महिलालाइ निशुल्क ड्राइभिङ तालिम सुरु

spot_img

बैशाख ३० /पिप्ले
राप्ती । राप्ती वडा नं. १ ले २५ जना महिलाहरुको लागी निशुल्क ड्राइभिङ तालिम सुरु गरेको छ । आइतवार एक कार्यक्रमको आयोजना गरि तालिमको समुद्धघाटन गरिएको वडा सदस्य ग्रेस तामाङ्गले बताइन । महिलाहरुको लागी सिप मुलक र आयआर्जनको लागी सहज हुने भन्दै निशुल्क ड्राइभिङ तालिम सुरु गर्न लागिएको तामाङ्गले बताइन । कार्यक्रममा लोथर मध्येवर्ती उपभोक्ता समिति को अध्यक्ष मान बहादुर स्याङबो, वडा सचिव कमला मोक्तान, मिसन एम. एस. ड्राइभिङ ट्रेनिङ प्रा.लि. का सन्चालक सन्देश घलान , समाजसेवी यम बहादुर तामाङ्ग, माओवादी नेतृ विना उप्रेती लगायतकाले तालिम प्रभाकारी हुने विश्वास लिए ।
वडा बाट विनियोजित बजेट बिपन्न वर्गलाई आयमुलक तालिका कार्यक्रम अन्तर्गत कार्यक्रम सुरु भएको हो । एक महिना ड्राइभिङ तालिम उपभोक्ता समितिको अध्यक्ष आसा माया स्याङतानको अध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथि का. वा वडा अध्यक्ष राजु राई रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार