सामुदायिक विद्यालयलाइ ल्यापटप वितरण

पुस २७ , यौरालीटार । राप्ती नगरपालिका वडा नं १२ मा रहेका सामुदायिक विद्यालयमा ल्यापटप वितरण कार्यक्रम सम्पन्न भएको छ । वडामा रहेका ६ वटा सामुदायिक विद्यालयमा बुधवार राप्तीका नगर प्रमुख शमशेर लामाको प्रमुख आथित्यतामा ल्यापटप वितरण गरिएको हो । कार्यक्रममा बोल्नुहुदै नगर प्रमुख लामाले पहाडी क्षेत्रको विद्यालयमा प्रविधिको विकास र तल्लो भेगमारहेका विद्यार्थीहरुको समानन्तर विकासको लागी ल्यापटप वितरण भएको बताए । वडाले सामुदायिक विकालयको प्रविधिको लागी योजना ल्याएकोमा खुशि व्यत्त गदै लामाले आगामी दिनमा वडाले यस किसिम कामलाइ निरन्तरता दिनुपर्ने बताए । कार्यक्रममा बोल्नुहुदै राप्ती १२ का वडाध्यक्ष अर्जुन प्रजाले वडाको विकासमा शिक्षाको महत्वपुर्ण भुमिका हुने भन्दै ल्यापटप वितरण गरेको बताउनु भयो । उहाले सामुदायिक विद्यालयलाइ प्रविधिमैत्री बनाउन यस किसिमको काम भएको र यो कामले निरन्तरता पाउने बताउनु भयो । ल्यापटप ग्रहण गर्नुहुदै विद्यालयका शिक्षक प्रतिनिधिले खुशि व्यक्त गरे । कार्यक्रममा राप्ती १२ जनप्रतिनिधि तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार