"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

एशियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तान खेल्दै

जापानमा चलिरहेको एशियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तानले खेल्दैछन् । यो खेल निशिनमा रहेको करोगी स्पोट्र्स पार्कमा नेपाली समयअनुसार बिहान पौने ११ बजे शुरु हुनेछ । यसअघि बिहीबार भएको दोस्रो सेमिफाइलनमा पाकिस्तानले बङ्गलादेशलाई ६ विकेट र भारतले श्रीलङ्कालाई १२४ रनले हराउँदै फाइनलमा पुगेका हुन् । एशियाली खेलकुदमा क्रिकेटको स्वर्ण...
Read more

राष्ट्रिय सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित

काठमाण्डौ – राष्ट्रिय सभाको बैठकले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधि सभाबाट विभिन्न संशोधनसहित फिर्ता आएको यो विधेयकलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सदनमा प्रस्तुत गर्नुभएको थियो । आजको बैठकमा विधेयकमाथि भएको विस्तृत छलफलपछि मन्त्री पुनले प्रतिनिधि सभाबाट गरिएको संशोधनलाई स्वीकार गरी विधेयक...
Read more

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

काठमाण्डौ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिनुभएको छ ।  विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा उहाँले ग्यास वितरणमा असहज परेको अहिलेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी...
Read more

राप्तीको चेपाङ बस्तीमा प्रशासनको टोली, ११२ जनाले पाए नागरिकता

राप्ती, चितवन । राप्ती नगरपालिकाको पहाडी तथा दुर्गम क्षेत्रमा लामो समयदेखि नागरिकताबाट वञ्चित स्थानीयलाई गाउँमै पुगेर नागरिकता वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनको टोलीले राप्ती नगरपालिका–१२ र १३ का विभिन्न बस्तीका ११२ जनालाई नागरिकता तथा ५९ जनालाई मतदाता परिचयपत्र वितरण गरेको हो।नागरिकता वितरणका क्रममा दुबै आँखाले देख्न नसक्ने अशक्त व्यक्तिलाई समेत टोलीले नागरिकता प्रदान...
Read more

बकुलहर अस्पतालमा सुविधा थपिन्छ : मन्त्री तामाङ

रत्ननगर । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले बकुलहर रत्ननगर अस्पतालको निर्माणाधीन भवनले छिट्टै पूर्णता पाउने बताएका छन् । मंगलबार अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले १० प्रतिशत लगानी गरेर सम्पन्न गरिने बताए । वार्षिक तीन लाख बढी सेवाग्राहीलाई यस अस्पतालले सेवा दिंदै आएको छ । आकस्मिक कक्षमा...
Read more

सङ्घीय निजामती विधेयक संसद‍्मा पेस गर्न स्वीकृति दिने सरकारकाे निर्णय

काठमाण्डौ – सरकारले सङ्घीय निजामती सेवा विधेयक सङ्घीय संसद‍्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेकाे छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले सङ्घीय निजामतीसहित पशु वधशाला तथा मासु जाँच र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन गर्न बनेकाे विधेयक पेश गर्न स्वीकृति दिएकाे सरकारका प्रवक्ता एवम् युवा तथा खेलकुदमन्त्री सस्मित पाेखरेलले जानकारी दिनुभयाे । बैठकले स्वास्थ्य क्षेत्र सुधारका...
Read more

कांग्रेस १५औँ महाधिवेशन दुई दिन सर्‍याे

काठमाण्डाै – नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन दुई दिन पर सारेको छ । यसअघि असोज १६ गतेदेखि शुरू गर्ने तयारी भएको महाधिवेशन अब आउँदाे आइतवार असोज १८ गते दिउँसो २ बजे काठमाण्डौको खुलामञ्चमा उद्घाटन हुने भएको छ । महाधिवेशन १८ गतेसम्म चल्नेछ । देशका विभिन्न ठाउँमा अविरल वर्षाका कारण सिर्जना भएको प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै महाधिवेशनको...
Read more

एशियाली खेलकुद क्रिकेट : १ बल पनि नखेली सेमिफाइनल समीकरण पूरा

काठमाण्डाै – जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । भारत, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश अन्तिम चारमा पुगेका हुन् । प्रतियोगिताको ४ वटै क्वाटरफाइनल खेल वर्षाका कारण टस पनि नभई रद्द भएपछि भारत, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश आईसीसीको शीर्ष वरीयताका आधारमा अन्तिम चारमा पुगेका हुन् । प्रतियोगिताको पहिलो...
Read more

मलेशियाले रोहिङ्ग्या शरणार्थीलाई फिर्ता पठाउन थाल्यो

मलेशियाले झन्डै १ हजार ५०० जना रोहिङ्ग्या शरणार्थीहरूलाई म्यानमार फर्काउन शुरू गरेको छ । मलेशियाले रोहिङ्ग्याहरूलाई स्वेच्छिक रूपमा स्वदेश फिर्ता पठाउन लागेको बताए पनि संयुक्त राष्ट्रसङ्घ र अधिकारवादी समूहहरूले म्यानमार अझै पनि उनीहरूका लागि असुरक्षित रहेको चेतावनी दिएका छन् । यो म्यानमारका ५ हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण रहेको समाचार संस्था एएफपीले...
Read more

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

काठमाडौँ, असोज १३ – प्रतिनिधिसभामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्नुभएको हो । यसैगरी, प्रधानमन्त्री शाहको तर्फबाट कानुनमन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ माथि विचार गरियोस्’...
Read more
1 2 3 4 5 … 71

Trending News

Editor's Picks

आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाली टोली ओमान प्रस्थान

काठमाण्डौ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपालबीचको त्रिकोणात्मक शृङ्खला खेल्न नेपाली टोली गएराति त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो नेपाली टोलीलाई बिदाइ गर्‍याे । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतले खेलाडीलाई शुभकामना दिँदै बिदाइ गरे । क्यानका सचिव पारस खड्काले शृङ्खला नेपालका...

२०औँ एशियाली खेलकुद सम्पन्न, नेपाल २ कांस्य पदकमै सीमित

काठमाण्डौ – जापानमा आयोजित २०औँ एशियाली खेलकुद हिजो सम्पन्न भएको छ । नागोयाको मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भएको भव्य समापन समारोहसँगै १६ दिन चलेको एसियाड औपचारिक रूपमा सकिएको हो । समापन समारोहमा एसियाली खेलकुद परिषद्को झन्डा आगामी आयोजक कतारलाई हस्तान्तरण गरिएको छ । आइची–नागोया एसियाडमा एसियाका ४५ देशका १० हजारभन्दा बढी खेलाडीले ४३ खेलका ४...

नेपालमा नयाँ प्रजातिकाे चरा भेटियाे

काठमाण्डाै – नेपालमा अर्को नयाँ प्रजातिको चरा अभिलेख भएको छ । नेपाल पक्षीविद् सङ्घका अनुसार ‘कलर्ड किङ्गफिशर’ नेपालमा पहिलो पटक अभिलेख भएको हो । चरा अवलोकनकर्ता अनिल मण्डलले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ कुवा मङ्गलैया फाटक नजिक यही असोज १३ गते यो चराको तस्वीर कैद गर्नुभएको हो । नेपाल पक्षी रेकर्ड समिति र राष्ट्रिय–अन्तर्राष्ट्रिय पक्षीविद्हरूको सहकार्यमा यसको यकिन...

सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्‍याउँछ भन्ने मानिसको सङ्ख्या बढ्दै

सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्‍याउँछ भन्ने मानिसहरूको सङ्ख्या बढ्दै गइरहेको एक सर्वेक्षणले देखाएको छ । विश्वभर बढ्दो चिन्ता र कडा निगरानीका बीच सामाजिक सञ्जालले मानिसहरूलाई प्रभावित पार्ने, विभाजित गर्ने र लोकतन्त्रलाई हानि पुर्‍याउने ठान्नेहरूको सङ्ख्या बढ्दै गएको ‘प्यु रिसर्च सेन्टर’ ले जनाएको छ । मेटा, स्न्याप र टिकटकलगायत लोकप्रिय सामाजिक प्लेटफर्महरू सञ्चालन गर्ने कम्पनीहरूले हजारौँ...

कांग्रेस महाधिवेशन : रास्वपा सभापति लामिछानेसहित शीर्ष नेता सहभागी

काठमाण्डाै – नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाण्डाैकाे खुलामञ्चमा शुरू भएको छ । सभापति गगन थापाले पार्टीका संस्थापकसहितका अग्रज नेताहरूकाे तस्वीरमा माल्यार्पण गर्दै महाधिवेशनकाे उद्घाटन गर्नुभयाे । महाधिवेशन उद्घाटन समारोहमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित विभिन्न दलका शीर्ष नेताहरूकाे सहभागिता रहेकाे छ । समाराेहमा लामिछानेसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयाेजक पुष्पकमल...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०