"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

मूल्यवृद्धिले निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी

मूल्यवृद्धिले निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी काठमाण्डौ – पेट्रोलियम पदार्थको अत्यधिक मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ ।  नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालयका अनुसार पछिल्लो समय दैनिक पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको हो । कार्यालयले विगतमा दैनिक औसतमा ५ हजार किलोलिटर डिजेल र २ हजार...
Read more

बीपी राजमार्गमा पूर्व जानकारी लिएर मात्र यात्रा गर्न आग्रह

बीपी राजमार्गमा पूर्व जानकारी लिएर मात्र यात्रा गर्न आग्रह काठमाण्डौ – वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बीपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिले हिजो मंगलबारदेखि राजमार्गमा रातको समयमा आवागमन बन्द गरेको छ ।  समितिले जोखिमका कारण बेलुका ५ देखि बिहान ५ बजेसम्म आवागमन...
Read more

‘बाध्यताले सुकुम्वासी भयौँ, काम पाउने ठाउँमा बस्न पाए हुन्थ्यो’

‘बाध्यताले सुकुम्वासी भयौँ, काम पाउने ठाउँमा बस्न पाए हुन्थ्यो’ काठमाण्डौको वंशीघाटमा बाटो पारी घर भत्काएको ठाउँमा कवाड सङ्कलन गर्नेहरु फलामका टुक्रा बटुल्न व्यस्त छन् । घर भत्किएको ठाउँमा डोजरले सम्याउन थालेको छ । बाटोवारि बागमती किनारको छेउमा श्रीमान र चार छोराछोरीको साथमा खुला आकाशमा बसिरहनुभएको छ, अन्जु नेपाली । उहाँ भत्केको घर हेर्दै टोलाइरहनुभएको छ...
Read more

आउँदो सोमवारदेखि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

आउँदो सोमवारदेखि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने सरकारको निर्णय काठमाण्डौ – सरकारले आउँदो वैशाख २८ गते सोमवारदेखि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गते अधिवेशन आह्वान गर्नेगरी राष्ट्रपति समक्ष सिफारस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । यसअघि वैशाख १७...
Read more

यात्रुको सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई प्राधिकरणको निर्देशन

यात्रुको सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई प्राधिकरणको निर्देशन काठमाण्डौ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा गाडी आवगमन बन्द गरी, यात्रु तथा गाडीहरुको सुरक्षा सुनिश्चित गर्न, गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । प्राधिकरणले जोखिम भएका ठाउँमा गाडी आवागमन बन्दको अवज्ञा गर्ने गाडी चालक एवम् गाडीधनीलाई कारबाही गर्नसमेत निर्देशन...
Read more

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला काठमाण्डौ – गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाण्डौ जिल्ला अदालतकै फैसलालाई उच्च अदालत पाटनले पनि सदर गरेको छ । फैसलासँगै मारवाडी सेवा समितिले व्यापार व्यवसाय सञ्चालन गरिरहेको गौशाला धर्मशालाका जग्गा खाली गनुपर्ने भएको छ । झन्डै २५ वर्षदेखि समितिको कब्जामा रहेको साविक पशुपति पञ्चायत वडा नं २...
Read more

ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी पक्राउ

ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी पक्राउ काठमाण्डौ – स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी ठगी तथा आपराधिक विश्वासघात कसुरमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले निजले बेइमानीपूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यका साथ कार्य गरी गराई ठगी तथा आपराधिक विश्वासघात कसुर गरेकाले आज पक्राउ गरेको हो । उनलाई काठमाण्डौ जिल्ला अदालतको...
Read more

सुकुम्वासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्च अदालतको आदेश

सुकुम्वासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्च अदालतको आदेश काठमाण्डौ – सर्वोच्च अदालतले सुकुम्वासी बस्ती खाली गराउन अवलम्बन गरेको विधि, प्रक्रियाका विषयमा निर्णयसहितको कागजात झिकाउन आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले हिजो पाँच बुँदामा सुकुम्वासी बस्ती खाली गराउन गरेको निर्णयसहितको कागजात झिकाउने आदेश गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय भई लागू गरिएको...
Read more

रास्वपाको उम्मेदवार बन्न डिजिटल सीप अनिवार्य, साइबर दुर्व्यवहार र ठगी नगरेको हुनुपर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार बन्न प्रविधिमैत्री हुनुपर्ने र डिजिटल दुर्व्यवहारमा संलग्न नभएको हुनुपर्ने कडा व्यवस्था गरेको छ । पार्टीले सार्वजनिक गरेको ‘उम्मेदवार छनोट रूपरेखा, २०८३’ अनुसार सम्भावित उम्मेदवारहरूले कुनै पनि प्रकारको डिजिटल अपराध र सामाजिक दुर्व्यवहारमा संलग्न नरहेको भनी स्वघोषणा गर्नुपर्नेछ । रास्वपाको नयाँ मापदण्ड अनुसार उम्मेदवार...
Read more

सिनेमाको पर्दादेखि मुख्यमन्त्रीको कुर्सीसम्म

सन् २०१८ को नोभेम्बरमा दक्षिण भारतीय कलाकार विजयले ‘सरकार’ नामको सिनेमामा अभिनय गरेका थिए । यही सिनेमाले उनलाई राजनीतिक काल्पनिकीको संसारमा डोर्‍याएको हो । विजय सिनेमामा सुन्दर रामास्वामीको भूमिकामा देखिन्छन् ।  गैरआवासीय भारतीय रामास्वामी सफल व्यापारी हुन्छन् । उनी एउटै कारणले भारत फर्केका हुन्छन् । त्यो हो– मतदान गर्न । मतदान केन्द्रमा पुग्दै गर्दा उनको...
Read more
1 … 32 33 34 35 36 … 44

Trending News

Editor's Picks

शाहको फेसबुक पोस्टले फोहोर संकलन रोकिएको मुद्दामा सर्वोच्चले दियो ११ बुँदे निर्देशनात्मक आदेश 

काठमाडौँ — ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर र हालका प्रधानमन्त्री वालेन्द्र शाहले २५ चैत २०७९ मा लेखेको फेसबुक पोस्ट हो यो ।  यो पोस्टकै आधारमा काठमाडौं महानगरपालिकाले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति कार्यालय शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर उठाउन बन्द...

४ महिनामा २३ प्रतिशत बजेट खर्च, पूँजीगत खर्च साढे ७ प्रतिशतमा सीमित

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारले वार्षिक बजेटको २३.३७ प्रतिशत मात्रै खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा सरकारले कुल ४ खर्ब ९६ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको हो । बजेट खर्चमध्ये चालूतर्फ सबैभन्दा धेरै २७.२९ प्रतिशत खर्च भएको छ । चालू शीर्षकमा विनियोजित १२ खर्ब ७० अर्ब...

राष्ट्रिय कर दिवसको अवसरमा १९ विधामा करदाता सम्मानित

काठमाण्डौ – राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आज काठमाण्डौमा भएको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरुलाई सम्मान गर्नुभयो । सरकारले यस वर्ष भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ । नवयुवा आन्दोलनका बेला भाटभटेनीका १२ स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । ठूलो क्षति हुँदा पनि...

भरतपुर अस्पतालमा चाडपर्वपछि बिरामीको चाप, ५०० बेडको स्वीकृति भएपनि १०० बेडको मात्र दरबन्दीले सञ्चालनमा कठिनाइ

भरतपुर, मंसिर १- भरतपुर अस्पतालमा चाडपर्व पछिको समयमा बिरामीहरूको भीड लागेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार लामो बिदा र चाडपर्वका बेला खानपानको शैलीमा हुने परिवर्तनका कारण नियमित स्वास्थ्य जाँच गराउने तथा औषधि सेवन गर्ने बिरामीहरूको चाप बढेको हो। डा बगालेले दिएको जानकारी अनुसार असार, साउन, भदौ र असोज महिनाको अन्त्यसम्म अस्पतालमा...

राप्ती नदी बचाउन जुटे स्थानीय, १६ भन्दा बढी स्थानमा एकैसाथ सरसफाइ अभियान !

राप्ती, चितवन। ‘स्वच्छ राप्ती, स्वस्थ समाज, समृद्ध राप्ती’ भन्ने नारासहित चौथो राप्ती नदी दिवसको अवसरमा राप्ती नदीका विभिन्न स्थानमा सरसफाइ अभियान सम्पन्न भएको छ। नदी तथा जलस्रोतको संरक्षण, स्वच्छ वातावरण निर्माण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मंसिर १ गते बिहान ७ बजेदेखि अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत भिमफेदी, हेटौंडा राप्ती पुल, मनहरी, लोथर, सौराहा ड्याक,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०