पिप्ले साना किसानमा गुरुङ्ग र पाठकको उम्मेदवारी

पुस २७, पिप्ले । पिप्लेमा रहेको साना किसान कृषि सहकारी संस्था लिको नया नेतृत्वको लागी दुइ जनाको अध्यक्षमा उम्मेदवारी परेको छ । बहाल उपाध्यक्ष कृष्ण बहादुर गुरुङ्ग र सस्थापक अध्यक्ष अणकान्त पाठकले उम्मेदवारी दिएका छन । साना किसानमा साधरण सभाको समयमा समेत विवाद रहेदै आएको थियो । पुष ३० मा हुने निर्वाचनमा गुरुङ्गको कमलको फुल र पाठकलाइ माछा चुनाव चिन्ह रहेको छ ।
सहकारीको २ हजार ३ सय ८ जना शेयर सदस्य संख्या रहेको छ । संस्थाको १४ वटा इकाइ समिती रहेको छ । संस्थाले अहिले ४० करोड बराबरको कारोबार गदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार