौं महानगरपालिकाले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति कार्यालय शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर उठाउन बन्द...

४ महिनामा २३ प्रतिशत बजेट खर्च, पूँजीगत खर्च साढे ७ प्रतिशतमा सीमित

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारले वार्षिक बजेटको २३.३७ प्रतिशत मात्रै खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा सरकारले कुल ४ खर्ब ९६ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको हो । बजेट खर्चमध्ये चालूतर्फ सबैभन्दा धेरै २७.२९ प्रतिशत खर्च भएको छ । चालू शीर्षकमा विनियोजित १२ खर्ब ७० अर्ब...

राष्ट्रिय कर दिवसको अवसरमा १९ विधामा करदाता सम्मानित

काठमाण्डौ – राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आज काठमाण्डौमा भएको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरुलाई सम्मान गर्नुभयो । सरकारले यस वर्ष भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ । नवयुवा आन्दोलनका बेला भाटभटेनीका १२ स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । ठूलो क्षति हुँदा पनि...

भरतपुर अस्पतालमा चाडपर्वपछि बिरामीको चाप, ५०० बेडको स्वीकृति भएपनि १०० बेडको मात्र दरबन्दीले सञ्चालनमा कठिनाइ

भरतपुर, मंसिर १- भरतपुर अस्पतालमा चाडपर्व पछिको समयमा बिरामीहरूको भीड लागेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार लामो बिदा र चाडपर्वका बेला खानपानको शैलीमा हुने परिवर्तनका कारण नियमित स्वास्थ्य जाँच गराउने तथा औषधि सेवन गर्ने बिरामीहरूको चाप बढेको हो। डा बगालेले दिएको जानकारी अनुसार असार, साउन, भदौ र असोज महिनाको अन्त्यसम्म अस्पतालमा...

राप्ती नदी बचाउन जुटे स्थानीय, १६ भन्दा बढी स्थानमा एकैसाथ सरसफाइ अभियान !

राप्ती, चितवन। ‘स्वच्छ राप्ती, स्वस्थ समाज, समृद्ध राप्ती’ भन्ने नारासहित चौथो राप्ती नदी दिवसको अवसरमा राप्ती नदीका विभिन्न स्थानमा सरसफाइ अभियान सम्पन्न भएको छ। नदी तथा जलस्रोतको संरक्षण, स्वच्छ वातावरण निर्माण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मंसिर १ गते बिहान ७ बजेदेखि अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत भिमफेदी, हेटौंडा राप्ती पुल, मनहरी, लोथर, सौराहा ड्याक,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०