"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

रत्ननगर नगरपालिका सहयोगापेक्षी सडक मानवमुक्त घोषणा

सहयोगापेक्षी सडक मानवमुक्त नगर घोषणा गरिएको छ । रत्ननगरबाट ४३ जना पुरूष र २६ जना महिला गरी ६७ जनालाई सडकबाट उद्धार गरिएको छ । मेयर प्रलाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले नगरलाई सडक मानवमुक्त नगर घोषणा गरेका हुन् । मानवसेवा आश्रम भरतपुरसँगको सहकार्यमा आयोजित कार्यक्रममा जिससका प्रमुख अधिकारीले मेयर सापकोटालाई...
Read more

अर्थमन्त्री र पूर्वअर्थमन्त्रीबीच छलफल : बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्मका सुझाव

अर्थमन्त्री र पूर्वअर्थमन्त्रीबीच छलफल : बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्मका सुझाव काठमाण्डौ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी आउँदो बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुबारे सुझाव लिनुभएको छ । आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डा वाग्लेले पूर्वअर्थमन्त्री तथा अर्थविद्हरूसँग सुझाव माग्नुभएको हो । भेटका क्रममा मन्त्री डा वाग्लेले...
Read more

इरान–अमेरिका वार्तामा शक्तिशाली सैन्य कमान्डरको निर्णायक भूमिका

इरान र संयुक्त राज्य अमेरिकाबीचको तनावपूर्ण वार्ता निर्णायक मोडमा पुगिरहेका बेला इरानको कठोर सुरक्षा संरचनाभित्र दशकौँदेखि विवादित छवि बनाएका एक प्रभावशाली सैन्य कमान्डर वार्ता प्रक्रियाको केन्द्रमा उभिएको विश्लेषण गरिएको छ। विदेश तथा देशभित्रका धेरै विवादास्पद सैन्य कारबाहीसँग जोडिएका ब्रिगेडियर जनरल अहमद वाहिदी अहिले इरानको रणनीतिक निर्णय केन्द्र नजिकैको प्रमुख व्यक्तित्वका रूपमा देखिएको बताइएको छ। इरानको...
Read more

कफी पोखिएर घाइते भएकी यात्रुलाई कतार एयरवेजले साढे २ करोड क्षतिपूर्ति दिनुपर्ने फैसला

कतार एयरवेजले जहाजभित्र कफी पोखिएर घाइते भएकी यात्रुलाई साढे २ करोड बढी क्षतिपूर्ति दिनुपर्ने भएको छ। उपभोक्ता अदालतका न्यायाधीश दिवाकर भट्ट, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले बिहीबार एयरवेजले २ करोड ६१ लाख ५२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो। मोन्ट्रियल कन्भेन्सन अनुसार २ करोड ४१ लाख ५२ हजार ४०६ रुपैयाँ र उपभोक्ता संरक्षण ऐन...
Read more

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि गरिएको दरखास्त आह्वान रद्द

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि गरिएको दरखास्त आह्वान रद्द काठमाण्डौ – सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदका लागि आह्वान गरिएको सूचना रद्द गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले दरखास्त आह्वानको सूचना रद्द गरिएको जानकारी दिएको हो । मन्त्रालयले हिजो सूचना निकालेर दरखास्त आह्वान गरेकोमा आज फेरि सूचना निकाल्दै दरखास्त आह्वानको सूचना...
Read more

आईसीसी विश्वकप लिग २ मा नेपालले आज अमेरिकासँग खेल्दै

आईसीसी विश्वकप लिग २ मा नेपालले आज अमेरिकासँग खेल्दै काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा शुरु हुँदैछ । नेपालमा भइरहेको लिग–टु एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् । घरेलु मैदानमा जारी श्रृङ्खलाको यो अन्तिम खेल हो...
Read more

मधेशमा फेरियो सत्ता समीकरण : जसपा र जनमत सरकारबाट बाहिर, कांग्रेस–एमाले–नेकपा गठबन्धन

मधेशमा फेरियो सत्ता समीकरण : जसपा र जनमत सरकारबाट बाहिर, कांग्रेस–एमाले–नेकपा गठबन्धन काठमाण्डौ – मधेश प्रदेशमा सत्ता समीकरण फेरिएको छ । जसपा र जनमत पार्टी सरकारबाट बाहिरिएका छन् भने नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाले गठबन्धन गरेका छन् ।  सत्ता समीकरण फेरबदल भए पनि मुख्यमन्त्री कृष्णप्रसाद यादव नै रहनु भएको छ । मुख्यमन्त्री यादवले हिजो...
Read more

आजको राशिफल – शुक्रबार, २२ मे २०२६

♈ मेष नयाँ कामको अवसर आउन सक्छ। कार्यक्षेत्रमा प्रशंसा मिल्ने संकेत छ। खर्च बढ्न सक्छ, सावधानी अपनाउनुहोस्। ♉ वृष परिवारसँग समय बित्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ। पुरानो साथीबाट शुभ समाचार आउन सक्छ। ♊ मिथुन आज आत्मविश्वास बढ्ने दिन छ। व्यापार तथा अध्ययनमा राम्रो प्रगति हुनेछ। यात्राको सम्भावना छ। ♋ कर्कट मन अलि संवेदनशील रहन सक्छ।...
Read more

आज संसदबाट पास भएको वैकल्पिक वित्त कोषप्रति धेरै आशावादी देखिएका अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्ले वैशाख २९ गते अर्थ समितिमा उपस्थित सांसदहरूलाई भन्दै थिए, ‘प्रतिनिधिसभाबाट वैकल्पिक वित्त कोष विधेयक पारित गराउनुपर्छ, त्यसैले माननीयज्यूहरूलाई अनुरोध गर्छु, कृपया यसमा संशोधन नहाल्दिनुहोला।’ सरकारलाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट विनियोजनका लागि स्रोत व्यवस्थापन गर्न चुनौती भइरहेकाले अर्थमन्त्रीले बजेटअघि नै वैकल्पिक विकास वित्त परिचालन ऐन २०८२ पारित गर्नुपर्नेमा जोड दिएका हुन्।...
Read more

बिनायोजना डोजर चलाउँदा राज्यलाई ३० करोडको व्ययभार !

काठमाडौँ । मंगलबार सरकारले सुकुमबासी व्यवस्थापन मन्त्रिपरिषद्‍बाट गर्ने नयाँ निर्णय गर्‍यो । यसअनुसार काठमाडौं उपत्यकामा डोजर चलाइएका क्षेत्रबाट विस्थापित नागरिकका लागि बसोबासको व्यवस्था गर्न एकपटक २५ हजार रुपैयाँ दिने र घरभाडाबापत प्रतिपरिवार ३ महिनाका लागि मासिक जनही १५ हजार रुपैयाँ दिने उल्लेख गरेको छ । यो रकम पाँच जनाको परिवारको लागि हो । यदि सोभन्दा...
Read more
1 … 25 26 27 28 29 … 73

Trending News

Editor's Picks

भारतमा सीजेपीको आह्वानमा प्रदर्शन : नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा, २५० भन्दा धेरै रेल सेवाहरू रद्द

भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज बृहत् प्रदर्शन शुरु भएको छ । यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित ६०० भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी...

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असोज २४- वि.सं.२०८३ साल असोज २४ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः मेषः आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ । वृषः दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष...

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, असोज २४- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको...

त्रिभुवन राजपथमा गाडी चलाउन आलोपालोसहित समय तालिका

काठमाण्डौ – मुग्लिन– काठमाण्डौ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाण्डौ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडाबाट काठमाण्डौतर्फ छुट्ने...

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०