"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

हात्ती आतङ्क : नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

झापा । जङ्गली हात्तीबाट भइरहेको जनधनको क्षति रोक्न नयाँ सौर्य विद्युतीय तारबार जडान गर्नुपर्ने र हात्ती धपाउन ट्याक्टरको प्रयोगलाई व्यापक बनाउनुपर्ने मेचीनगरका स्थानीयले माग गरेका छन् । हात्ती नियन्त्रणको प्रयासबारे अनुगमन तथा प्रभावित बासिन्दासँग अन्तरक्रिया गर्न शुक्रवार मेचीनगर–४ बाहुनडाँगी पुगेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित सुरक्षा निकायका प्रमुखको टोलीसमक्ष स्थानीयले यस्तो माग राखेका हुन् ।...
Read more

मंसिरमा बक्स अफिस तताउँदै ६ फिल्म : कमेडियनको अग्निपरीक्षा, स्टारहरू आमनेसामने

काठमाडौँ । नेपाली फिल्मको बक्स अफिसका लागि कात्तिक महिना समग्रमा सुखद नै मान्न सकिन्छ । ‘कबड्डी ५’, ‘पाँच पाण्डव’ र ‘बाटुलो जुन’ गरी तीन फिल्म प्रदर्शनमा आएको यो महिना दयाहाङ राई अभिनीत ‘कबड्डी ५’ १२ करोडभन्दा बढीको व्यवसायसहित अघि बढिरहेको छ । तर, हरिवंश आचार्य अभिनीत ‘पाँच पाण्डव’ भने विभिन्न विवादमा फसेका कारण बक्स अफिसमा...
Read more

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

काठमाडौँ । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (युएन इस्क्याप)को सामाजिक विकास समितिको नवौँ अधिवेशनमा राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले आर्थिक वृद्धि र सामाजिक समावेशिता सँगसँगै अघि बढ्नुपर्नेमा...
Read more

एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एउटा खेल हुँदैछ । आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बेलुका ५ बजे त्रिवि क्रिकेट रङ्गशालामा शुरु हुनेछ । लुम्बिनी यसअघि नै प्ले अफमा पुगिसकेको टोली हो । त्यस्तै विराटनगरका लागि प्ले अफमा पुग्ने सम्भावना बलियो बनाउन आजको खेलमा...
Read more

चितवनले प्ले अफको सम्भावना कायमै राख्दा जनकपुर र कर्णाली बाहिरिए

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले प्ले अफमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । चितवनले हिजो शुक्रबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८८ रन बनाएको थियो । ८९ रनको लक्ष्य चितवनले १७ ओभर २ बलमा ६ विकेट...
Read more

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता

काठमाण्डौ – नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट सहसचिव तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका सम्पर्क व्यक्ति डा. महेश्वर ढकाल र दक्षिण कोरिया सरकारका तर्फबाट जलवायु परिवर्तनसम्बन्धी राजदूत तथा विदेश मन्त्रालयका उपमन्त्री जोङ्हो...
Read more

डीडीसीको विराटनगर आयोजना प्रमुख नवीनकिशोर शर्मा पक्राउ

नेपाल प्रहरीले दुग्ध विकास संस्थान (डीडीसी) मा भएको आर्थिक अनियमितता प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थानको आर्थिक अनियमितता तथा सङ्गठित अपराधमा संलग्न रहेको आरोपमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्मालाई पक्राउ गरेको हो । सर्लाहीका ४५ वर्षीय शर्मालाई पक्राउ गरी ब्युरोले हिजो सार्वजनिक गरेको हो...
Read more

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

काठमाण्डौ – प्राचीन मिथिला क्षेत्रमा धुमधामका साथ मनाउने गरिएको छठ पर्वको आज दोस्रो दिन खरना गरिँदैछ । चार दिने यो पर्वको दोस्रो दिन बर्तालुहरु आज ‘खरना’ विधिको तयारीमा छन् । बिहान स्नान गरी दिनभर निराहार उपवास तथा व्रत बसेर राती सख्खरमा पकाइएको खीर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खीर खाने विधि पूरा...
Read more

मधेश प्रदेश सरकारले भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत

धनुषा । मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही रु एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मृतकका परिवारलाई राहतस्वरूप जनही रु एक लाख उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले जानकारी दिनुभयो । बैठकले दुर्घटनामा घाइते भएकाहरूको उपचार...
Read more

सर्वाेच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए

काठमाण्डाै – सर्वाेच्च अदालतका नवनियुक्त चार जना न्यायाधीशले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयाेजित कार्यक्रममा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई शपथ गराउनुभएको हो । न्याय परिषद्को सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले आजै चार जना न्यायाधीशलाई नियुक्त गर्नुभएको थियो ।...
Read more
1 2 3 4 5 6 … 98

Trending News

Editor's Picks

शाहको फेसबुक पोस्टले फोहोर संकलन रोकिएको मुद्दामा सर्वोच्चले दियो ११ बुँदे निर्देशनात्मक आदेश 

काठमाडौँ — ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर र हालका प्रधानमन्त्री वालेन्द्र शाहले २५ चैत २०७९ मा लेखेको फेसबुक पोस्ट हो यो ।  यो पोस्टकै आधारमा काठमाडौं महानगरपालिकाले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति कार्यालय शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर उठाउन बन्द...

४ महिनामा २३ प्रतिशत बजेट खर्च, पूँजीगत खर्च साढे ७ प्रतिशतमा सीमित

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारले वार्षिक बजेटको २३.३७ प्रतिशत मात्रै खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा सरकारले कुल ४ खर्ब ९६ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको हो । बजेट खर्चमध्ये चालूतर्फ सबैभन्दा धेरै २७.२९ प्रतिशत खर्च भएको छ । चालू शीर्षकमा विनियोजित १२ खर्ब ७० अर्ब...

राष्ट्रिय कर दिवसको अवसरमा १९ विधामा करदाता सम्मानित

काठमाण्डौ – राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आज काठमाण्डौमा भएको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरुलाई सम्मान गर्नुभयो । सरकारले यस वर्ष भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ । नवयुवा आन्दोलनका बेला भाटभटेनीका १२ स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । ठूलो क्षति हुँदा पनि...

भरतपुर अस्पतालमा चाडपर्वपछि बिरामीको चाप, ५०० बेडको स्वीकृति भएपनि १०० बेडको मात्र दरबन्दीले सञ्चालनमा कठिनाइ

भरतपुर, मंसिर १- भरतपुर अस्पतालमा चाडपर्व पछिको समयमा बिरामीहरूको भीड लागेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार लामो बिदा र चाडपर्वका बेला खानपानको शैलीमा हुने परिवर्तनका कारण नियमित स्वास्थ्य जाँच गराउने तथा औषधि सेवन गर्ने बिरामीहरूको चाप बढेको हो। डा बगालेले दिएको जानकारी अनुसार असार, साउन, भदौ र असोज महिनाको अन्त्यसम्म अस्पतालमा...

राप्ती नदी बचाउन जुटे स्थानीय, १६ भन्दा बढी स्थानमा एकैसाथ सरसफाइ अभियान !

राप्ती, चितवन। ‘स्वच्छ राप्ती, स्वस्थ समाज, समृद्ध राप्ती’ भन्ने नारासहित चौथो राप्ती नदी दिवसको अवसरमा राप्ती नदीका विभिन्न स्थानमा सरसफाइ अभियान सम्पन्न भएको छ। नदी तथा जलस्रोतको संरक्षण, स्वच्छ वातावरण निर्माण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मंसिर १ गते बिहान ७ बजेदेखि अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत भिमफेदी, हेटौंडा राप्ती पुल, मनहरी, लोथर, सौराहा ड्याक,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०