"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

सरकारी अस्पतालको अवस्था : एकछिन डाक्टर देखाउन दिनभरि लाइन

सरकारी अस्पतालको अवस्था : एकछिन डाक्टर देखाउन दिनभरि लाइन ललितपुरकाे धापाखेलका सुरज केसी दिउँसोको साढे २ बजे पाटन अस्पतालको एउटा कुनामा अलि हतारिएको र केही थकित मुद्रामा भेटिनुभयो । उहाँ अस्पताल आइपुगेको ४ घण्टा भयो तर काम अझै सकिएको छैन । श्रीमतीको दोस्रो गर्भको पाँचौँ महिना चलिरहेको छ । नियमित फलोअपका लागि उहाँ बिहान साढे १०...
Read more

अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना

काठमाडौं । सरकारले नेपाली भान्साको मौलिक खाद्य पदार्थ ‘गुन्द्रुक’ को गुणस्तर मापदण्ड तोकेको छ । गुन्द्रुक नेपाली पहिचानसँग जोडिएको रैथानै मौलिक खाद्य पदार्थ समेत हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ को अधिकार प्रयोग गर्दै पहिलोपटक गुन्द्रुकको अनिवार्य गुणस्तर मापदण्ड तोकेको हो । गुणस्तर मापदण्ड निर्धारण गरेर मन्त्रालयले हालै...
Read more

रवि लामिछाने र बालेन शाह ले सुदन गुरुङ लाई पुनः गृहमन्त्री पदमा स्वागत गरेको विषयले राजनीतिक वृत्तमा विशेष

रवि लामिछाने र बालेन शाह ले सुदन गुरुङ लाई पुनः गृहमन्त्री पदमा स्वागत गरेको विषयले राजनीतिक वृत्तमा विशेष चर्चा पाएको छ। विभिन्न राजनीतिक धार र पृष्ठभूमिबाट आएका नेतृत्वहरूबीच देखिएको यस्तो स्वागत र सहकार्यको संकेतलाई धेरैले सकारात्मक रूपमा व्याख्या गरिरहेका छन्। यस घटनाले देशको राजनीतिक परिवेशमा सहकार्य, समझदारी र साझा उद्देश्यतर्फ अघि बढ्ने सम्भावनालाई उजागर गरेको...
Read more

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने काठमाण्डाै – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज बसेको बैठकमा सभापति गगनकुमार थापाको प्रस्तावमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको महामन्त्री गुरुराज घिमिरेले...
Read more

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलान अन्तिम चरणमा

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलान अन्तिम चरणमा काठमाण्डौ — नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत नवलपुरको दाउन्ने क्षेत्रको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा पुगेको छ । अब झण्डै २ सय मिटर सडकमा मात्रै ढलान गर्न बाँकी रहेको आयोजनाले जनाएको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार २ सय मिटर ढलान सम्पन्न...
Read more

श्रम संस्कृतिले देशैभरका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई संगठित गर्ने

श्रम संस्कृति पार्टीले देशैभरका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई संगठित गर्ने भएको छ। सरकारले नदी उकास, सरकारी एवम् सार्वजनिक जग्गामा रहेका सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई हटाउने अभियान चलाएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासीहरूलाई संगठित गर्ने घोषणा गरेका हुन्। ‘देशैभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई संगठित गर्ने अभियान देशैभरि सञ्चालन गर्न सबै जिल्ला समिति तथा पालिका समितिहरूलाई अनुरोध...
Read more

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।  बैठक आज सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाइएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे नखुलाइए पनि सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछन् । उनका अनुसार सम्भव त संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनेबारे बैठकमा छलफल...
Read more

चितवनमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा

चितवन  । चितवनमा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य पाउन नसकेपछि यहाँका किसान चिन्तित बनेका हुन् । विगत २० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएकी भरतपुर महानगरपालिका–२५ बुद्धिचोककी लक्ष्मी रानाभाट अहिले बोडी, काँक्रो, करेलालगायत तरकारीले उचित मूल्य पाउन नसकेको बताइन् । उनले भनिन्, “अधिकांश...
Read more

अझै फर्केनन् फरार १३३ कैदीबन्दी

बागमती । मकवानपुरको भिमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै कारागार फर्किएका छैनन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका ४४० कैदीबन्दीमध्ये शनिबारसम्म २९४ कैदीबन्दी मात्र कारागार फर्किएका छन् । कारागारका प्रमुख सुवास पौडेलका अनुसार भिमफेदी कारागारबाट भागेकामध्ये हालसम्म २९४ जना र अन्य कारागारबाट फरार ७६ कैदीबन्दी...
Read more

प्युठानमा चट्याङ लागेर बाबुछोराको मृत्यु

काठमाडौं । प्युठानमा चट्याङ लागेर बाबुछोराको मृत्यु भएको छ । गौमुखी गाउँपालिका–६ लिबाङ बस्ने ७० वर्षीय केदार बोहरा क्षेत्री र उनकै छोरा २८ वर्षीय रामु बोहरा क्षेत्रीको चट्याङ लागेर मृत्यु भएको छ ।  आइतबार (वैशाख १३) दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा राति मृत्यु भएको हो । साथै,...
Read more
1 … 55 56 57 58 59 … 73

Trending News

Editor's Picks

भारतमा सीजेपीको आह्वानमा प्रदर्शन : नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा, २५० भन्दा धेरै रेल सेवाहरू रद्द

भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज बृहत् प्रदर्शन शुरु भएको छ । यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित ६०० भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी...

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असोज २४- वि.सं.२०८३ साल असोज २४ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः मेषः आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ । वृषः दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष...

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, असोज २४- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको...

त्रिभुवन राजपथमा गाडी चलाउन आलोपालोसहित समय तालिका

काठमाण्डौ – मुग्लिन– काठमाण्डौ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाण्डौ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडाबाट काठमाण्डौतर्फ छुट्ने...

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०