फर्कर हेर्दा २०८० – एक कठिन बर्ष , जनतामुखि कामले थपेको उत्साह

वि.स २०८० को प्रारम्भमा राप्ती नगरपालिकाको राजनैतिक सिनारियो फरक हुदैँ गएको थियो । गठबन्धनको सरकार बलियो रहेको बेला प्रतिपक्षमा रहेको एमाले भने राप्ती सरकारको नेतृत्वमा फुटको खोजि गरिरहेको थियो । आर्थिक बर्ष २०७९÷०८० को बजेट विनियोजन र त्यसको कार्यान्वयनमा राप्ती नगरपालिका बैशाख महिनामा व्यस्त रहेको थियो ।
राप्ती सरकारको फरक पहिचानको लागी स्थानीय सरकारले गर्नुपर्ने काम नियमित गरेको छ । तर बैशाख सम्म देखिएको सक्रियता जेठमा आएर निष्क्रिय हुनु , आन्तारिक द्धन्द सिर्जना भएका छन । जेठको ६ गते आफ्नो पहिलो कार्यकालमा गरिएका महत्वपुर्ण काम र क्रियाकलापको बिषयमा समेत उल्लासपुर्ण रुपमा गरिएका पत्रकार सम्मेलनको छनक जेठको मध्यमा आएर विग्रदै गयो ।

जेठ वाट सुरु भएको मतभेद चैत्र सम्म आउदा पानि बाराबर सम्म आइपुग्यो । वारम्वार गठबन्धन परिवर्तन मात्र भएनन कि छोटो समयको लागी बनेको जनप्रतिनिधिको आपसी गठबन्धनले जनताले दुख पाएको कुरा प्रष्ट समेत रहेको छ । जेठ र असारमा आएर सुरु भएको द्धन्दले जनप्रतिनिधि विच हात हालाहाल सम्मको स्थिती सिर्जना भयो भने नगरपालिकामा मुद्दा मामिला समेत भए ।

नगर कार्यपालिका बैठकमा जनप्रतिनिधि विच सामान्य विवाद मात्र होइन उपप्रमुख देवेन्द्र लामा र एमाले निकट कार्यपालिका सदस्य विच भएको विवादले उग्ररुप लिदा हाताहाल सम्म भयो । तत्कालिन नगर प्रवक्ता एवं वडा नं २ का अध्यक्ष श्यामसुन्दर उप्रेती र उपप्रमुख लामा विच बैठक कक्षमानै हात हालाहालको स्थिती भएको हो । सोहि कारण राप्ती नगरको प्रवक्ता वाट नगर प्रमुखले उपे्रतीलाइ हटाएका थिए । पछि यो विवाद अदालत सम्म पुग्यो र नगर प्रमुखको निर्णयनै अदालतले सदर गरेको हो । २०८० मा राप्ती नगरपालिकामा भएका केहि बिषयलाइ हामीले फर्केर हेर्दा २०८० मा समाबेश गरेका छौ ।

विपन्नलाइ घर
“विपन्नलाइ घर”राप्ती नगरपालिकाको यो पपुलर योजना हो । घर विहिनलाइ घर बनाउने भन्दै राप्ती नगरपालिकाले विपन्नलाइ घर बनाउने योजना सुरु गरेको हो । एक बर्ष एक सय घर योजना सहित राप्ती नगर प्रमुख शमशेर लामाले घर बनाइदिने मेयरको उपनामनै पाएका छन । उनले आफ्नो कार्यकालको पहिलो बर्षमा २ सय भन्दा बढी घर बनाइदिएका थियो । २०८० चैत्र मसान्त सम्म आइपुग्दा राप्ती नगरपालिकामा करिब ३ सय भन्दा बढीको घर निर्माणको लागी सम्झौता भइ निर्माण भइरहेका छन । अहिले राप्तीका ३ सय विपन्न परिवारलाइ नगरपालिकाले घर निर्माण गरिदिएको छ ।
राप्ती नगर प्रमुख शमशेर लामाले आफ्नो कार्यकालमा कम्तिमा ५ सय घर निर्माण गर्ने लक्ष्य लिएको बताएका छन । आफ्नो कार्यकालमा लक्ष्य भन्दा बढी घर बनाउने उनले बताए । २०८० सालमा राप्ती सरकारको विपन्नलाइ घर निर्माण पपुलर योजनाले निरन्तरता पाएको छ ।

जनताले जितेका, जनप्रतिनिधिले हारेका बर्ष
२०८० असोजमा राप्ती नगरपालिकाका एमाले निकट जनप्रतिनिधिले नगर प्रमुख विरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए । असोजमा सुरु भएको अदालती लडाइ मंसिरको २५ मा आएर मात्र टुङिएको हो । तर असोज देखि मंसिर सम्म आइपुग्दा धन्दै राप्ती नगरपालिका ठप्प भयो । नियमित काम भएपनि त्यसको प्रभावकारिताले दिगो पाउन सकेन ।राप्तीका प्रवक्ता श्यामसुन्दर उप्रेती र महिला समन्वयन समितिका संयोजक गोमादेवी धरेलले पाउनु पर्ने भन्दै रिट दायर भएको थियो । यो मुद्दाको टुङो नलाग्दै एमाले र काग्रेस निकटका जनप्रतिनिधिले नगरको रातो किताव किर्ते गरेको भन्दै अर्काे मुद्दा थप भएको थियो । कार्तिकको मध्य र मंसिरको अन्त्य सम्म राप्ती नगरपालिका शून्य समयमा रहेको थियो । विनियोजित सवै बजेट रोकिएका थिए । नियमित काम पनि ढलपल भएको थियो । अन्तत उच्च अदालतले राप्तीको प्रवक्ता श्यामसुन्दर उप्रेती नरहने र महिला समन्वयन समितीको अध्यक्षमा सु्मिता डल्लाकोटी रहने र प्रकाशित भएको रातो कितावको पक्षमा फैसला भइ रिट खारेज भएको थियो । राप्ती नगरपालिका र नगर प्रमुख शमशेर लामालाइ विपक्षी बनाइ दर्ता भएको मुद्दाको रिट खारेज हुदा जनताले जिते तर आपसी लडाइका कारण जनप्रतिनिधिले हारेको बर्ष रह्यो ।

निशुल्क शिक्षा बर्ष
राप्ती नगरपालिका भित्रका सम्पुर्ण सामुदायिक विद्यालयमा निशुल्क पढ्न पाउने अभियान सुरु भएको बर्ष हो । २०८० को शैक्षिक सत्र वाटनै राप्तीमा निशुल्क शिक्षा सुरु भयो । कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीको लागी निशुल्क शिक्षा अभियान सुरु भएसंगै राप्तीका सवै सामुदायिक विद्यालयमा सवै विद्यार्थी निशुल्क अध्ययन गरिरहेका छन । केहि विद्यालयले शुल्क लिएको भन्ने समाचार वाहिर आएपनि नगरले नियन्त्रणमा लिएको थियो ।

स्वास्थ्य विमा सुरु ÷ निशुल्क एम्वुलेन्स ÷ निशुल्क रगत
भण्डारा अस्पतालमा स्वास्थ्य विमा सुरु गरिए संगै निशुल्क एम्वुलेन्स , निशुल्क रगत लगायतको सेवा प्रवाह गरिएको बर्ष हो । यो बर्ष देखिनै अस्पतालले स्वास्थ्य विमा सुरु गरेको हो । राप्तीका जो कोहिलाइ निशुल्क एम्वुलेन्स सेवा र रगत समेत व्यवस्था गराउदै आएको छ । आफ्नो जन्मदिनमा अस्पतालमा उपलव्ध भएका सम्पुर्ण सेवा लिइ चेकजाँच गरेमा शूल्क नलाग्ने बनाएको हो ।

पशु र कृषि सेवा केन्द्र स्थापना
कृषिमा क्रान्तिको तयारी गरेको राप्ती नगरपालिकाले प्रत्येक साविक गाविसमा प्राविधिकको व्यवस्था गरेको छ । पशु र कृषिका १÷१ प्राविधिकको व्यवस्था गदै जनताको सेवा प्रवाहमा सहयोग गरेको छ । साविक पिल्ले गाविसको लागी वडा नं १ मा , साविक वीरेन्द्रनगर गाविसको लागी वडा नं ७ मा कोराक र लोथरको लागी लक्षित गरी वडा नं ११ मा सेवा केन्द्र स्थापना भएको छ । प्रत्येक सेवा केन्द्रमा पशु र कृषिका प्राविधिकले नियमित सेवा दिदै आइरहेका छन ।

कान्दामा स्वास्थ्य चौकि र सडक विस्तार
राप्ती नगरपालिकाको विकट भनेर चिनिएको कान्दामा स्वास्थ्य चौकि स्थापना गरिएको छ । नियमित स्थानीयले सेवा लिदै आइरहेका छन । यसका अलवा कालिकाटर देखि ४ घण्टा सम्म हिड्नु पर्ने बाध्यता पनि छोटिएको छ । धन्दै एक भाग सडक विस्तार भएका छन । कान्दा सम्म सहज सडक विस्तारको लागी अहिले पुन टेण्डर प्रकृया सुरु भएको छ ।

स्वास्थ्य बिमा सुरु
नगर र वडा वाट वितरण भइरहेको स्वास्थ्य विमा सेवा लिन रत्ननगर , भरतपुर सम्म धाउनुपर्ने बाध्यता हटेको छ । अव नगरवासीले स्वास्थ्य विमाको सेवा भण्डारा अस्पताल वाट पाउन थालेका छन ।

जन्मदिनमा निशुल्क स्वास्थ्य परिक्षण
भण्डारा अस्पतालले जन्मदिनको अवसरमा निशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था गरेको छ । नगरवासीको जन्मदिनमा अस्पतालमा उपलव्ध सेवा प्रयोग गरेमा निशूल्क हुने व्यवस्था गरेको हो ।

कान्देलीलाइ खुशि
नगरकै विकट मानिएको कान्दामा स्वास्थ्थ सेवा केन्द्र स्थापना भएको छ । नियमित रुपमा कान्देलीले सेवा लिदै आइरहेका छन । कान्दा सम्म पुग्ने सडक विस्तार सुरु भएको छ । गएको बर्ष देखि सुरु हो । कान्दामा फोर जि इन्टरनेटको व्यवस्था समेत रहेको छ ।

१२ दिन कार्यवहाक
राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले कार्यवहाक नगर प्रमुख दिएर ११ दिन कार्यालयमा उपस्थित भएनन । चैत्र १८ गते देखि २९ गते सम्म प्रमुख लामाले वडा नं ७की अध्यक्ष सुमिता डल्लाकोटीलाइ प्रमुखको कार्यवहाक दिएका हुन । चैत्र १० गते देखि उपप्रमुख दवेन्द्र लामा पारिवारिक कारण देखाउदै विदामा वसेपछि डल्लाकोटीलाइ कार्यवहाकको जिम्मेवारी दिइएको हो ।

कार्यवहाक को भन्ने बिषयमा टसल
चैत्र १८ देखि नगर प्रमुख कार्यालयमा उपस्थित नहुन्जेल सम्म कार्य वहाकको पत्र लिएर नियमित कार्य सम्पादनमा रहेकी सुमिता डल्लाकोटी र नगर उपप्रमुख देवेन्द्र लामा विच चैत्र २६ गते भने टसल देखियो । स्वास्थ्य शाखाको पुर्ण खोप कार्यक्रममा सहभागि दुवै जना विच पदिय जिम्मेवारी विच टसल देखियो । कार्यक्रमको माइन्युटमा कार्य वहाक नगर प्रमुख लेखिएको सुमिता डल्लाकोटी र बिशिष्ट अतिथि लेखिएको उपप्रमुख देवेन्द्र लामाको उपस्थितीमा उपप्रमुखले हस्ताक्षर गरेनन । उनले निति र नियममा आफु कार्यवहाक हुनुपर्ने वा आफ्नो अध्यक्षतमा कार्यक्रम हुनुपर्ने भन्दै विरोध गरेका हुन । भित्रभित्रको अन्तर द्धन्द कार्यक्रम हलमानै देखिएको थियो । प्रम्ुख प्रशासकिय अधिकृत शैलेन्द्र भण्डारीले हातै जोडेर माफि मागेका थिए । माइन्युट सच्याउन निर्देशन दिदै औपचारिकताको लागी मात्र आफ्नो मन्तव्य राखेर कार्यक्रम वाट वाहिरिएका थिए ।

कार्यवहाक नगर प्रमुखको काम र कार्य सम्पादन
स्थानीय राजपत्रमा कार्यवहाक नगर प्रमुखले गर्नुपर्ने काम र कार्य सम्पादन सामान्य छ । यसकारण पनि कार्य वहाक रहदा हुने कामको गणना कमै हुन्छ । कति पालिकामा त कार्यवहाक छ कि छैनन थाहा पत्तो हुदैन । तर राप्तीको सिनारियो भने आवश्यकता भन्दा बढी चर्चाले के के काम सम्म भयो भन्ने कुरा वाहिर आउछ । १२ दिनको कार्यवहाक रहदा कार्य वहाक नगर प्रमुख सुमिता डल्लाकोटीले आधा दर्जन कार्यक्रममा सहभागिता जनाइन । सहकारी दिवस, पुर्ण खोप, भण्डारा बजारमा यातायात व्यवस्थापन लगायतका कार्यक्रममा सहभागिता जनाएकि हुन । किसानको समस्या र गुनासो सहित विज्ञप्ती बझिन । नियमित कार्य सम्पादनलाइ सजिलो बनाउन केहिमा तोक लगाइन । त्यो भन्दा महत्वपुर्ण कुरा चाहि उनले कार्यवहाक भएको १० औ दिनमा बागमती प्रदेश सरकारले चेपाङ समुदायको लागी चमेरा र चिउरी संरक्षण कार्यक्रममा आफ्नो सहभागिता जनाइन । उनले नगर प्रमुखकै हैसियतमा सम्झौता पत्रमा हस्ताक्षर गरेकि छिन ।

कार्यालय समयमा नो सोसियल मिडिया
प्रमुख प्रशासकीय अधिकृतको बिषयमा अन्यौल रहेको राप्ती नगरपालिकाले चैत्र ९ गते वाट निमित्तको रुपमा शैलेन्द्र भण्डारीलाइ प्रशासनको जिम्मेवारी दिएको छ । उनले जिम्मेवारी सम्हालेको दिनै देखि कर्मचारीको आचरणमा निर्देशन दिएका छन । अनिर्वाय पोशाक लगाउने, १० बजे अघिनै कार्यालयमा उपस्थित हुने, कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने नियम बनाएका छन । हरेक महिनाको पहिलो हप्ता शाखा प्रमुख विच नियमित बैठक राख्ने नियम बनाएका छन ।

कार्यकक्षमा तालावन्दी
राप्ती नगरपालिकामा कार्यपालिका बैठकको माग गदै नगर प्रमुख , उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लागेको तालावन्दी अझै पनि निरन्तर छ । फाल्गुन ९ गते वाट बन्द रहेको राप्ती नगरपालिका प्रमुखको कार्यकक्षमा अझैपनि तालावन्दि रहेको छ । तर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको तालावन्दि खुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार